कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६४ जनाले गरे रक्तदान
दर्शन सुनार/लोकप्रिय राष्ट्रिय दैनिक
कतारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नवलपरासी सेवा समाज कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतार र लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
शुक्रबार कतारको नेशनल ब्लड डोनेसन सेन्टरमा समाजका अध्यक्ष दुर्गा हमाल ठकुरीले रक्तदान गर्दै शुभारम्भ गरिएको थियो ।
९३ जनाको उपस्थिति रहेको कार्यक्रममा ६४ जनाले रक्तदान गर्न योग्य रहेको र २९ जना रक्तदान गर्न बञ्चित भएको रक्तदाता संघका कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिदै सम्पूर्ण रक्तदाता एवम् सहजीकरण कर्ता मित्रहरुमा हार्दिक आभार सहित धन्यवाद समेत व्यक्त गर्नुभयो । “मानविय तथा परोपकारी” कार्यमा सहभागी भई रक्तदान गरेका सम्पुर्ण रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गर्दै समाजका अध्यक्ष दुर्गा हमाल ठकुरीले हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
...

