सम्पर्क

तेक्वान्दो संघ सिन्धुपाल्चोकको आन्तरीक प्रशिक्षण कार्यक्रम बाह्रबिसेमा सम्पन्न

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आन्तरिक प्रशासनिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम बाह्रबिसेमा सम्पन्न गरिएको छ । शनिबार उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकको हलमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथि बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेत विशेष अथिति उद्योग वाणिज्य संघका अध्यक्ष तथा जिल्ला तेक्वान्दो संघका निवर्तमान अध्यक्ष बुद्धराज बस्नेत नेपाल तेक्वान्दो संघका केन्द्रिय महासचिव दिपराज गुरूङ, तेक्वान्दो संध वागमती प्रदेशका अध्यक्ष केशव पुरी, तेक्वान्दो संघका केन्द्रिय सदस्य हेमन्त डाँगीको सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको सदस्यहरू जिल्लाका डोजाङ प्रमुख सिनियर खेलाडीहरको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रमको सभापतित्व भने सिन्धु तेक्वान्दो संघका अध्यक्ष प्रेम बहादुर भण्डारीले गर्नुभएको सह–सचिव कुमार बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा तेक्वान्दो खेलनै उत्कृष्ट खेल भएको र तेक्वान्दो खेल बिस्तारका लागि नगरबाट प्रशिक्षकको ब्यबस्थापन गर्ने र आफ्नो कार्यकालमा अझै ३ वटा तेक्वान्दोका राष्ट्रिय प्रतियोगिता समेत गराउने प्रमुख अतिथि बस्नेतले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
तेक्वान्दोका भावि योजनाहरू र आन्तरिक प्रशिक्षण केन्द्रीय माहासचिव दिपराज गुरूङले गर्नुभएको थियो । सिन्धुपाल्चोक जिल्ला कार्यसमितिमा अहिले सम्मकै उत्कृष्ट कार्य गरेको भन्दै निवर्तमान अध्यक्ष बुद्ध राज बस्नेतलाई सम्मान गरिएको सबै अतिथिमा आभार ब्यक्त गर्दै सम्पूर्ण उपस्थितिमा धन्यवाद दिदै कार्यक्रम समापन सभापति भण्डारीले गर्नुभएको थियो ।