अपाङ्गताको सवालमा सञ्चारकर्मीसँग अन्तरक्रिया
सिन्धुपाल्चोक जिल्लाको चौतारामा अपाङ्गताको सवालमा सञ्चारकर्मीको भूमिका बिषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार अष्ट्रेलियन यड, सिबिएम ल्गोबल फ्रन्टमार्फत सप्रोस नेपालको सहयोग र नगर अपाङ्गता समन्यव समितिको आयोजनमा जिल्लामा सक्रिय रहेको सञ्चारकर्मीहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गरेको हो । सप्रोस नेपालका कर्मचारी सुजन पराजुली र नगर अपाङ्गगता समन्यव समितिको अध्यक्ष सुशिला श्रेष्ठले समाचार लेखनमा बिभिन्न बिषयबस्तु उठान गर्दा चयन गरिने शब्दहरु सभ्य र मर्यादित हुनुपर्नेमा जोड दिनुभएको थियो । कुनै पनि भवन निर्माण आचारसंहिता अनुरुपको अपाङ्खतामैत्री पहुँचयुक्त भवन निर्माण नभएको, समाजमा अपाङ्खतालाई छुट्टै रुपमा हेर्ने गरेको तथ्यहरु पनि चर्चा भएको थियो ।
सरोकारवाला निकायहरुवाटै भाषगत र अभिव्यक्तिगत रुपमा समस्या रहेको भन्दै निराकरणको लागि सम्वन्धित सेवाप्रदायक निकायहरुसंग सप्...
