सम्पर्क

कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६४ जनाले गरे रक्तदान

दर्शन सुनार/लोकप्रिय राष्ट्रिय दैनिक
कतारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नवलपरासी सेवा समाज कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतार र लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
शुक्रबार कतारको नेशनल ब्लड डोनेसन सेन्टरमा समाजका अध्यक्ष दुर्गा हमाल ठकुरीले रक्तदान गर्दै शुभारम्भ गरिएको थियो ।

९३ जनाको उपस्थिति रहेको कार्यक्रममा ६४ जनाले रक्तदान गर्न योग्य रहेको र २९ जना रक्तदान गर्न बञ्चित भएको रक्तदाता संघका कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिदै सम्पूर्ण रक्तदाता एवम् सहजीकरण कर्ता मित्रहरुमा हार्दिक आभार सहित धन्यवाद समेत व्यक्त गर्नुभयो । “मानविय तथा परोपकारी” कार्यमा सहभागी भई रक्तदान गरेका सम्पुर्ण रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गर्दै समाजका अध्यक्ष दुर्गा हमाल ठकुरीले हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

“रक्तदान जिवनदान” भन्ने मुल नारालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदी,“गैरआवासिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष रमेश भट्ट, कतारमा स्थापित विभिन्न संघ संस्थाका संस्था प्रमुख तथा प्रतिनिधि पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । बिहान ८ बजेदेखि दिउँसो १ बजे सम्म चलेको रक्तदान कार्यक्रममा अन्तिम रक्तदान रुपा पौडेल ओलीले गर्नु भएको थियो ।