सिन्धुपाल्चोक क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भरत प्रसाद पराजुलीले जुरे पहिरो प्रभावित क्षेत्रमा भइरहेको सडक निर्माण कार्य गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न हुनुपर्ने बताएका छन् । स्थलगत निरिक्षणका क्रममा उनले जोखिमयुक्त क्षेत्रमा निर्माण हुने सडक दीगो र सुरक्षित हुनुपर्ने उल्लेख गर्दै कमजोर सामाग्री प्रयोग नगर्ने सम्बन्धित पक्षलाई सचेत गराएका हुन् ।
उनले तोकिएको समयसीमाभित्र निर्माण कार्य सक्न निर्देशन दिँदै अनावश्यक रुपमा म्याद थप्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । सार्वजनिक लगानीका सही सदुपयोग हुनुपर्ने र स्थानिय नागरिकले विकासको प्रत्यक्ष लाभ पाउनुपर्नेमा पनि उनले जोड दिए । स्थानीय बासिन्दासँग छलफल गर्दै सांसद पराजुलीले विकास निर्माणका कामलाई राजनीतिक विवादबाट टाढा राखेर अघि बढाउन सबै पक्षसँग आग्रह गरेका छन् ।
