जन्म दिनलाइ सत्कर्ममा जोडौ अभियान अन्तरगत शनीबार मध्यान्ह राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं वरिष्ठ समाजसेवी मदनकुमार श्रेष्ठले बृक्षरोपण गरेर जन्म दिन मनाउँनु भएको छ । उँहाले शनीबार परेको जन्मदिनको अवसरमा जन्मदिन लाई सत्कर्ममा जोडौ अभियानलाई एक्यवद्धता जनाउदै पशुपतिनाथ भण्डार खालमा वृक्षरोपण गरि जन्मोत्सव मनाएको बताउँनु भयो ।रौतहट बाट पहिलोपटक वरिष्ठ पत्रकार एवं समाजसेवी गोबिन्द चौलागाईंले आफनो जन्मोत्सव बाट सुरुवात गरिएको यो जन्म दिनलाई सत्कर्ममा जोडौं अभियानका अभियन्ता एवं राष्ट्रिय संयोजक वरिष्ठ ,पत्रकार गोविन्दप्रसाद चौलागाईंको बिशेष उपस्थितिमा प्रधान सम्पादक श्रेष्ठको जन्मदिनमा पशुपति विकास क्षेत्रस्थित भण्डारखाल जंगलमा ११ वटा वृक्षरोपण गरिएको हो । सो अवसरमा वृक्षरोपणको शुभारम्भ गर्दै अघिल्लो पुस्ताले रुख रेपेर हामीलाई अक्सिजन दिए जस्तै हामीले पनि भावी पुस्ताको जीवनका लागि वृक्षारेपण गरेर अक्सिजन हस्तान्तरण गर्न सक्नु पर्ने राष्ट्रिय संयोजक चौलागाईंले बताउँनु भयो । आफ्नो जन्मदिनलाई संझिएर सबैले एक एक वटा बिरुवा रोप्नसके पृथ्वी हरियाली हुने बताउदै चौलागाईंले पत्रकारिता कर्ममा चार दशकदेखि सक्रिय वरिष्ठ पत्रकार श्रेष्ठको जन्म दिनमा भण्डारखाल जस्तो पवित्र स्थानमा वृक्षारोपण गर्न पाउनु गैरवकै विषय भएको उल्लेख गर्दै प्रधान सम्पादक श्रेष्ठको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा प्रधान सम्पादक श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा वृक्षरोपण कार्यक्रममा जोडिन पाउँदा खुसी लागेको बताउदै अभियन्ता तथा पत्रकार चौलागाईं र उहाँको टिमप्रति आभार प्रकट गर्दै वृक्षरोपण अभियान जीवन्त वन्न सकोस भन्ने कामना गर्नु भयो । पण्डीत उज्वल सिग्देलले स्वष्तिवाचन गरेर बृक्षरोपणको कार्यक्रम गरिएको थियो ।
वृक्षरोपणमा अभियन्ता चौंलागाई, प्रधान सम्पादक श्रेष्ठका साथै मध्यान्ह राष्ट्रिय दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठ, प्रकाशक श्रेष्ठकी आमा कृष्णकुमारी श्रेष्ठ, रेश्मा पुन, नविनकुमार श्रेष्ठ , इच्छा शाही,मनोज थापा लगायतले पिपलका साथै बिभिन्न जातका फूलका विरुवाहरु रोप्नु भएको थियो । स्मरणीय छ , हरेक दिन बिहान भण्डारखालबाट फूल लगेर पशुपतिमा चढाइने गरिन्छ ।यो अभियानबाट हाल सम्म १३ हजार बिरुवा रोपिएको छ भने बृक्ष रोप्दा हाल सम्म कसैसँग कुन सहयोग नलिइ स्वतस्फूर्त गर्दै अगाडि बढेको छ । नेपालमा जन्म दिनलाइ सत्कर्ममा जोडौ अभिायान रोतहटबाट शुरु भएको थियो भने रोतहटमा नै पहीलो जन्मत्सोव पार्क निर्माण भएको छ यसै गरी काभ्रे पलाञ्चोक जिल्लामा दोश्रो र सिन्धुपाल्चोक जिल्लामा तेश्रो जन्मत्सोव पार्क निर्माण हुने भएको छ । सिन्धुपाल्चोकमा भने लोकप्रिय समाचार दैनिकको स्थपना दिबश तथा प्रकाशक नेत्र बस्नेत, उत्सब नेपालको जन्मदिनकोअबशर पारेर शुरु गरिएको बृक्षरोपण स्थलमा जन्मत्सोव पार्क बनाउँन लागएको जिल्लाका संयोजक रहनु भएका नेत्र बहादुर बस्नेतले जानकारी दिनु भयो ।
