सम्पर्क

अर्जुन चौपारी गाउँपालिका ईकाईको आयोजनामा बिविध साँस्कृतिक कार्यक्रम सम्पन्न

दर्शन सुनार/लोकप्रिय दैनिक कतार

कतारमा रहेका स्याङ्जा बासीहरुको साझाँ सस्थां स्याङ्जा सहयोग समाज कतारको मातहतमा रहेको अर्जुन चौपारी गाउपालिका ईकाईले “भेटघाट सम्मान तथा बिविध साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

शुक्रबार सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको सभाहलमा ईकाईका अध्यक्ष राजु सुनारको सभापतित्व तथा स्याङ्जा सहयोग समाज केन्द्रका अध्यक्ष घनध्याम जैसीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । बिधिगत रुपमा नेपाली पञ्चे बाजालाई पुजेर ब्यानर अनावरण तथा दिप प्रज्वलन गरेर अगाडी बढेको कार्यक्रममा कलाकार अनिता परियारले स्वागत नृत्य पेश गर्नुभएको थियो । कार्यक्रममा पञ्चेबाजाले थप रौनक थपेको थियो । कलाकार सुधा परियार,पुकार थापा,सुरज खनाल लगायत अन्य कलाकारहरुले सागिंतिक प्रस्तुति दिएका थिए ।

स्याङ्जा सहयोग समाजका संस्थापक संरक्षक गुरु नारायण राना भाटले मन्तव्य बोल्दै समाजको मातहतमा रहेका विभिन्न ईकाईले अत्यन्तै राम्रा काम गर्दै आईरहेको बताउनु भयो उहाँले आगामी दिनमा केन्द्रले ईकाई सगं समन्वय गरेर कतार तथा गृह जिल्ला स्याङ्जामा भई परि आउने समस्याहरुलाई हातेमालो गरेर अगाडी बढन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा सांगीतिक प्रस्तुति दिएर भरपुर्ण मनोरञ्जन प्रदान गरेका कलाकार पत्रकारलाई पारिश्रमिक सहित सम्मान गरिएको थियो । समाजले आयोजना गरेका हरेक कार्यविधी तथा परियोजनाहरुलाई सहयोग गर्दै आएका बिशिष्ट ब्यक्तित्वहरुलाई दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरिएको थियो ।

प्रमुख अतिथी जैसीले आफ्नो मन्तव्य बोल्दै केन्द्रलाई सफल बनाउन ईकाईहरुको महत्वपूर्ण भुमिका रहेको र ईकाई बिना केन्द्र अधुरो रहने प्रष्ट पार्नु भयो । बिगत लामो समयदेखि नै सामाजिक कार्यमा केन्द्रले ईकाईहरु सगं समन्वय गर्दै आईरहेको र आगामी दिनमा समेत हातेमालो गरेर अगाडी बढ्नेमा बिश्वास व्यक्त गर्नुभयो ।

सभापति सुनारले कार्यक्रमलाई समापन गर्दै सामाजिक कार्यको पाईलामा सदैब उभिने अनुजहरुलाई समाजका अग्रजहरुले सही दिशा निर्धारण गर्दिन आग्रह गर्दै कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

समाजको मातहतमा रहेका विभिन्न ईकाईका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्तिथि रहेको कार्यक्रममा समाजका उपाध्यक्ष दिपक बराईलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण महेन्द्र पौडेलले गर्नु भएको थियो ।