सम्पर्क

मेरो जीवन श्रृखला

कुल प्रसाद दाहाल

मेरो जन्म वि.सं.२०२१ साल श्रावण २२ गते विहिबारका दिन सिन्धुपाल्चोक जिल्ला साविक ठूलोसिरुवारी गा.वि.स.वडा नं.४ हाल चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ डौठें, बाँसस्वारामा माता मनमायाँ दाहालको कोखबाट जेष्ठ सुपुत्रको रुपमा जन्म भएको हो । मेरो पिताको नाम लक्ष्मीकान्त दाहाल भएको र मेरो जन्म हुदा वाजे,बज्यै माता र पिता गरी जम्मा ४ जनाको मात्र परिवार थियो ।
आज मेरो परिवारको संख्या ४ बाट वढेर ३१ पुगेको छ । मैले बाल्यकालमा घरायसी क ख रा पिता माता र मेरो गुरु शिवबहादुर के.सी.को सक्रियतमा हालको श्री सेतीदेवी मा.वी.बाट सुरु गरेको थिए । त्यसरी पढ्न जाने अवस्थाको एक बालकले वर्षे विदामा चौताराको सिरमा रहेको पात्लेपानी नर्सरीबाट बिरुवा बोकेर बजार पार गर्दै मेलचौर डाँडाको तल माथी पाखामा लानुपर्ने र सो वापतमा एक पटकमा प्रती पटक रु १। मात्र हाता पर्ने अवस्था थियो । टाउको दुखाउदै र ढाडमा फोका उठाउदै भएपनि पढाइ सामानको लागि खर्च जोहो गरिन्थ्यो।त्यस्तैमा आफुले पढ्ने विद्यालयमै सहयोगिको काम दिने भनी तत्कालिन संचालकबाट मौका प्रदान भएकोले कर्मचारी हुँदै क्रमस कक्षा पाँच सम्म पढेर एक्कासी तत्कालिन जाल्पा मा.वी.कोठेका प्र.अ. तथा तत्कालिन जिल्ला शिक्षा बोर्डका सदस्य आदरणिय गुरु यज्ञप्रसाद दंगाल ज्यू सँग सम्पर्क भइ राम्रो सँग पढेमा निःशुल्क पढाइदिने वाक्याम्स प्राप्त भयो र त्यसै तिर गएर पढिरहेको बेलामा कक्षा १० मा प्रवेश गरेकै साल उहाँ यज्ञ गुरुको सरुवा चौतारामा भयो र म पनि श्री कृष्ण मा.वि. चौतारामै आएर एस.एल.सि. संम्मको अध्ययन पुरा गरे ।
त्यसपछि जागिर खोजी गर्ने क्रममा राजनितिक गर्नेहरुको माध्यमबाट क्षेत्रीय सदस्य केदार प्रदान ज्यूमार्फत चिरग फम उत्पादक कम्पनीका काम प्राप्त भयो। पटनको डेरा बालाजुको जागिर ६ महिने हिडाइबाट थकित भएकै वेला दुख गुनासो सुनाउदा तत्कालिन जल्दाबल्दा माननिय मन्त्री श्री पसुपति समसेर ज.व.रा.ज्यूको सिफारीसमा पुल्चोकको साझा यातायात नामक संस्थामा कर्मचारी भइ काम गर्ने अवसर प्राप्त भयो। त्यसपछि योग्यता बढाउदै जाँदा मन्त्री ज्यूकै आदेसमा साझा सँगै कम्पाउण्ड जोडिएको
श्री सस्पेन्सन ब्रिज डिभिजनमा खरिदार स्तरमा नियुक्ति प्राप्त भयपछि मन्त्रालय र विभाग स्तरमा दुई वर्ष सम्म राम्रै सँग सन्तोषजन काम गरियो ।
त्यसपछि रसुवा नुवाकोट परियोवजा मार्फत काम गर्ने क्रममा जिरि प्रशिक्षण केन्द्रबाट गाँउ पन्चायत सचिव पुर्व सेवाकालिन तालिम प्राप्त गर्ने मौका पनि मिल्यो ।
त्यसपछि स्थायी जागिरको तिर्खा मेटाउनका लागि अन्तीम पेशाको रुपमा शिक्षकमा २०५० सालबाट नोकरी सुरु गरि भोटसिपाको जलेश्वरी प्रा.वी.मा पदस्थापना भई तीन वर्ष पछि स्थानीय श्री शुभकन्या प्रा.विमा सरुवा भइ झण्डै १४ वर्ष काम गरि अन्तमा २०६६ सालमा म आफैले पढाइ सुरु गरेको श्री सेतीदेवी मा.वि.मा सरुवा भै कार्य कुसलता देखाउने अवसर प्राप्त भयो ।
यसरी स्मरण गर्दा सुरुमा स्थायी सेवा प्रवेश र पढाई समेतमा उच्च सहयोग यज्ञ गुरुको थियो । शुभकन्या प्रा.वीमा काम गर्दा तत्कालिन गा.वि.स. अध्यक्ष समेत रहनु भएका क्षत्र बहादुर दुलालको पुर्ण सहयोग प्राप्त थियो । सेतीदेवी मा.वि.मा सरुवा गरि प्रशासनिक सम्यन्त्रको जिम्मा दिने कार्यमा तत्कालिन वि.व्य.स. अध्यक्ष रामप्रसाद गौतम र प्र.अ. शिबबहादुर के.सको प्रमुख भुमिका थियो । पछिल्लो समयका वि.व्य.स. अध्यक्ष अर्जुन गतराको समेत सहयोग प्राप्त भएको थियो । मैले प्रशासनको नेतृत्व गर्दा सबै स्टाफको समेत सहयोग प्राप्त थियो । नेतृत्व परिवर्तन हुदै जाने क्रममा तत्कालिन श्रोत व्यक्ती डम्वर बहादुर श्रेष्ठबाट यस अवस्थामा प्र.अ. छोडेर सहयोग गर्नु पर्यो भनेपछि निर्देशन प्राप्त भएको २४ घण्टा भित्रमै पदबाट विदा लिई दोश्रो पुस्तामा नेतृत्व बुझाएर जागिरको क्रममा खटिरहेको थिए ।
“आकस्मिक रुपमा जुटेको युवाहरुको एउटा समुहले” राजनितिमा हात हाल्न सल्लाह दियपछि नोकरीबाट राजिनामा गरि २०७३ चैत्र १३ गते बाट जागिरे जिवनलाई अन्त गर्दै २०७४ को स्थानिय निर्वाचनमा मेरो अति मिल्ने सहयात्री डोपबहादुर पुरी (धुब्र) समेतको सहयात्राबाट स्वतन्त्र वडा अध्यक्षको उमेद्दवार भई निर्वाचन बाट परास्त भएपटि २ वर्ष गाँउबाटै वाहिरिएर काठमाण्डौमा आराम गरिरहेको अवस्थामा वडाध्यक्षमा सफलता प्राप्त गर्नु भएका रामप्रसाद गौतकबाट गाँउमै फर्कीएर सामाजिक कार्यमा सगाउन विशेष रुपले भनेपछि म एक दाजुको नाताले पनि सो भनाईलाई नकार्न गा¥हो परेको थियो। त्यसै बेला टुकी संघमा कार्यरत यज्ञ कार्की सरले पनि समाजमा सक्रियता देखाउनु राम्रो हुने सल्लाह दिनुभएको र हालका ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्थाको नेतृत्व गर्ने भाई हामनाथ चौलागाईले फोन र म्यासेजबाट पटकपटक सहकारीद राम्रोसँग संचालनमा ल्याउन आइदिन प¥यो भनेपछि संस्थापक शिबबहादुर के.सी. र रामप्रसाद चौलागाँई समेतको सहमतिमा गाँउ फर्केर २०७६।०३।३१ बाट ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष भै कार्य प्रारम्भ गरेको थिए । सो नेतृत्व लिदाका वखत अन्य महानुभावहरुले पनि सहयोग गर्नु भएको थियो जसमा श्री सुर्यमुखी सानाकिसान कृषि सहकारी संस्थाका आदरणिय अध्यक्ष श्री मित्रलाल चौलागाँई, पुर्व गा.वि.स.अध्यक्ष इन्द्र नेपाल, सहकारी अधिकृत दुर्गा ढुङ्गेल बाम विचारक देवि दुलाल समेतको सहयोग रहेको थियो ।
सहकारी संचालनको क्रममा रविन पुरी, प्रकाश गिरी, लिलाबहादुर गिरी दिपेन्द्र चौलागाँई रुपेश ढुङ्गाना र हेमबहादुर श्रेष्ठ लगाएतको सहयोग प्राप्त भएको थियो । २०७८ सालको प्रारम्भमै राजनितिक छलफल सुरु भई विभिन्न चरणमा बहुपक्षिय दल तथा नेताहरु संग सम्वाद भयो ।
यस्तैमा २०७८ चैत्रको पहिलो हप्ताको छलफलनै निर्णयको नजिक पुगेर प्रदेश माननिय युवराज दुलाल (सरद) ज्यूको समउपस्थितिमा वडाध्यक्ष रामप्रसाद गौतम, सहयोगी साथी होमनाथ चौलागाँईको घरमा म समेतको बसाइमा भएको सहमति र सहभागितको प्रस्थावलाई कार्यन्वयन गर्नुपर्दा मैलेनै सुरुमा पढेको र कर्मचारीको भुमिकामा रहि प्रशासनिक नेतृत्व समेत गरिसकेको विद्यालयको वि.व्य.स.अध्यक्ष हुने साइत २०७८।१२।१४ गते जुरेको अवस्थामा विद्यालयको प्र.अ.को जिम्मेवारी प्राप्त शिक्षक श्री हरीबिक्रम नेपाल सरको निर्णय लेखन तथा वडाध्यक्ष रामप्रसाद गौतमको प्रस्ताब र अध्यक्षताबाट सहयात्री तोकबहादुर श्रेष्ठको समर्थनमा मलाई उक्त पदमा कार्य गर्ने अवसर प्राप्त भएको थियो। प्राप्त अवसरको सहि सदुपयोग गर्ने खुसियालिको फोटो सेसन देखिनै सफा पानी धमिलो हुदै जाने संकेत देखिन थाल्यो। तरपनि प्रकाश गिरी सरको घरमा उपस्थित महानुभावहरुको सहमति सहितको दहि चिउरा खानामा भएको मेहनतले समेत मलाई पदभार महङ्गो पर्ने अवस्थानै थियो। उक्त बसाइका अगुवाहरु नारायण प्रसाद गौतम,रामसरण वि.क.,लिलाबहादुर गिरी,धनबहादुर श्रेष्ठ समेतको सुजबुझ पुर्ण सहमतीलाई बुझेर काम अघि नबडाउदा गल्ती हुने ठानेर मौजुदा प्रशासन प्रमुख रमेश गौतम सरलाई दुख दिएरै भएपनि घुम्ती बैठकिए मोडलमा कार्य गर्न लगाएरै भएपनि कार्यरत वि.व्य.स. र स्टाफ परिवार सबैलाई सहयोगीनै ठानेर कार्य गर्ने जमर्को गरिरहेको छु ।
मलाई चुनौती चै पक्कै छ काम नगरौ त सहमति तोडिएको र विश्वासलाई नवुझे जस्तो देखिने काम गरौँ त वि.व्य.स. बैठकमा प्रयाप्त रुपले बैठक क्षत्राधिकार र कर्तब्य बारे समितिमा स्पस्ट पार्न कठिनाई भएको महसुस गरिरहेको छु । तरपनि मैले पढ्ने समयलाई हालको अवस्था सँग तुलना गर्ने हो भने उच्च डिग्रीको ज्वरो आय सरहको अनुभुती हुन्छ । एक जना शिक्षकले मात्र सबै कक्षा पढाउदको अवस्था र हालको विषयगत शिक्षक व्यवस्थाको अवस्थाले फरक त देखिनु स्वभाविकनै हो । मेरो विचारमा मैले नेतृत्व गर्ने बेलामै गत बर्ष २०७९ को एस.ई.ई. नतिजाले जगर स्तरमै चुनौतिको सामना गर्न सक्ने गरि सिकाइ उपलब्धी प्राप्त भएकोले पनि जाँगर मार्न मिलेन। उत्त सिकाइ उपलब्धी प्राप्त गर्नमा शिक्षक तथा विद्यार्थीहरुको क्षमताले प्रसस्त ठाँउ ओगटेकाले उहाँहरुलाई धन्यवाद लिनु मेरो कर्तव्य ठानेको छु । मेरो कार्यकालको दोश्रो वर्षमै अन्य थप सुधारहरु भएका छन जुन सुविधा यस पुर्व पुगेका थिएनन् । जुन निम्नानुसार रहेका छन् ।

१. विज्ञान प्रयोशाला व्यवस्थापनमा
आवश्यक सुधार ।
२. गणित तथा सामाजिक प्रयोशाला
व्यवस्थापन ।
३. कम्प्युटर प्रयोगशालाको मर्मत सुधार
गरिएको छ ।
४. कक्षा १२ सम्म पुर्ण रुपले निशुल्कीय
व्यवस्था गरिएको छ ।
५. विद्यालय स्वास्थ्य पोषण पाक स्थल
घेराबार गरि सुरक्षित गरिएको छ ।
६. हल लगाएतको भवनमा आल्मुनियमका
झ्याल ढोका सुधार गरिएको छ ।
७. विद्यालयको आई.सि.टि.लाई आवश्यक
मर्मत सुधार गर्ने काम सुरु गरिएको छ ।
८. विद्यालयका भवनहरुको अग्रभागमा रङ्ग
रोगन गर्ने काम भएको छ ।
९. पुस्तकालयलाई आवश्यकता अनुसार
सम्पन्न गर्ने काम थालिएको छ ।
१०. विद्यालयका लागि पिउने पानीको थप
व्यवस्थापन गरिएको छ ।
उल्लेखित सबै कार्यहरु गर्न वि.व्य.सका सक्रिय साथीहरु,प्रदेश सरकार स्थानीय नगर तथा वडा सरकार र वडाध्यक्ष श्री रामप्रसाद गौतमको प्रमुख भुमिका रहेको र स्टाफ परिवारबाट पनि उचित सहयोग भइरहेकोले सम्बद्ध सबै पक्षलाई धन्यवाद दिन चाहान्छु ।
यदि शिक्षकको नोकरीमै अल्झेर समय विताइरहेको भए मैले जे जति कामको अवसरहरु प्राप्त गरेँ ति सबै अवसरलाई निम्नानुसारको मौकाको रुपमा प्राप्त गर्ने समय वित्ने थियो । यसैले वि.व्य.स.अध्यक्ष हुने, सहकारीको कुशल संचालक हुने, नेपाल निबृत्त शिक्षकको जिल्ला नेतृत्व गर्ने लगाएतका अवसरहरु प्राप्त हुने थिएनन् ।
मलाई प्राप्त अवसरहरु निम्नानुसार छन् ।
१. मैले २३ वर्ष ७ महिना १३ दिनमै नोकरी छोडेर विकल्प खोज्ने क्रममा नेपाल निबृत्त शिक्षक समाज सिन्धुपाल्चोक गठन गर्ने र हाल सम्म नेतृत्व गर्दै गुरुजनहरुको साथमा रहने हैसिएत प्राप्त गरि सक्दो काम गरिरहेको छु ।
२. जीवन लामो भएकाले पेशा छोडेर रोजेको सुरुको काम (निर्वाचन) बाट सफलताको योग नमिलेकोले काठमाण्डौ बस्ने २ बर्षे अवधिमानै सिन्धुपाल्चोक शिक्षक मित्रहरुकै सम्पर्क बाट ने.नि.शि.समाज बनाउने सुभ साइत जुरेको हो ।
३. शिक्षण पेशा छोडेर काठमाण्डौ बसाई गर्दा परेको आर्थिक कठिनाई ले पनि ३ वर्षे पछिको रातमा पुरानै घरमा फर्कने अवसरले गर्दा हालका पद र प्रतिष्ठाहरु प्राप्त भएका हुन ।
४. क आफु वि.व्य.स. अध्यक्ष भएको वर्षमा विद्यालयका संस्थापक (स्वःपदम बहादुर पुरी) को ६२ औँ विद्यालयको बार्षिकोत्सवको अवसर पारेर छोराहरु (तारा र धुब्र) को सहयोगमा सालिक स्थापना गराइ अनावरण गर्ने गराउने अवसर मिल्यो ।
५. सहकारी संचालन गर्ने अनुभवलाई बोकेर काठमाण्डौ छिरेको भए पनि गाँउ फर्केर दाश्रो पटक सहकारीको कुशल संचालक भई नेतृत्व गर्ने अवसर प्राप्त भएकोले कुशलतको परिचय दिने थप मौका प्राप्त भयो ।
६. काठमाण्डौ बसाइकै क्रममका शिव गुरु मार्फत सम्पर्क जोडिनु भएका गुरु धुब्रराज शर्मा अर्याल ज्युको अमेरिका बसाइको भेटमा भएको सहमति अनुसारको कार्यलाई जोड्ने क्रममा ललितपुरको बंगलामुखि क्याम्पसमा केन्द्रीय कार्यालयका महाँसचि श्री इश्वर बहादुर श्रेष्ठ ज्यू सँग भेट भइ सल्लाह लियर निवृत्त शिक्षक समाज गठन गर्ने मौका पाई हाल सम्म पनि काम गरि रहेको छु हेरौँ भोलिका दिनमा के के गर्न समिन्छ ।
७. मैले हरेक आरोह अबरोह पार गरि जीवनको उत्तरार्धमा आइ पुग्दा ३ जना छोराहरुको साथमा सौहार्दपुर्ण पारिवारीक जीवन यापन गर्न पाउँदा खुसिको अनुभुती भएको छ । हुनत छोरीको पनि आवश्यकता महसुस हुदो रहेछ तर पनि भतिजी कल्पनाले छोरीको अभाव हुनबाट हालसम्म पनि रोकेकी छिन् । साथै नातिनीहरु द्धय हिमरुजी र सुम्नीमाले झनै काखै भरिभराउ पारि खुसी प्रदान गरेका छन् ।
एकमात्र जीवनसाथी मनमाई जीले विबाह समयदेखी हाल सम्म पनि मैले खर्चेको समयको मुनाफा नखोजेर सबै कामको दुख र पिडा खपेकी छन् ।
यसरी पारिपवारी घनिष्टता कायम गर्न सहयोग पुगेको छ यसैले खुसिका साथ यो जीवन श्रृखला कोर्न खोजेको छु यस कार्यमा सहयोग गर्ने सबै प्रती आभा प्रकछ गर्दछु ।
धन्यवाद