सम्पर्क

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चौथो पटक पनी इर्खुकै हातमा

 

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं ८मा रहेको श्री इर्खु माध्यमिक बिद्यालयले यस बर्ष पनी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ । यो सफलता सँगै विद्यालयले लगातार चौथो पटक शिल्ड जित्दै आफ्नो उत्कृष्टता कायम राखेकोमा इर्खु माध्यमिक बिद्यालय परिबारले खुशी ब्यक्त गरेको छ । नगर खेलकुद विकास समितिको आयोजनामा १४, १५, १६ गते सम्म तीन दिनसम्म चलेको प्रतियोगिताको समापन समारोहमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का पूर्व सांसद माधव सापकोटा ‘सुबोध’ले समापन समारोहका प्रमुख अतिथ्ता गर्नु हुँदै विजेता विद्यालय र खेलाडीहरूलाई शिल्ड, ट्रफी र पदक प्रदान गर्नु भएको हो ।प्रतियोगितामा इर्खु माविले अधिकांश खेलमा सशक्त प्रदर्शन गर्दै २० स्वर्ण पदक जितेको थियो। चौतारा ५स्थित श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयले १९ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने सेतीदेवी माध्यमिक विद्यालय, ठुलोसिरुवारीले ७ स्वर्ण पदकसहित तेस्रो स्थानमा हात पार्न सफल रहेको थियो । समापन समारोहलाइ सम्बोधन गर्दै सापकोटा सुबोधले यो प्रतियोगितामा भाग लिने सबैलाइ जितेको महशुस गर्न आग्रह गर्दे प्रथम , द्धित्तीय, र तृतीय स्थान हासिल गर्नहरुको अली बढी मेहनत भयो अरुको अली कम मेहनत भएको देखीएता पनी सबैले मेहनतका साथ खेलमा सहभागी भएको आफुले पाएको बताउँनु भयो । समापन समारोहमा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले खेल कुद बकिासका लागी नगरपालिकाबाट हुने र गर्न पर्ने सहयोगमा कुनै कसुर बाँकी नराख्ने बताउँनु हुँदै खेल साँगै शिक्षा सिकाइमा लाग्नु हुने सबैलाइ सफलताको कामना गर्नु भयो । उपप्रमुख सिता थापाले चिसौ मौषममा भएको यो प्रतियोगितामा भाग लिएर खेल प्रती चासो दिनु हुने र यसमा सहयोग गर्नु हुने सबैलाइ बिषेष धन्यबाद दिनु भयो । उँहाले विद्यालयस्तरबाटै खेलकुद प्रतिभा विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउँनु भयो । बिद्यालयले लगातार चौथो पटक सम्म नगरमा पहीलो स्थान राख्न सफल भएकोमा खुशी ब्यक्त गर्दै रनिङ शिल्डजस्तो प्रतिष्ठित प्रतियोगितामा लगातार चार पटक च्याम्पियन बन्नु सामान्य उपलब्धि होइन। यसले विद्यालयको पहिचान मात्र मजबुत बनाएको छैन, विद्यार्थीहरूमा आत्मविश्वास, प्रतिस्पर्धात्मक क्षमता र नेतृत्व विकास गर्न समेत ठूलो भूमिका खेलेको छ। खेलकुदले विद्यार्थीलाई शारीरिक रूपमा स्वस्थ बनाउनुका साथै मानसिक रूपमा सबल, अनुशासित र जिम्मेवार बनाउँछ। यही मूल्यहरूलाई आत्मसात गराउँदै विद्यार्थीहरूलाई अगाडि बढाउन सफल हुनु विद्यालयको ठूलो उपलब्धि भएको र यो उपलब्धी हात पार्नका विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक–शिक्षिका, अभिभावक बिद्यार्थी बिद्यालय व्यवस्थापन समिती स्थानीय सरकार सबैको सहयोग रहेको भन्दै बिद्यालयका प्रधाध्यापक प्रकाश दङ्गालले सबै प्रती आभार ब्यक्त गर्नु भएको छ ।