सम्पर्क

आज गुफाडाँडा जलवायु सम्मेलन हुँदै

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकामा रहेको देसकै ऐतिहासिक स्थल मानीने गुफाडाँडामा गुफाडाँडा जलवायु सम्मेलन २०८२” आयोजनागरिएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा हुने “छैठौँ सम्मेलन बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न हुन भएको हो ।
सम्मेलनमा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ, स्वास्थ्य मन्त्री किरण थापा र वन तथा वातावरण मन्त्री भरतबहादुर केसीको विशेष आतिथ्य रहने कार्यक्रम छ।कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, सिन्धुपाल्चोक जिल्लाभित्रका १२ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, छिमेकी जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, साथै जिल्लास्थित सरकारी निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ।जलवायु परिवर्तनका कारण उत्पन्न चुनौती, त्यसको स्थानीय तहमा परेको प्रभाव, अनुकूलन तथा न्यूनीकरणका उपायहरूबारे विचार–विमर्श गर्दै साझा प्रतिबद्धता विकास गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमार्फत नीति निर्माण, कार्यान्वयन र अन्तरसरकारी समन्वयलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।गुफाडाँडालाई केन्द्र बनाएर विगतदेखि निरन्तर हुँदै आएका जलवायु सम्मेलनहरूले स्थानीयदेखि प्रदेशस्तरसम्म जलवायु एजेन्डालाई संस्थागत गर्न योगदान पु¥याउँदै आएको बताइन्छ। छैठौँ संस्करणले पनि जलवायु न्याय, दिगो विकास र वातावरण संरक्षणमा ठोस निष्कर्ष निकाल्ने विश्वास लिइएको छ। विं स. २०७७ मा तत्कालीन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा देशभरका ७७ वटै जिल्लाको सहभागितामा प्रथम जलवायु सम्मेलन कार्यक्रम आयोजना गरिएको थियो। जलवायु सम्मेलनदेखि नै गुफाडाँडाको चर्चा परिचर्चा हुन थालेको हो। जलवायुसम्बन्धी १० बुँदे घोषणापत्रसमेत जारी गरिएको थियो।काठमाडौँबाट ५४ किलोमिटरमा रहेको गुफाडाँडामा सोही बखत वातावरण र पृथ्वीलाई जोगाउनुपर्छ भन्ने सन्देश दिने खालको मानिसले पृथ्वी बोकेको प्रतिमा राखिएको छ। प्रतिमासम्म पुग्नका लागि सिँढी र सिँढी दायाबायामा ७७ जिल्लाको नाम र नेपालको झण्डा निर्माण गरि राखीएको छ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरेस्थित गुफाडाँडा समुद्री सतहबाट २ हजार २५० मिटर उचाइमा अवस्थित एउटा सुन्दर पहाडी थुम्को हो। यो ठाउँबाट ३ सय ६० डिग्री कोणमा जुगल हिमश्रृङ्खला सहित दोर्जे लाक्पा र लाङटाङ हिमशृङ्खला पनि स्पष्ट देखिन्छ । २०७५ पुस महिनामा गुफाडाँडामा सम्पन्न राष्ट्रिय जलवायु सम्मेलनले यस स्थानलाई राष्ट्रिय चर्चामा ल्यायो। सम्मेलनको तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरे पछि गुफाडाँडा मेलम्चीका स्थानीयको मात्रै होइन राष्ट्रिय सम्पत्ति बन्यो र देशविदेशबाट पर्यटक आउन थाले । त्यसपछि गुफाडाँडा केवल एउटा गाउँको डाँडा मात्रै होइन, जिल्लाकै पर्यटकीय सम्भावनाको प्रतीक बनेको छ । राष्टीय सम्पती बने पनी केन्द्र सरकारले यसलाइ त्यती महत्व नदीदा स्थानीय सरकार मेलम्ची नगरपालिकाले दुई करोड रुपैयाँ विनियोजन गर्दै आफ्नै स्रोतबाट परियोजना अघि बढाएको नगरपालिकाको आफ्नै स्रोतबाट निर्माण हुन लागेको धार्मिक र सांस्कृतिक पार्क हो, जसले मेलम्चीको सांस्कृतिक पहिचानलाई पर्यटकीय रूपमा चिनाउने बिश्वास गरिएको छ।