सम्पर्क

तातोपानी नाका सञ्चालनसँगै त्यहाँ हुने अनियमितता रोक्न प्रशासन लागेको छः प्रजिअ आचार्य

जिल्लाको सुरक्षा स्थितीलाई मजबुद बनाई राख्न जिल्ला स्थित सुरक्षा निकायहरु सधैँ सक्रिय रहेको प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले बताउँनु भएको छ ।
उहाँले बिशेषगरी सिन्धुपाल्चोक तातोपानी भन्सार नाकामा हुन सक्ने राजश्व चुवाहटप्रती बन्धित सामाग्रि ओसारपसार जस्ता कार्यहरुका बारेमा निगरानी गरी रहेको र बिभिन्न सुचनाका आधारमा गस्तीका साथै चेकजाँच कडा गरिएको बताउँनु भयो । सोमबार उहाँकै कार्यकक्षमा नेपाल पत्रकार महासंघका प्रतिनिधीहरुसँग पछिल्लो समयमा जिल्लामा भएका सुरक्षाका साथै नागरिकका सेवाकाबारेमा जानकारी दिदै यस्तो बताउँनु भएको हो । सो अबसरमा आचार्यले जिल्लाका सबै गाउँपालिकाहरुमा बिपद व्यवस्थापनलाई सक्रिय गराउँदै वन डढेलोबाट जोगाउँनका लागी वनको डढेलो नियन्त्रणका साथै कसरी किन कसले वनमा आगो लगाएको हो, त्यसको अनुसन्धान समेत गरेर आगो लगाउँनेको पनी खोजी गरी कार्वाही गर्न प्रहरीलाई र स्थानीय विपद व्यवस्थापन समितीलाई निर्देशन भएको जानकारी दिनुभयो ।
उहाँले तातोपानी नाका सञ्चालनसँगै त्यहाँ हुनसक्ने अनियतताका बारेमा प्रशासन चनाखो रहेको बताउँनु भयो । उहाँले तातोपानी नाकालाई बदनाम हुनबाट बचाउँनका लागी आफुहरु लागी परेको बताउँदै त्यसका लागी जिल्ला सुरक्षा निकाय चनाखो रहेको बताउँनु भयो ।
उहाँले जिल्ला प्रशासन कार्यालयहरुबाट प्रवाह हुने सेवाहरु राहदानी, नागरिकता जस्ता कामहरुमा प्रक्रिया पुगेर आउँदा कुनै ढिला नभएको र केही प्रक्रिया नपुगेकालाई भने प्रक्रिया पुरा गर्नका लागि सल्लाह दिईएको बताउँनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले नाकामा सुन जस्तै देखिने सामान पक्राउ गरिएको तर चेकजाँचका क्रममा उक्त सामान सुन नभएको पाएकोले त्यससँग सम्बन्धित व्यक्तीलाई नियन्त्रणमा लिएर उक्त सामानका बारेमा अनुसन्धान भइरहेको बताउँनु भयो । उहाँले जिल्लामा सुरक्षा, सेवा, सम्बन्धी कुनै पनी सुचना भएमा तत्काल उपलब्ध गराई सहयोग गर्न आग्रह गर्दै आफुहरु सिन्धुपाल्चोकको सुरक्षा स्थितीलाई सधँै बलियो बनाईराख्न लागि परीरहेको बताउँनु भयो ।
छलफलमा जिल्लाका सक्रिय सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।