सम्पर्क

नेपाल रेडक्रस जल्केनि उपशाखामा महत

 सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका अन्तरगत जल्केनी उप–शाखाको ३१औं साधरण सभाले बेल बहादुर महतको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । ३१औं साधरण सभाबाट सभापति बेल बहादुर महत, उपसभापति तारा देवी राणा, सचिव अशोक पराजुली, कोषाध्यक्ष पूर्ण बहादुर तामाङ, सहसचिव लाल बहादुर श्रेष्ठ, सहकोषाध्यक्ष सुनिता रखाल, सदस्यहरु निर्मला तिमल्सिना, लिला बहादुर गिरी, हरिचन्द्र भारती, राम कुमार खतिवडा, कृष्ण बहादुर कार्की रहनुभएको छ ।
२ सय १५ जना सदस्य रहेको उक्त शाखाको उद्घाटन भने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ का वडाअध्यक्ष तथा नगर सामाजिक बिकास शाखाका संयोजक राम प्रसाद गौतमले गर्नु भएको थियो । सभाको उद्घाटन गर्दै गौतमले सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटि जल्केनि उपशाखाले आफ्नै भवन निर्माण गरेर काम गरिरहेकोमा विशेष धन्यबाद दिनुहुँदै यो संस्था भनेको बिपदको साथि भएकाले बिपद परेको बेला बढि सम्झने अरु बेला कम सम्झने परम्परा बसेको अनुभव भईरहँदा जल्केनि उपशाखाले गरेको काम नमुना जस्तै भएकोमा खुशि ब्यक्त गर्नुभयो । नागिरकलाई बिपद पर्दा तुरुन्तै साथि बनेर सहयोग गर्न पुग्ने रेडक्रसमा राजिनति हस्तक्षेप हुन नहुने बताउँदै यस्तो हुन नदिन सबैलागि पर्नु पर्ने बताउनु भयो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १०, ११, १२, १३, १४ नं. वडाको संयुक्त शाखाको रुपमा भएको सभा रेडक्रसको आफ्नै भवनमा बेलबहादुर महतको अध्यक्षतामा भएको थियो ।
नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा सिन्धुपाल्चोकका कार्यालय प्रमुख भरत प्रसाद कोईरालाले निर्वाचन अधिकृतको भुिमका निर्बाह गर्नु भएको थियो ।