सम्पर्क

नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुपाल्चोकको १०आंै जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका पूर्वअध्यक्षसमेत रहेनुभएका श्रेष्ठले निवर्तमान अध्यक्ष कमल नेपाललाई १४ मतान्तरले पछि पार्दै श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । श्रेष्ठले ३ सय ६३ मत ल्याउँदा नेपालले ३ सय ४९ मत पाउनु भएको छ ।
त्यस्तै उपाध्यक्षमा अर्जुनकुमार भण्डारी विजयी हुनुभएका छ । उहाँले तीन सय ४५ मत पाउँदा उहाँका प्रतिद्वन्द्वी विष्णुमणि आचार्यले ३ सय ७ मत प्राप्त गर्नुभयो ।
सचिवमा कृष्णगोपाल तामाङ ४ सय ३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी यज्ञ सापकोटाले २ सय ७० मत प्राप्त गर्नुभयोे । उपसचिवमा शिवहरि सापकोटाले ३ सय ३६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी विजयकृष्ण श्रेष्ठ ३ सय १३ मतमा प्राप्त गर्नुभयो । महिलातर्फ उपसचिवमा सुशीला पाख्रिनले ४ सय ५६ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी शोभा कार्कीले २ सय ८ मत पाउनु भएको छ ।
विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिएका थिए । जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेन । पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ । नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल ७ सय १३ खसेको थियो ।