सम्पर्क

जिससको वक्तृत्वकला प्रतियोगितामा अभिश्री खड्का पहीलो

सिन्धुपाल्चोक जिल्लामा “सामाजिक कुरिती र अन्धविस्वास न्युनिकरणमा विद्यार्थीको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले बिहीबार जिससको सभाहलमा “सामाजिक कुरिती र अन्धविस्वास न्युनिकरणमा विद्यार्थीको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा हेलम्बु गाउँपालिकामा रहेको इष्टपोईन्ट एकेडेमीकी अभिश्री खड्काले प्रथम स्थान हात पार्न सफल हुनुभएको छ ।जिल्लाभरका १२ वटै पालिकाका विद्यालयहरुवाट १९ जना विद्यार्थी प्रतियोगितामा सहभागी हुनुभएको थियो । प्रतियोगितामा विषयबस्तुको गहिराइसम्म पुगेर सवैलाई प्रभावित पार्दै प्रतियोगितामा इष्टप्वाईन्ट एकेडेमी हेलम्बु गाउँपालिका अविश्री खड्का प्रथम हुन भएको मुल्याङ्कन समितीले जनाएको छ । प्रतीयोगितामा थाङपाल माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिकाकी अस्मीता भारती द्धितीय, प्रगती बोडिर्ङ माध्यमिक विद्यालय मेलम्चीका युनिका थापाले तृतीय स्थान हाता पार्न सफल हुनुभएको छ । यसै गरी सेतीदेबी माध्यमिक विद्यालय चौतारा साँगाचोकगढी नगरपालिकाकी रेनुका तामाङ जालपादेबी माविसुनकोशीको विनु तिमल्सीनाले सान्त्वना स्थान हासिल गर्नु भएको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, चतुर्थ र सान्त्वना हुनले क्रमश १५ हजार, १० हजार, पाँच हजार र २ हजार नगद सहीत प्रमाण पत्र र ट्रफी प्रदान गरिएको थियो । पुरस्कार बितरण गर्दै जिल्ला सम्मन्वय समितीका प्रमख बालकृष्ण श्रेष्ठले सामाजीक कुरीति र अन्धबिश्वास न्युनिकरण कसरी बनाउँन सकिन्छ र त्यसका लागी बिद्यार्थीहरुले के के गर्नु पर्छ भन्ने बारे बिद्यार्थीका अभिब्यक्ती अती नै उत्कृष्ट बिचार ब्यक्त गर्नु भएका सबै सहभागीहरुलाइ बिशेष धन्यबाद दिदै बिद्यालय समुदायकै एउटा साझा सस्था हो जसको स्थपना समुदायबाटै हुन्छ त्यही बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले नै समाजमा हुने कुरीति र अन्धबिश्वास को न्युनिकरण गर्नका लागी अग्रसर हुन पर्ने भएकाले यो कार्यक्रमको अती महत्वपुर्ण रहेको बताउँनु भयो । उपस्थितलाइ स्वागत गर्देै जिससका उपप्रमुख पदमनाथ नेपालले हरेक बिद्यार्थीहरुले समाज मा हुने बिसङ्गती र बिकृतीको अन्त्यका लागी अगाडी बढ्नका लागी यो कार्यक्रमले महत्वपुर्ण भुमिका रहने बताउँनु भयो । जिल्ला समन्वय अधिकारी राजेन्द्र बबहादुर अर्यालले बिद्यार्थीहरु भनेको समाजको ऐना भएको उहाहरण दिर्दै विद्यार्थीहरुबाट अन्धविस्वास र कुरिती अन्त्य गर्न भुमिका खेल्न सक्ने भएकोले उक्त प्रतियोगिता आयोजना गरिएको बताउँनु भयो । चौतारा बहुमुखी क्याम्पसका प्राध्यापक तथा मुल्याङ्कन समितीका संयोजक यज्ञ दंगालले बिद्यार्थीहरुबाटे नेता,डाक्टर,पाइलट बन्ने हुन भन्नु हुँदै सबै बिद्यार्थीहरु सmलबाटोमा हुन्छन तर सफलबाटोमा नै भए पनी केही कुराबाट कोही अगाडी कोही पछाडी हुने गरेको बताउँनु हुँदै प्रतियोगितामा सबैले राम्रो प्रस्तुती गरेको भएता पनी बाध्यताबस पहीलो दाश्रो तेश्रो भन्न पर्ने परीस्थती भएकाले इन्च इन्च नापेर मुल्याङ्कन गरी पहीलो , दोश्रो , तेश्रो छुट्याइउको बताउँनु भयो । कार्यक्रममा , सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाईका ईकाई प्रमुख बैकुण्ठ प्रसाद सुबेदीले खादा अविर र प्रमाणपत्रसहित पुरस्कार वितरण गर्नु भएको थियो । ।प्रतियोगिताको निर्णय चौतारा बहुमुखी क्याम्पसका प्राध्यापक यज्ञ दंगाल, नमुना ज्ञानमन्दिर माविका शिक्षक सुदर्शन न्यौपाने र सेतीदेवी पञ्चकन्या माविका शिक्षक कृष्णप्रसाद पौडेलले गर्नु भएको थियो । आयोजकले निर्धारण गरेको ५ मिनेटको प्रस्तुतीलाई आधार मानेर उँहाहरुले मुल्याङ्कन गर्नु भएको हो । ् ।जिल्ला समन्वय समितिको सभाहल चौतारामा सम्पन्न कार्यक्रममा प्रतियोगिहरु संगै जिल्ला समन्वय समितिका सदस्यहरु, सहभागि विद्यालयका शिक्षक शिक्षिका, समन्वय समितिका कर्मचारी र सञ्चारकर्मीहरुको सहभागिाता रहेको थियो । जिल्ला सम्मन्वय समितीका शाखा अनीलकुमार श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रममा इन्जीनीयर प्रशान्त अधिकारीले सहजीकरण गर्नु भएको थियो ।