सगुन बस्नेत
डिजिटल युगमा पत्रकारिताको स्वरूप तीव्र गतिमा परिवर्तन हुँदै गएको छ । यही सन्दर्भमा सोमबार राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले जिल्लाका सक्रिय पत्रकारहरुलाई एकदिने कार्यशालामार्फत पत्रकारहरूलाई एआईको प्रयोगबारे प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
पत्रकारीताको पेशालाई मर्यादित र व्यवस्थित बनाउँदै पेशागत सुरक्षाको लागी नेपाल पत्रकार महासंघ बर्तमान कार्यसमिती लागी परेको नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले बताउँनु भएको छ ।उहाँले पत्रकार महासंघका सदस्यहरुको बिवरण सम्पर्क नम्बर कार्यरत प्रतिष्ठान सहितको पहिचानयुक्त बिबरण सबैले जानकारी पाउँने गरी राख्न पर्ने सञ्चारकर्मीहरुको पेशागत सुरक्षाका लागी सबै नेतृत्व लागी पर्न पर्ने बताउँदै यो यसको सुरुवात गर्ने बताउँनु भयो ।
उहाँले पत्रकार महासंघका भावि कार्ययोजना र श्रमजीवी पत्रकारका हकहितका बारेमा जानकारी गराउनुभयो ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा जिल्लाका संचारकर्मीहरुलाई पत्रकारितामा एआईको प्रयोग, सम्भावना र चुनौतीका बारे एकदिने कार्याशाला गोष्टीको कार्यक्रममा शाखा कार्यालयले तैयार पारेको जिल्लाका सञ्चारकर्मीहरुको नाम, सम्पर्क नम्बर, कार्यरत संस्थाको नाम सहितको सदस्यता अभिलेखको बिमोचन गर्दै यस्तो बताउँनु भएको हो ।
अभिमुखीकरणमा सञ्चार विभाग ओटवा विश्वविद्यालय क्यानाडाका प्राध्यापक तथा संचार बिज्ञ डाक्टर भानुभक्त आचार्यले नेपाली संचार क्षेत्रमा एआईको सही प्रयोग गर्न पर्ने भन्दै नयाँ प्राविधिसंगै आफुलाई अझ विकसित गर्दै लैजान सकिने बताउनुभयो ।
नयाँ प्राविधि आउँदैमा आतिनु नपर्ने बताउँदै यसको फाइदा लिनसक्नु पर्ने बताउनुभयो । एआईले हाम्रो कामलाई सहज बनाउने भए पनि यसमै निर्भर हुन नहुने उहाँले सुझाव दिनुभयो । डा. आचार्यले च्याट जिपिटी, जेमिनी, डिपसिक, परप्लेक्सिटी, क्लाउड, क्यानभा, ज्यास्परको प्रयोगबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा जिल्ला शाखाका पुर्व सभापति बरिष्ठ पत्रकार ऋषिराम पौड्यालले हामी सञ्चारकर्मीहरुले वास्तबीकतामा रहेर यथार्थ समाचार सङ्कलन गरी प्रकाशन गरिरहेको छांै, भन्नुहुँदै स्थानीय संचारकर्मीलाई जिल्लाका समाचारलाई अझ प्राथमिकता दिन आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा जिल्लाका सञ्चारकर्मीहरुलाई पत्रकारितामा एआईको प्रयोग, सम्भावना र चुनौतीका बारे कार्याशाला प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष ध्र्रुब दङ्गालले सिन्धुपाल्चोकको पत्रकारिताका बारेमा जानकारी गराउँनु हुँदै पत्रकारको क्षमता अभिबृद्धिका लागि तालिमको आयोजना गरिएको बताउँनु भयो ।
