दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
कतारदेखी गृह जिल्ला प्युठान सम्म सामाजिक कार्यमा सक्रिय रहेको प्युठान सेवा समाज कतारले आगामी शुक्रबार स्थापना दिवस मनाउने भएको छ । समाजले जिल्ला भित्रका “गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई पुरुस्कृत तथा सहयोगार्थ“ गर्ने उद्धेश्यका साथ “१६औं स्थापना दिवसको अवसर पारेर बिविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।
समाजका अध्यक्ष सिताराम सुनारले लोकप्रियकर्मी सगं सवांद गर्दै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउनु भयो ।सुनारले समाजले आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक संगठन, प्रदेश समन्वय परिषद जिल्ला संस्था,विभिन्न जातिय संस्थाहरु,बुद्धिजिवी, ब्यवसायी, समाजसेवी, कलाकार तथा पत्रकारहरु, कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई भब्यताका साथ सफल बनाईदिन अनुरोध समेत गर्नु भएको छ । सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा मध्यान्ह १२ बजे देखि सुचारु हुने कार्यतालिका रहेको कार्यक्रममा कतारमा रहेका स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने समाजले जानकारी दिएको छ ।
“प्युठान सेवा समाजको एकता,मिलीजुली र सहकार्यको आवश्यकता“ भन्ने मुल नाराका साथ सनः२००९ मा कतारमा स्थापनाभएको समाजले स्थापना काल देखी नै गृह जिल्ला प्युठान तथा कतारमा विभिन्न उत्कृष्ट सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।