सम्पर्क

निःशुल्क शिक्षा भन्ने होइन काम गर्नुपर्छ ःनगर प्रमुख सापकोटा

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका  नगर प्रमुख   कृष्ण प्रसाद सापकोटाले निःशुल्क शिक्षा बोलेर होइन व्यवहारमा लागु गरेर देखाउँन पर्र्ने बताउँनु भएको छ ।उहाँले निःशुल्क शिक्षा भन्ने अभिभावकहरुसँग सहयोग लिनेलाई निःशुल्क शिक्षा भन्न नमिल्ने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ ठुलोसिरुवारीमा रहेको श्री सेतिदेवी माध्यमिक बिद्यालयको ६३ औं वार्षिकोत्सब, अभिभावक भेला तथा भूपु विद्यार्थी पुनर्मिलन समारोह शुक्रबार उद्घाटन गर्दै उहाँले यस्तो बताउँनु भएको हो ।
उहाँले सेतीदेवी माबि सबै प्रकारले सम्पन्न भएको देखिएको भएता पनि बिद्यालयलाई थप चुनौती थपिएको बताउँनु भयो । समारोहको उद्घाटन गर्दै नगर प्रमुख सापकोटाले नगरभरी १२ कक्षा सम्मको निःशुल्क शिक्षाको लागि छलफल चलिरहेको बताउँनु भयो । उहाँले विपन्न बालबालिकाको पठनपाठनको लागि नगरको केन्द्र भागमा आवशीय विद्यालय निर्माण गरिने र लोपोन्मुख र असहाय विद्यार्थीलाई पठन पाठनको व्यवस्थापन मिलाईने बताउँनु भयो । नगर प्रमुख सापकोटाले शिक्षा सिकाइमा नगरपालिकाबाट हुन र गर्न सक्ने सहयोग गरिरहेको बताउँदै अरुले भाषण गरेर देखाउछन् हामी काम गरेर देखाउछौ भन्नुभयो ।
कार्यक्रमका बिशेष अतिथी नगर सामाजिक बिकास समितीका संयोजक समेत रहनु भएका वडा अध्यक्ष राम प्रसाद गौतमले बिद्यालय शिक्षा सिकाइमा नगरपालिकाले गरेको सहयोगले मात्र नपुग्ने शिक्षकले गुणस्तरिय शिक्षा प्रदान गर्ने अभिभावकले बिद्यार्थी बिद्यालयमा पठाउँने र उनीहरुले कस्तो पढेका छन् भनेर हेर बिचार गर्नु पर्ने र बिद्यार्थीहरुले पनी ध्यान दिएर अनुशासित भई पढ्ने गरे मात्र बिद्यालयको इज्जत बढ्ने बताउँनु भयो ।   अर्का अतिथी नेत्रज्योती कृषी सहकारी संस्थाका पुर्ब अध्यक्ष एवम पुर्ब प्रअ सेतीदेवी शिवतारा कोष स्थापनाकर्ता शिब बहादुर केसीले प्रयोगात्मक शिक्षाले मात्र रोजगारको व्यवस्था हुने बताउँनु भयो । पुर्ब गाबिस अध्यक्ष ईन्द्रबहादुर नेपालले बिद्यालयमा बालबालिका घट्दै गएकोमा ध्यान केन्द्रित रहेर बिद्यालयको शैक्षिक स्तर बृद्धि गर्नेतिर बिशेष ध्यान दिन जरुरी भएको बताउँनु भयो । स्वागत मन्तव्य ब्यक्त गर्दै बिद्यालयका शिक्षक हरिबक्रम नेपालले बिद्यालयमा २४ घण्टा स्वच्छ पानी खुवाउन विशेष पहल गर्नु हुने उत्तर कुमार श्रेष्ठ लगायत सस्थापकहरुले धेरै दुख गरेर जन्माएको बिद्यालयले संस्थापकलाई बिर्सन नहुने बताउँनु भयो । उहाँले अहिले बिद्यालय सञ्चालन गर्न जति समस्या छ त्यतिबेला झन ठुलो समस्या थियो । अहिले जस्तो बजेट माग्न सजिलो थियन तर पनि बिद्यालयलाई यो अबस्थासम्म ल्याउनका लागि योजनाबद्ध लाग्नु भएकोमा विशेष धन्यबाद ब्यक्त गर्नुभयो ।
समारोहमा लोकप्रिय समाचार राष्ट्रिय दैनिकका साथै उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । गत वर्ष यस विद्यालय कक्षा ८ र १० को परीक्षामा पालिका प्रथम भएको थियो । समारोहमा विद्यालयका पूर्व प्रअ शिवबहादुर केसीले ५ लाखको सेतीदेवी शिवतारा कोषको रकम विद्यालयलाई हस्तान्तरण गर्नू भएको थियो ।
स्थापित कोषको रकम अलगै यसवर्ष पनि २ जना जेहेन्दार र विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु भएको थियो । त्यस्तै जन्मभूमि सामाजिक संस्थाको तर्फवाट पनि गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । समारोहमा विभिन्न व्यक्तिद्वारा स्थापना गरेको कोष तथा विद्यालयको तर्फबाट शैक्षिक सामाग्री तथा छात्रवृत्तिको रकम हस्तान्तरण गरिएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद दाहालको सभापतित्वमा भएको समारोहमा विद्यालयका प्रअ रमेश गौतमले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समारोहामा कक्षा नर्सरी देखि ५ सम्मका उत्कृष्ट नतिजा ल्याउन सफल २३ जना बालवालिकाहरूलाई हाम्रो सामाजिक संस्थाका अध्यक्ष गीता श्रेष्ठ तथा सचिव सुमन श्रेष्ठले शैक्षिक सामग्री वितरण गर्नुभएको थियो । यसैगरी समाज रूपान्तरण वचत तथा ऋण सहकारी संस्था लि. का प्रवन्धक वसन्त श्रेष्ठले , आर्थिक अवस्था कमजोर रहेको विद्यार्थीलाई रू पाँच हजार छात्रवृत्ति दिनु भएको थियो । यसैगरी ठूलोसिरूवारी साना किसान सहकारी संस्था लि.का अध्यक्ष होम नाथ चौलागाईं र सुजन थापाले विद्यालयबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने वालवालिकालाई पोसाकको लागि रू पन्ध्र हजार नगद सहयोग गर्नु भएको थियो । यसका साथै रामशरण बिकले आफु विद्यालय व्यवस्थापन समितीको अध्यक्ष हँुदाको समयमा उहाँको आमा गंगामाई विश्वकर्माको स्मृतीमा आमाले लगाएको गहनाबाट आएको रु ५०,००० सहयोग गरी सुरु गरिएको सेतीदेवि कल्याणकारी कोष हाल १० लाख पुगेको र त्यसको व्याज स्वरुप आएको रु ३०००० बाट विद्यालयमा अध्ययनरत असाहय तथा गरिब विद्यार्थीहरुलाई छात्रवृत्ती उपलब्ध गराउँने योजना अनुसार छात्रवृत्ती वितरण गरीएको बताउँनु भयो । कार्यक्रम भव्य र सभ्य रुपमा शिक्षक अभिभावक बिद्यार्थीहरुको उपस्थिीतीमा सम्पन्न भएको थियो भने डाँडामा २४अ‍ै घण्टा पानी आउँने गरी खाने पानीको व्यवस्था गरिदिएकोमा तिनदोवाटो कोटडाडा लिफ्ट खानेपानीका अध्यक्ष उत्तर कुमार श्रेष्ठ लगाएत पदाधिकारीहरुलाइ बिशेष प्रशंसा गरीएको थियो।