दर्शन सुनार/लोकप्रिय राष्ट्रिय दैनिक म्याग्दी प्रवासी नेपाली संघ (मोना)कतारले समाजका कोषाध्यक्ष नवराज रिजाललाई संस्थागत सम्मान तथा बिदाइ कार्यक्रम गरेको छ । विगत लामो समय देखि कतारलाई कर्म थलो बनाउँदै आएका रिजाल कतार बसाइँलाई बिट मार्दै मातृंभुमी प्रस्थान गर्न लागेको अवसरमा समाजले शनिवार साँझ एक कार्यक्रमका बिच दोसल्ला ओढाएर मायाको चिनो प्रदान गर्दै सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको हो ।
मोना कतारका अध्यक्ष बाबुराम भण्डारीको सभापतित्व तथा मोना आइसिसीका कोषाध्यक्ष नगेन्द्र फगामीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष देवीदत्त कडेंलले स्वागत मन्तव्य राख्नुभएको थियो । समाजका सम्पूर्ण पदाधिकारीहरू ,संरक्षक सल्लाहकारहरू तथा समाजका अग्रज व्यक्तित्वहरूले रिजालले समाज प्रति गरेको योगदान र कार्यक्षमताको प्रशंसा गर्दै आगामी दिनहरूमा आफ्नो कार्यक्षेत्रमा निरन्तर अघि बढ्न शुभकामना समेत दिनुभएको थियो ।
बिदाइ पश्रांत रिजाल भावुक हुँदै समाज भनेको आमा हो । आमाको संरक्षक गर्नु हाम्रो सबैको दायित्व हो । तसर्थ कतारमा रहेका म्याग्देलीहरुले समाजलाई आमा सम्झिएर जगेर्ना गर्न अनुरोध गर्नुभयो ।
आफू समाजमा ढिलो जोडिएर छिटो निस्कनु पर्दा आफूलाई अत्यन्तै दुख लागेको बताउँदै समाजमा जोडिन आउने नयाँ पीढीलाई समाजमा स्थान दिन कन्जुस्याइँ न गर्न आग्रह गर्दै मोना कतार र बहुउद्देश्यीय अक्षयकोषलाई समेत सँगै लिएर अगाडी बढ्न समाजका अग्रजहरूलाई सुझाव दिनुभयो । आफू मातृभूमीमा रहेतापनी समाजलाई कहिल्यै न भुल्ने बाचा गर्नुभयो ।
कार्यक्रमका प्रमुख आतिथ्यताको भूमिकामा रहेका फगामीले रिजाललाई शुभ यात्राको कामना गर्दै गृह जिल्ला म्याग्दीमा भई परी आउने संस्थागत कार्यमा सरिक भएर संस्थागत भूमिका निर्वाह गर्न सल्लाह दिँदै दुख परेको खण्डमा समाजलाई सम्झिन समेत आग्रह गर्नुभयो । समाजका महासचिव शिव खडकाले सहजीकरण गरेको कार्यक्रममा सभापति भण्डारीले परदेश बसाइँलाई बिदा लिनु सुखद पक्ष भएतापनी बिदाइ कार्यक्रम दुःखद रहने बताउँदै जिल्लामा रहेको मोना कतार बहुउद्देश्यीय कोष सगं जोडिएर सामाजिक कार्यमा हातेमालो गर्न आग्रह गर्दै नेपालको बसाई सदैव उल्लेखनीय बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
