नेपाली महिला समाज कतारले मनायो १४औं स्थापना दिवस
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
कतारमा रहेका नेपाली दिदीबहिनीको साझा संस्था नेपाली महिला समाज कतारले आफ्नो १४औं स्थापना दिवस भव्य रूपमा मनाएको छ । समाजले शुक्रवार मुन्ताजामा रहेको गोर्खाली रेस्टुरेन्टको सभा हलमा समाजकी अध्यक्ष लोक माया केसीको सभापतित्व संस्थापक अध्यक्ष तथा वर्तमान प्रमुख संरक्षक रेखा राईको प्रमुख आतिथ्यमा स्थापना दिवसको साथमा “सम्मान तथा सचेतना” कार्यक्रम २०२५ मनाएको हो ।
विधिगत रूपमा दीप प्रज्वलन, ब्यानर अनावरण गरेर कार्यक्रमको समुद्घाटन गरिएको थियो । संस्था स्थापना गर्दा आई परेका दुख, पिडा, बाधा, अवरोधहरूलाई स्मरण गर्दै स्थापना दिवसको अवसरमा केक काटेर समाजमा आबद्ध रहेका महिला दिदीबहिनीहरूले एक आपसमा खुसीयाली समेत साटेका थिए । स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष सदस्य, मानार्थ सदस्य, समाजका संरक्षक, सल्लाहकारहरू तथा सहयोगीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्...
