सम्पर्क

खेलकुद

२६ जना युवा महिलालाई स्कुटर चलाउने तालिम प्रदान

२६ जना युवा महिलालाई स्कुटर चलाउने तालिम प्रदान

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
 चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा युवा महिलाहरूलाई आत्मनिर्भर, सक्षम तथा सशक्त बनाउने उद्देश्यले २६ जना युवा महिलाका लागि स्कुटर चलाउने तालिम सञ्चालन गरिएको छ। वडा स्तरीय महिला सञ्जालको सक्रियता तथा प्रस्तावमा आयोजना गरिएको उक्त तालिम वडा कार्यालयको समन्वय र थ्री एस मोटर ड्राइभिङ्ग सेन्टरको सहजीकरणमा सञ्चालन गरिएको हो। कार्यक्रमको प्रमुख अतिथिका रूपमा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सिता थापा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले महिलाको सशक्तीकरण केवल नीतिगत विषय मात्र नभई व्यवहारिक सीपसँग पनि जोडिएको बताउनुभयो। उहाँले महिलाहरू आर्थिक, सामाजिक तथा व्यक्तिगत रूपमा आत्मनिर्भर बन्न यस्ता सीपमूलक तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, तालिम प्राप्त महिलाहरूले भविष्यमा स्कुटर खरिद गरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्र...
कृषी, सञ्चार,उद्योग लगाएत स्थानीय रोजगारलाइ प्राथमिकतामा चौतारा साँगाचोकगढी नगरपालिका

कृषी, सञ्चार,उद्योग लगाएत स्थानीय रोजगारलाइ प्राथमिकतामा चौतारा साँगाचोकगढी नगरपालिका

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ मा बशिेष गरी कृषी उत्पादन स्थानीय उद्योगहरुलाइ प्राथमीकतामा राखेर बजेटको व्यवस्था गरेको छ । बुधबार नगरसभाहलमा भएको २०औ नगरसभाको पहीलो बैठकमा नगर उप प्रमुख सिता थापाले प्रस्तुत गर्नु भएको निती तथा बजेट कार्यक्रममा उक्त जानकारी दिइएको हो । यस अघी बसेको नगर कार्यपालिकाको बैठकबाट अनुमोदन भइ सभामा पेश गरिएको निती तथा कार्यक्रममा यस बर्ष गत बर्षका कार्यक्रमहरुलाइ निरन्तरता दिदै थप आकर्षक कार्यक्रमहरु समाबेस गरिउको छ । स्थानीय खेती योग्य जमीन बाँझो राखेर बिदेसीने प्रथा बढीरहेको अबस्थामा कृषी उत्पादन र नगर भित्र सञ्चालीत सञ्चार गृहरुमा भएका नागरिकलाइ बेरोजगार हुन नदीनका लागी नगर भित्र रहेका क्रियाशिल सञ्चार माध्ययमलाइ समाचार उत्पादन , प्रकाशन तथा प्रशारणका लागी सहज हुने कार्यक्रमका साथै मिडीया बिकासका ला...
इन्द्रावती गाउँपालिकाको बजेट ८३ करोड १० लाख ७९ हजार

इन्द्रावती गाउँपालिकाको बजेट ८३ करोड १० लाख ७९ हजार

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
सञ्जय तामागं, नवलपुर, असार १० – इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ८३ करोड १० लाख ७९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको दशौं गाउँसभाको अधिवेशनमा उपाध्यक्ष शोभना तामाङ ले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान प्रस्तुत गर्नुभएको हो। गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा सम्पन्न गाउँसभामा प्रस्तुत बजेटमा आन्तरिक आय (दहत्तर–बहत्तर समेत) बाट १३ करोड ४१ लाख २० हजार रुपैयाँ, अन्य आयबाट १० करोड रुपैयाँ तथा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १३ करोड ९८ लाख रुपैयाँ रहने अनुमान गरिएको छ। उता संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँटतर्फ ८ करोड २१ लाख ४५ हजार रुपैयाँ, समपूरक अनुदान १ करोड ५ लाख रुपैयाँ, विशेष अनुदान १ करोड ५ लाख रुपैयाँ तथा सशर्त अनुदान २७ करोड २४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण...
सिन्धुपाल्चोकमा खानेपानी गुणस्तर निगरानीसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न

सिन्धुपाल्चोकमा खानेपानी गुणस्तर निगरानीसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, शिक्षा, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकमा खानेपानी गुणस्तर निगरानी सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया बुधबार चौतारामा सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा भएको खानेपानी गुणस्तर निगरानी सम्बन्धी खानेपानी उपभोक्ता समिति तथा सरोकारवालाहरूबीच अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सुरक्षित खानेपानी योजना निर्माण, नियमित गुणस्तर परीक्षण, प्रभावकारी अनुगमन र समुदायस्तरमा जनचेतना अभिवृद्धिको आवश्यकतामाथि जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ र राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका, २०७९ का मुख्य व्यवस्थाबारे जानकारी गराईएको थियो । नागरिकले उपभोग गर्ने पानी रंग, गन्ध र स्वादका दृष्टिले स्वीकार्य हुनुका साथै मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने सूक्ष्मजीव तथा रासायनिक पदार्थबाट सुरक्षित हुनुपर्ने बताईएको थियो । मापदण्डले खा...
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ । प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । राजनीतिक सल्लाहकार शाहले खुला मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दिनुभएको हो । शाहलाई तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारका रुपमा हेरिन्छ । उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सबैभन्दा पहिले सांसद पदबाट राजीनामा दिनु...
रास्वपाको अर्थ–राजनीतिक प्रस्तावनाः दलविहीन स्थानीय तह, प्रदेशसभा खारेजीसहित सङ्घीयताको पुनःसंरचना

रास्वपाको अर्थ–राजनीतिक प्रस्तावनाः दलविहीन स्थानीय तह, प्रदेशसभा खारेजीसहित सङ्घीयताको पुनःसंरचना

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार
काठमाडौँ, ९ असारः राष्ट्रिय स्वतन्त्र पार्टीले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण गर्दै नेपालको संविधान २०७२ मा महत्वपूर्ण संशोधन गर्ने प्रस्ताव गरेको छ । चितवनको भरतपुरमा जारी पार्टीको प्रथम राष्ट्रिय महाविधेशनमा आज अर्थराजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उपसभापति एवं अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पार्टीको सङ्ख्या र सामथ्र्य पुगेका दिन संविधान परिमार्जन गरिने बताउनुभयो । “प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री नबन्ने प्रणाली, दलविहीन स्थानीय तह एवं ७५३ को सङ्ख्यामा एकतिहाइ कटौती, प्रदेशसभा खारेजसहित सङ्घीयताको पुनःसंरचना, न्यायपरिषद्लगायत अन्य संवैधानिक अङ्गको अमूल सुधार, मान्यता प्राप्त राजनीतिक दलको पारदर्शी कोषभरणजस्ता शासकीय सुधारका एजेण्डा रास्वपाले बहसका लागि प्रवेश गराइसकेको छ”, डा वाग्लेद्वारा प्रस्तुत प्रस्तावमा भनिएको छ ।  जवाफदेहीपूर्ण असल शासन...
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको,सञ्चारकर्मीहरूसँग एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको,सञ्चारकर्मीहरूसँग एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सोमबार सञ्चारकर्मीहरूसँग एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/२०८३ को स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू तथा विगतको प्रगति समीक्षाका विषयमा जिल्लामा उपलब्ध पत्रकार तथा सञ्चारकर्मीहरूसँग उक्त अन्तरक्रिया गरिएको हो ।  बागमती प्रदेश सरकारको महत्वपूर्ण कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षभित्र ‘एक जिल्ला स्वास्थ्य सहर’ बनाउने अभियान पूरा गर्ने लक्ष्य लिइएको छ। यसैगरी, ‘एक स्थानीय तह एक नमुना स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये पाँचपोखरी थाङपाल गाउँपालिकामा यो अभियान सुरुवात भइसकेको छ। बाँकी ११ वटा पालिकाहरूमा पनि आगामी आर्थिक वर्षभित्र यो कार्यक्रम विस्तार गरी पूरा गर्ने लक्ष्य जिल्ला जनस्वास्थ्य कार्यालय सि...
६५ दिने सिलाई तालिम सम्पन्न, सहभागीलाई व्यवसायिक जीवनको शुभकामना

६५ दिने सिलाई तालिम सम्पन्न, सहभागीलाई व्यवसायिक जीवनको शुभकामना

खानेपानी, खेलकुद, ब्रेकिङ न्युज २, विचार, शिक्षा, समाचार
  चौँसागढी, असार २३। वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय (प्रदेश ऋत्भ्ख्त्) र चौँसागढी नगरपालिकाको आर्थिक सहयोग तथा नगर महिला सञ्जालको आयोजनामा सञ्चालन गरिएको ६५ दिने सिलाई तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ।नगर महिला सञ्जालकी अध्यक्ष चमेली श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २० जना महिलाले तालिम सफलतापूर्वक पूरा गर्नु भएको छ । का महिलाहरूलाई सीपमूलक शिक्षा प्रदान गरी आत्मनिर्भर तथा स्वरोजगारमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा सहभागीहरूले सिलाईसम्बन्धी व्यावहारिक तथा व्यवसायिक ज्ञान हासिल गरेका थिए। समापन कार्यक्रममा प्रमुख अतिथि चौँसागढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कसापकोटाले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिदै सीप सिकेर मात्र नहुने, त्यसलाई उत्पादन र व्यवसायसँग जोडेर आयआर्जनको माध्यम बनाउनुपर्ने बताउँनु भयो ।कार्यक्रम...
इन्द्रावतीलाइ अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा

इन्द्रावतीलाइ अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
सिन्धुपालचोक जिल्लाको इन्द्रावती गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा गरिएको छ। सोमबार गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तथा गाउँपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र कुमार खातीको सभापतित्वमा एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कानाथ नेपालको प्रमुख अतिथ्यतामा, उपाध्यक्ष शोभाना तामाङ, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदी, विभिन्न वडाका अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षा क्षेत्रमा कार्यरत साझेदार संस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष झम्कानाथ नेपालले यो घोषणा औपचारिकताका लागि मात्र नभई पूर्ण कार्यान्वयनका लागि गरिएको बताउँनु भयो । उँहाले समृद्ध पालिका निर्माणका लागि यस्ता अभियान आवश्यक रहेको उल्...
केएमसी अस्पातलमा १०को निशुल्क उपचार

केएमसी अस्पातलमा १०को निशुल्क उपचार

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढि नगर पालिका वडा नंः १४ र केएमसी अस्पताल बिच १०जनालाइ निशुल्क र थप अरुलाइ ५० प्रतिशत छुटमा उपचार गर्ने गरी दइ पक्ष बिच सम्झौता भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिका बडा नंंः १४ र केएमसी अस्पताल बिच नागरिकहरूको स्वास्थ्य सेवामा पहुँचलाई थप सहज, सुलभ र प्रभावकारी बनाउने उद्देश्यका साथ सम्झौता भएको वडा अध्यक्ष उद्धब नेपालले जानकारी दिनु भयो । उँहाका अनुसार दुइ पक्ष बिच शुक्रबार भएको सम्झौतामा चौतारा साँगाचोकगढि नगर पालिका वडा नंः १४ भित्र बसोबास गर्ने स्थानीय नागरिकहरूले केएमसी अस्पतालबाट विभिन्न स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। यस व्यवस्थाले नगरपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा कम खर्चमा उपलब्ध गराउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।  त्यसैगरी, आर्थिक रूपमा विपन्न तथा गरिब परिवारका वर्षेनी १० जना बिरामीलाई चौतारा स...