सम्पर्क

बिदेश

कतारमा ५३ जना नेपालीले गरे रक्तदान

#, बिदेश, समाचार
दर्शन सुनार/ लोकप्रिय समाचार दैनिक कतारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कतारमा स्थापित गण्डकी प्रदेश मातहतमा रहेका तीन जिल्ला सस्थाँ म्यादी प्रवासी नेपाली संघ (मोना)कतार,पर्वत समाज कतार, र बागलुङ सेवा समाज कतारको संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो । “रक्तदान जिवनदान“भन्ने मुल नारालाई आत्मसाथ गर्दै नेपाली रक्तदाता संघ कतारले समन्वय गर्दै शुक्रबार कतारको हमद हस्पिटलको बल्ड डोनेसन सेन्टरमा ५३ जनाले रक्तदान गर्न सफल रहेको आयोजक संस्थाहरुले जानकारी दिएका छन । “मानविय तथा परोपकारी“ कार्यमा सहभागी भई रक्तदान गरेका सम्पुर्ण रक्तदाताहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । नेपाली नयाँ बर्ष २०८२ सालको पावन अवसर पारेर आयोजना गरिएको कार्यक्रममा नेपाली राजदूतावास कतारका प्रथम सचिब कृष्ण कुमार सुवेदी सहित कतारमा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । रक्तदान कार्...

रेशम र सिमरनले कतारबासीलाई नचाए छमछमी

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय समाचार दैनिक बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज बहुउद्देश्यीय अक्षयकोषको “प्रथम अधिवेशन तथा बिविध साँस्कृतिक कार्यक्रममा नेपालबाट आफ्नो सांगीतिक प्रस्तुति दिन कतार पुगेका सिमरन परियार र रेशम निर्दोषले कतार बासीलाई छमछमी नचाएका छन् । शुक्रबार होलिडे भिल्लाको सभाहलमा बहुउद्देश्यीय अक्षयकोषको अभि वृद्धिको लागी आयोजना गरिएको विविध सास्कृतिक कार्यक्रममा कलाकारद्वयले आफ्नो प्रस्तुति दिदै भरपुर्ण नचाएका हुन् । कार्यक्रमको मुख्य आकर्षणमा रहेकी नेपालबाट आमन्त्रित अतिथी कलाकार भर्षटायल गायिका सिमरन परियारले आफ्नो पहिलो बैदेशिक सांगीतिक यात्रा कतार रहेको र कतार सम्म आउन सहयोग गर्नुहुने संस्था प्रति हार्दिक आभार व्यक्त गर्दै साँस्कृतिक कार्यक्रमको ढोका उघार्दै आफनो सांगीतिक प्रस्तुति राख्न सुरु गर्नुभयो । मेरो घर त बागलुङ,परदेशीको पानी परेको,नजर लाग्...

विश्व सम्पदा दिवस मनाइँदै

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, समाचार, साहित्य
काठमाडौँ, ५ वैशाख : सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् । यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको पुरातत्व विभागले जनाएको छ । विभाग, काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा सङ्घ तथा बागमती प्रदेश हस्तकला सङ्घको आयोजनामा पदयात्रा...

सागीतिक प्रस्तुतीका लागी रेशम निर्दोष र सिमरन परियार कतारमा

बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार / लोकप्रिय दैनिक समाचार कतार कतार देखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज बहुउद्देश्यीय अक्षयकोषको "प्रथम अधिवेशन"मा आफ्नो सागीतिक प्रस्तुति दिन अतिथी कलाकार कतार आईपुगेका छन् ।शुक्रबार कतारको मुन्ताजामा अवस्थित होलिडे भिल्ला होटेलको सभाहलमा मध्यान्ह १२ बजे देखि सुचारु हुने कार्यतालिका रहेको अधिवेशनमा आफ्नो सागीतिक प्रस्तुती दिन लोक तथा दोहोरी गायक रेशम निर्दोष र चर्चित गायिका सिमरन परियार र कलाकार/पत्रकार रचित पौडेल बुधबार राती कतार आईपुगेका हुन्। नेपाल बाट आमन्त्रित अतिथी कलाकारहरुलाई भब्य स्वागत गर्नको लागी तदर्थ समितीका संयोजक सन्तोष पौडेल,बागलुङ सेवा समाज कतारका अध्यक्ष निराजन गौतम पत्रकार तिलु शर्मा पौडेल लगायत समाजमा आवद्ध रहेका अन्य पदाधिकारीहरु हमद अन्तराष्ट्रिय बिमान स्थलमा पुगेका थिए |...

एक करोड पुर्‍याउने लक्ष्य बोकेको अक्षयकोषको पहिलो अधिवेशन शुक्रबार हुने

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार कतारदेखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज बहुउद्देश्यीय अक्षयकोषको “प्रथम अधिवेशन“आगामी शुक्रबार हुने भएको छ । “बागलुङ बासीको चाहाना,शान्त समृंद्ध स्वदेशको कामना“ भन्ने मुल नाराका साथ अधिवेशनसँगै कोषको अभिवृद्धिको लागी बिविध साँस्कृतिक कार्यक्रम २०२५ सहित कार्यक्रमको आयोजना गर्न लागिएको हो । कोषको अधिवेशनलाई सम्बोधन गर्न नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल सँगै सांगीतिक प्रस्तुतिका लागी लोक तथा दोहोरी गायक रेशम निर्दोष र दोहोरी गायिका सिम्रन परियार कतार आउने जानकारी कार्यक्रम संयोजक रमेश भट्टले जानकारी दिनुभयो । भट्टले एक करोड पुर्‍याउने लक्ष्य बोकेको अक्षयकोषलाई अगाडी बढाउन सबै जनाको साथ र सहयोगले मात्र लक्ष्य पूरा गर्न सकिने र कोषले बोकेको सपना पूरा गर्न सकेमा ...

सांगीतिक प्रस्तुतिका लागी चर्चित गायक मिलन लामा कतारमा

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार लोक तथा दोहोरी गायक मिलन लामा कतार आईपुगेका छन् ।धादिङ सेवा समाज कतारले आयोजना गरेको नेपाली नयाँ बर्ष धमका तथा बृहत् साँस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकार लामा मंगलबार राती कतार आईपुगेका हुन् । अतिथि कलाकार लामालाई स्वागत गर्नको लागी कार्यक्रम संयोजक गौतम तामाङ वाईबा, मोना कतारका वरिष्ठ उपाध्यक्ष देवी कडेल,नेपाली फिटनेस टिम कतारका अध्यक्ष कृष्ण सुनार लगायत अन्य विभिन्न पदाधिकारीहरु हमद अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेका थिए । गृह जिल्ला धादिङमा रहेका चेपाङ समुदायलाई सहयोगार्थे गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक गौतम वाईबा तामाङले जानकारी दिनु भएको छ । अतिथि कलाकार लामाले बिमानस्थलबाट आफू कतार आईपुगेको जानकारी दिदै दोहाबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिद...

गोइको जस्तो आँशु बगाएर मात्र हुँदैन स्थाइ रुपले समस्या समधान गर्नू पर्छ , कांग्रेस सांसद बस्नेत

अन्तर्वाता, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
लोकप्रिय समाचार काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सांसद मोहनबहादुर बस्नेतले ‘विदेश पढ्न जाने विद्यार्थीका लागि मन्त्रीहरूने शाखा,शाखामामा पुगेर एनओसी छिटो दिन आदेस दिने गरेको खुलासा गर्नू भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै पूर्वमन्त्री सांसद बस्नेतले ओडिसामा नेपाली विद्यार्थीमाथि भएको घटनामा परराष्ट्रमन्त्री डा.आरजु राणा र नेपाल सरकारबाट भएको कुटनीतिक पहलको प्रशंसा गर्नु हुँदै ओडिसाको जस्तो घटना हुन नदिन सरकारले गम्भीर रुपमा सोँच्नुपर्ने बताउँनु भयो एका छन् । उँहाले ‘प्रकृति लम्सालको निधनले नेपाललाइ गम्भीर रुप्मा सोच्न पर्नेबनाएको छ भन्नु हुँदै गोइको जस्तो आँशु बगायर हुँदैन भित्रै मन देखी यस्ता घटना हुन बाट बचाउँनका लागी सबै एक ठाँउमा बसेर लागी पर्नु पर्ने बताउँनु भयो । बस्नेतले बिदेसमा पढ्नजाने सबैको पिडा छ भन्नु हँुदै नेपालमा डाक्टर,इन्जीनियर लगाएत...

‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन प्रेस युनियनको माग

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ८ फागुनः नेपाल प्रेस युनियनले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन सरकारसँग माग गरेको छ ।युनियन केन्द्रीय समितिको आयोजनामा काठमाडौँमा यही फागुन ५ गते आयोजित प्रदेश अध्यक्ष र ६–७ गते शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो । ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ मा व्यवस्था भएका केही विषयमा युनियनको गम्भीर असहमति रहेको युनियनले सम्मेलन समापनपछि जारी घोषणापत्रमा उल्लेख छ ।विधेयकमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’मा असर पार्ने गरी राखिएका प्रावधान सरोकार भएकाहरूसँग छलफल तथा परामर्श गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चितताका लागि फिर्ता लिन माग गरिएको हो ।सम्मेलनले नेपाल प्रेस युनियनका साङ्गठनिक गतिविधि, श्रमजीवी पत्रकार र पत्रकारिताका मुद्दा, पत्रकारको पेसागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, प्रविधिको विकासले सञ्चारक्षे...

असीको दशक समृद्धिको दशक बन्नुपर्छः प्रधानमन्त्री ओली (पूर्णपाठ)

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १८ माघः प्रधानमन्त्री केपी शर्मा ओलीले ८० को दशकलाई समृद्धिको दशक बनाउनुपर्ने बताउनुभएको छ । आजदेखि सुरु प्रतिनिधिसभाको पाँचौँ अविधेशनको बैठकमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “असीको दशक समृद्धिको दशक हुनुपर्छ । यो समयलाई खेर नफालौँ । अबको दशकलाई विकासको दशक बनाऔँ र देशलाई स्थिरता दिऔँ ।” उहाँले ६० को दशकलाई गणतन्त्र स्थापना र सङ्क्रमणकालको दशक भन्न सकिने उल्लेख गर्दै उक्त समयमा नयाँ संविधान निर्माणको प्रयास भएको बताउनुभयो । “सत्तरीको दशक सङ्क्रमणको अन्त्य, संविधान निर्माण तथा समृद्धिको आधार निर्माणको दशक रह्यो । यस दशकमा नाकाबन्दी र भूकम्पले सिर्जना गरेका बाधाहरु पन्छाउँदै संविधान कार्यान्वयन गर्ने कानुन बनाउने र दूरगामी महत्वका पूर्वाधार निर्माणका काम भए”, उहाँले भन्नुभयो । संविधान कार्यान्वयन गर्ने, भूकम्पपछिको पुनःनिर्माण गर्ने, स्थायित्व कायम राख्ने र शान्ति प्रक्रियालाई संस्...

दैलेखका क्यान्सर पिडितलाई अन्तर्राष्ट्रिय नेपाली समाज कतारको आर्थिक सहयोग

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, समाचार
  दर्शन सुनार  लोकप्रियसमाचार दैनिक कतार,नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले दैलेख डुङ्गेश्वरकी ब्लड क्यान्सरबाट पिडित सीता रावललाई आर्थिक सहयोग गरेको छ । अन्तर्राष्ट्रिय नेपाली समाज कतारका कोषाध्यक्ष खड्क बहादुर बुढाका अनुसार नेपाली रुपैयाा २९,२६४ सहयोग रकम पठाई सकिएको बताउँनु भयो ।   क्यान्सर पिडित रावलको भारतको अहम्दावाद स्थित सिभिल क्यान्सर अस्पतालको आईसीयूमा लामो समयदेखी उपचार भैरहेको र आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचारको सहयोगको लागि सो रकम संकलन गरेको अन्तर्राष्ट्रिय नेपाली समाज, कतारका सचिव लेकेन्द्र कार्कीले बताउनु भयो ।अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजाराम शाहीका अनुसार यस संगठनले पहिले देखि नै राहत तथा सहयोगहरु गरिरहेको बताए । उहाँका अनुसार संगठनले भैपरी आउने समस्याहरु र यस्ता सहयोग कार्यक्रमहरुमा स...