निमा तामाङ,प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व शुक्रबार देशभर आमा हुने हरुले आमालाई मीठा–मीठा खानेकुरा दिएर र नहुनेहरुले मातातिर्थ तथा बिभिन्न मठमन्दीरमा गएर आमाको नाममा दान गर्ने र बृद्ध आश्रममा गएर मिठा मिठा भोजन गराएर आफना आमाको सम्झना गरेर मनाइएको छ ।
यसै सन्धर्भमा सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका ५मा रहेको चौतारा बृद्धआश्रममा पनी आमाको सम्झनामा आश्रममा रहनुभएका आमा बुबाहरुलाइ मिष्ठान भोजन गराइएको छ । चौतारासाँगाचोकगढी नगरपालिका १४का नेत्र बहादुर बस्नेतले उँहाको स्वर्गीय माता सुन्तोली देबी बस्नेत र पिता किलीपबहादुर बस्नेतको सम्झनामा त्याँहा रहनु भएका आमा बुबाकाहरुलाइ खाना खुवाउँनका लागी आर्थीक सहयोग गर्नु भएको थियो । यसै गरी सोही वडाका खिनकुमारी बस्नेतले उँहाका आमा स्व नन्दकुमारी नेपाल र पिता स्व यमबहादुर नेपाल र आफना सासु सुन्तली बस्नेत ससुरा मिकलीप बहादुर बस्नेतको सम्झनामा र मैना बस्नेतले उँहाको माता स्व केन्द्र कुमारी थापा र स्व पिता टेक बहादुर थापाको उँहाकै श्रीमान स्व. र्बैकुण्ठ बस्नेत र छोरा नबीन बस्नेतको आत्मा शान्तीका लागी खाना खुवाएर सहयोग गरेको बताउँनु भएको छ । यसै गरी वडा नं १३को सोम कुमारी नेपालले पनी आपलना माता स्व केन्द्र कुमारी थापा पिता टेक बहादुर थापा आफ्ना सासु मनकुमारी नेपाल ससुरा बम बहादुर नेपाल को आत्मा शान्तीका लागी स्मृतिमा चौतारा वृद्धाश्रममा भोजन कार्यक्रममा सहयोग गरेको बताउँनु भयो ।
यसै गरी वडा नं १४कै अम्बीका नेपालले आफना स्व हजुर बुबा हजुरआमाको आत्मा शान्तीका लागी सहयोग गरेको बताउँनु भयो ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका– १४ निवासी नेत्रबहादुर बस्नेतले आफ्ना दिवंगत आमाबुबाको स्मृतिमा चौतारा वृद्धाश्रममा एक भावनात्मक भोजन कार्यक्रम सम्पन्न गरेको समितीका अध्यक्ष हेमकुमारी पुरीले जानकारी दिनु भयो । बस्नेतले परिवार सहीत उपस्थित भई वृद्धाश्रममा आश्रित बाआमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्नुभएको हो।बस्नेतले यसअघि देखिनै आमाबुबाको सम्झनामा समाजसेवामूलक कार्य गर्दै आइरहनुभएको र सोही भावनालाई निरन्तरता दिँदै यसपटक वृद्धाश्रममा भोजन गराउने कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो। कार्यक्रममा स्थानीयवासी तथा विभिन्न व्यक्तित्वहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
भोजन कार्यक्रम सम्पन्न भएपछि बस्नेतले पनि सामाजिक कार्यमा आफू सधैं सक्रिय रहने र आगामी दिनहरूमा समेत यस्तै सहयोग र साथलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।वृद्धाश्रमका अध्यक्ष पुरीले बस्नेत परिवारप्रति कृतज्ञता व्यक्त गर्दै यस्तो मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो। साथै आगामी दिनहरूमा पनि यस्ता सहयोग र सहकार्य निरन्तर रहिरहोस् भन्ने कामना व्यक्त गर्नुभयो।अध्यक्ष पुरीले चौतारा साँगाचोकगढी वडा न ५का समाजसेवी चौतारा अस्पतालका सञ्चालक समितीका सदस्य ध्रुबलाल श्रेष्ठ, व्यवसायी किराना पसले बजीर सिंह तामाङ लगाएतले सयोग गर्नु भएको बताउँदै बतासेका गगन थापा ले मसली थापा इन्द्र बहादुर थापा आफना माताको सम्झनामा रु १११११एघार हजार एकशय एघार रुपैया सहयोग गर्नू भएको जानकारी दिनु भयो । यस्तै वडा ३ खाले महबिरका ठुलीमाइ तामाङकोस्मृतीमा ज्वाइ राम बहादुर गोले छोरी फुलमाँया तामाङ छोराहरु भिम बहादुर तामाङ निर काजी तामाङ सुप बहादुर तामाङले पनी सो अबशरमा खाना खुवाउँनका लागी सहयोग गर्नु भएको थियो । यसै गरी बतासे २का आफ्नो स्व आमा दिल कुमारी केसीको समरणमा उँहाको छोरी यम कुमारी केसी न्यौपाने र कल्पना केसी लगाएतका व्यक्तीहरुले खाद्यन्नमा सहयोग गर्नु भएको पुरीले बताउँनु भयो । उँहाले औसीको दिनमा सहयोग गर्ने धेरै हुनुहुन्छ ।
सबेको नाम सम्झना आउँन सकेन रजिष्टर्डमा रेकर्ड राखेका छौ यसरी सहयोग गर्नु हुने सबैमा हार्दीक कृतज्ञता का साथ धन्यबाद दिदै पुन यस्ता सअयोगको अपेच्छटा गरिरहने बताउँनु भयो । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा रही आएको छ ।
