लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ
काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ एयरलाइन्स श्रमिक युनियन (यूनिट्राभ) लाङटाङ हिमाल आधार शिविर र पदमार्गको सरसफाईमा जुटेको छ । यूनिट्राभले जेठ ४ देखि १६ गतेसम्म पदमार्ग क्षेत्रमा कार्यरत १७ जना श्रमिकहरुको सहभागितामा लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाई गर्न लागेको हो । बुधबार यूनिट्राभले पत्रकार सम्मेलन गरी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतको यूनिट्राभ र नेदरल्यान्डको सहयात्री टे«ड युनियन एफएनभीसँगको सहकार्यमा लाङटाङ हिमाल जाने पदमार्ग र हिमालको आधार शिविरसम्म सरसफाई गर्न लागेको जानकारी गराएको छ । यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले ‘जलवायु परिवर्तनको असर कम गरौं र हिमाललाई बचाइराखौं, मानव जीवनलाई बचाइराखौं’ भन्ने सन्देशसहित सरसफाई हुन लागेको जानकारी दिनुभएको छ । अर्काेतर्फ श्रमिकहरु सामाजि...
