सम्पर्क

खेलकुद

खेल जगतको बिकास नै स्वास्थ्यको मुल जरो ः बस्नेत

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
  खेल जगतको बिकास नै स्वास्थ्यको मुल जरो भएको बाह्र्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले शनीबार गाती युवाक्लब द्धारा आयोजित फुटबल प्रतियोगिता २०८० समापन समारोह लाइ सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले बिशेष गरी खेलकुदको माध्ययमबाट शरिरलाइ स्वच्छ राख्न सकीने भएकाले पछील्लो समयमा यस प्रती आकर्षण बढेको बताउँनु भयो ।  नगरबासीलाइ कसरी स्वस्थ्य राख्न सकीन्छ भनेर नगरपालिका लागी परेको र नगरबासीहरको माग बमोजिम स्वस्थका लागी योगाको कार्यक्रम गरेको र खेलका लागी मागका आधारमा आबश्यक सहयोग गरिरहेको बताउँनु भयो । उँहाले नगरबासीको स्वास्थ्यका लागी आफु नगर प्रमुख नहँुदा पनी आबश्यक सहयोग गरिरहेको र भबस्यिमा पनी सकेको सहयोग गरिरहने बताउँनु भयो । आफु स्वयम खेल प्रेमी भएकाले पनी खेलकुद बिकासमा सहयोग गर्न चासो लाग्ने बताउँदै आजको खेलमा पहीलो बन्न सफल सुनखानी युवाक्...

हरेक खेलाडीको साथमा बलेफीःउपाध्यक्ष तामाङ

खेलकुद, जिबनशैली, समाचार, स्वास्थ्य
हामी मानिसहरु स्वास्थ्य रहनका लागी अती महत्वपुर्ण भुमिका निर्बाह गर्ने खेलकुदको बिकाका लागी बलेफी गाँउपालिका हर समय खेलाडीहरुको साथमा रहेर खेलाडीहरुलार्इ सहयोग गरिरहेको बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामा तामाङले बताउँनुभएको छ । भिमसेन मा.वि. कप भलिबल प्रतियोगिता २०८० तथा विविध सांस्कृतिक कार्यक्रम को समापन गर्दै उपाध्यक्ष तामाङले ब्यक्त्तिगत रुपमा समेत खेलाडीहरुको हौसला प्रदान गर्न नगद प्रोत्साहन गर्नु भएको छ । उहाँले बिजेताहरुलाइ क्रमश। ५ हजार ३ हजार र २ हजार नगद पुरस्कारमा उपाध्यक्षको तर्फबाट हौसला स्वरुप बिजेता सबै टिमलाई रु। २–२ हजारका दरले थप गरेर पुरस्कार वितरण गर्नुभएको हो । १८ बर्ष मुनीउमेरका ५ समूह बिच भएको प्रतिस्पर्धामा फुल्पिङकोट मा।वि।ले प्रथम स्थान हासिल गरेको थियो भने क्षेत्री बाल समूह फुल्पिङकोटले दृतिय स्थान र भिमसेन मा।वि। तेस्रो स्थान हाँसिल गर्न सफल भएको थियो । वडा...

पहरी युवा क्लब द्धारा सरसफाइ

खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिकामा रहेको पहरी युवा ब्लबले शनिबार सुकुटे छाप सडकको छेउछाउमा सरसफाइ गरेको छ । पहरी युवा क्लबको सक्रियतामा सरसफाइ गरिएको क्लबका प्रकाश पहरीले जानकारी दिनु भयो । उँहाका अनुसार क्लबका सदस्यहरू मिलि सुकुटे छाप सडकको छेउछाउमा रहेको बनमारो, सिठ्ठा जस्ता अन्य सडकलाई बाधा पार्ने बुट्टाहरू केही मात्रामा हटाइएको हो । उँहाले आफ्ना व्यस्तताको समय बाबजुद पनि बेलुकीको समय मिलाई सरसफाई गर्न सहयोग गर्नुहुने सहयोगी साथीहरूलाई धन्यवाद दिदै उक्त सडक सरसफाइ तथा संरक्षणका लागी सम्बन्धित निकाय र सडक विभागमा ध्यानाकर्षण गराउँनु भएको छ ।...

नेपाल विश्वकपमा छनोट

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक विश्वकपमा छनोट भएको हो । नेपाल समूह ‘ए’ बाट उपविजेता र युएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । समूहको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेट र मलेसियालाई छ विकेटले पराजित गरेको थियो । आजै भएको पहिलो सेमिफाइलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको छ । आइतबार हुने फाइनलमा नेपाल र ओमान भिड्नेछन् ।...

सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघले तेस्रो सिन्धु आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिता गर्ने

खेलकुद, समाचार
कुमार बस्नेत (अधिराज) आगामी मंसिर १९ र २० गते सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघको तेस्रो सिन्धु आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जिल्ला तेक्वान्दो संघका पदाधिकारीहरूको बैठक बसी प्रतियोगिता गर्ने निर्णय गरिएको हो । देशभरीबाट उत्कृष्ट महिला पुरुष सहभागी खेलाडीहरुको सहभागीता रहने प्रतियोगितामा ७ प्रदेशबाट ७ टिम – बिभागिय ३ टिम (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) र आयोजक सिन्धुपाल्चोक गरि जम्मा ११ टिमको सहभागी रहने प्रतियोगिता संयोजक तथा पुर्ब जिल्ला तेक्वान्दो संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिनुभयो । फाइट kyorogi तथा पुम्से poomsae तर्फ गरि जम्मा २७० जना खेलाडी र ३० जना अफिसियल गरि ३०० जना भन्दा बढी तेक्वान्दो कर्मिहरुको उपस्थित रहने कुरा सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघका अध्यक्ष तथा सिन्धुपाल्चोक तेक्वान्दोका जन्मदाता प्रेम भण्डारीले बताउनु भयो । ख...

नेतृ पाख्रिनद्धारा दोलखाका खेलाडीहरुका लागि अक्षय कोष स्थापना

खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, समाचार
दोलखा  नेकपा एकीकृत समाजवादीकी नेतृ संगीता पाख्रिनले दोलखाको खेलाडीहरुका लागि अक्षय कोष स्थापना गर्नुभएको छ । भीमेश्वर नगरपालिका ९ ले आयोजना गरिएको अध्यक्ष कप उद्घाटन समारोहमा सम्बोधन गर्दै पाख्रिनले अक्षय कोष स्थापनाको घोषणा गर्नुभएको हो । अक्षय कोष घोषणा गर्नुभएको पाख्रिनले औपचारिक समारोहमा १० हजार घोषणा गर्नुभयो । उहाँले १० वर्षसम्म दोलखाको खेलाडीको लागि अक्षय कोषमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । अक्षय कोषमा जम्मा भएको रकमले खेलाडीहरु दुर्घटनामा पर्दा आर्थिक अभावका कारण छटपटिनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । ‘म कुनै समय भलिबल खेलाडी थिए । यसकारण खेल क्षेत्र मेरो अभिरुचिको विषय हो । खेल र खेलाडीको आत्माविश्वास जगाउनुपर्छ,’ नेकपा एस दोलखाको उप सचिव समेत रहनुभएकी पाख्रिनले भन्नुभयो ‘दोलखा जिल्लाको खेलाडीको लागि अक्षय कोष स्थापना गर्छु ।’ अन्तराष्ट्...

श्री बुद्धोदय लिसंखुको नृत्यमा ससांरी माइ पहीलो

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
प्रेम कुमार श्रेष्ठ लिसंखुपाखर सिन्धुाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नं २ लिसंखु स्थित श्री बुद्धोदय मा वि अक्षयकोषको आयोजनामा विजयदशमी २०८० को पावन अवसरमा श्री बुद्धोदय मा वि को प्राङ्गणमा हिजो महाअष्टमीका दिन शुभकामना आदन प्रदान तथा गाउँपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगिता कार्यक्रम भएको छ। श्री बुद्धोदय मा वि अक्षयकोषका अध्यक्ष विश्वास योञ्जनको सभापतीत्वमा बागमति प्रदेश सभाका माननीय सदस्य माईली तामाङको प्रमुख आतिथ्यता, लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाको विशिष्ट बिशेष आतिथ्यता र उपाध्यक्ष मिठुदेवी लामाको विशेष आतिथ्यता भएको हो कार्यक्रममा पुर्व जनप्रतिनिधि, समाजसेवी, वुद्धिजिवी, शिक्षाप्रेमी लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागीता रहेको थियो । माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा श्री संसारीमाई माध्यमिक विध्यालय लिसंखु प...

खुल्ला भलिबल प्रतियोगिताको उपाधि गिरी एण्ड ब्रदर्शलाई

खेलकुद, समाचार
मेलम्ची नगरपालिका वडा नं. ९ स्तरीय खुल्ला भलिबल प्रतियोगिताको उपाधि गिरी एण्ड ब्रदर्श मल्टी कम्पनी प्रा. लि. रातमाटाले हात पारेको छ । गिरी एण्ड ब्रदर्श र श्री जनता माध्यमिक विद्यालय “क“ बिच भएको फाइनल खेलमा २÷२ सेट बराबरपछि अन्तिम खेलमा १५–१३ ले पछाडि पार्दै गिरी एण्ड ब्रदर्शले पहिलो स्थान ओगट्न सफल भएको हो । जनता मावि “क“ज्यामिरेले दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो । त्यसैगरी प्रतियोगितामा तेस्रो र सान्त्वना स्थान हासिल गर्न क्रमशः आयोजक सिन्धु योङ स्टार युथ क्लव र जनता मावि “ ख“ सफल भएका छन् । प्रतियोगितामा विजयी हुनुहुने खेलाडीहरुलाई ट्रफी, मेडल , प्रमाणपत्र तथा पुरस्कार कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष किरणदीप खड्का, विशेष अतिथि पूर्व वडा अध्यक्ष कमलबहादुर खड्का र गोल्मेश्वरी आधारभूत विद्यालयका शिक्षक पाण्डब अधिकारीले वितरण गर्नुभएको थियो । मेलम्ची नगरपालिका वडा नं.९ को आर्थिक सह...

‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड–२०८०’को उत्कृष्ट मनोनयन सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड–२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा ३२ विधामा प्रमाणपत्र वितरण गरिएको थियो । मनोनयन कार्यक्रम काठमाडौँको चावहिलस्थित ए वान पार्टी प्यालेसमा सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथी, जुरी एंव वरिष्ठ चलचित्र निर्देशक कमल राइले नाट्यश्वरको मुर्तिलाई पूजा गरी कार्यक्रमको उदघाटन गर्नु भएको थियो भने एनडिए डान्स स्टुडियोका विद्यार्थिहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।संस्थाका निर्देशक छिरिङ लामाको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुप्रती मौन धारणा गर्दै श्रदान्जली अर्पण गरिउको थियो । सस्थाका सचिव प्रकाश शर्माले आमन्त्रीतहरुलाइ खादा द्वारा सम्मान गर्नु भएको थियो। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी वरिष्ठ चलचित्र नि...

तेक्वान्दो प्रतियोगितामा सोफिया र कुशल उत्कृष्ट

खेलकुद, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका – ५ छाप कभर्डहलमा तेस्रो हिराहरि तेक्वान्दो अन्तर क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता महिलातर्फ सोफिया र पुरुषमा कुशल ढुंगाना उत्कृष्ट खेलाडी भएको छ । उत्कृष्ट भए सङै ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । एक दिने तेक्वान्दो प्रतियोगिताको उद्घाटन समारोहमा सभाध्यक्ष चौतारा साँगाचोकगढी नगरपालिका ५ का वडा अध्यक्ष शिव श्रेष्ठ , प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयर सीता थापा, विशेष अतिथी, जुगल बोर्डिङका सन्चालक तथा प्रधानध्यापक ओम प्रकाश उप्रेतीलगायत अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रतियोयोगिताको क्योरुगि विधातर्फ पुरुष १७ देखि २१ के. जिमा सुजल तामाङले स्वर्ण, सुबिन के सि ले रजत पदक जित्न सफल भएको छ । पुरुष २२ देखि २५ के. जि.मा रोशन कपालीले स्वर्ण प्रबिन लोप्चनले रजत र पुजन ढुंगानाले कास्य, २६ देखि २९ के. ...