प्रतिनिधि सभा सदस्य पुकार बमले कला–संस्कृतिबाटै देशको पहिचान बोल्ने भएकाले कला–संस्कृतिको संरक्षण गर्नु अपरिहार्य रहेको बताउनुभएको छ । नब बर्षको अबशरमा वैशाख १ गते सांस्कृतिक संस्थानको मेगा हल, जमल, काठमाडौँमा भएको “शुभारम्भ सांस्कृतिक साँझ – २०८३”को उद्धघाटन गर्नु हुँदै उँहाले यस्तो बताउँनु भएको हो प्रमुख अतिथीका आशनबाट बोल्दे माननीय बमले देशमा सुशासन स्थापना गर्दै कला क्षेत्रमा राज्यनीति बनाउने विषयमा आफूले सकेको योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सांस्कृतिक संस्थानको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्य, लालीगुराँस मिडिया नेटवर्क को मिडिया पार्टनरमा रैथाने कृषि एग्री प्रडक्टस्को फूड पार्टनरमा सांस्कृतिक पर्यटनमैत्री कार्यक्रम गरीएको कार्यक्रममा कलाकारलाई राष्ट्रको गहना भनेर सम्बोधन गरेतापनि व्यावहारिक हुन नसकेकाले यसलाइ ब्यबहारमा उतार्न सबै लागी पर्नु पर्ने समेत उँहाले बताउँनु भयो ।
बमले समस्या समाधानको लागि म अहिले गर्नसक्छु भनेर आश्वासन दिन चाहन्न तर कुनैपनि विषयको काम हुन्छ भनेर अल्झाउने, कार्यान्वयन नहुने प्रणालीको अन्त्य गर्नु वर्तमान सरकारको आधारभूत लक्ष्य भएकाले कलाकारीता क्षेत्रको बिकासका लागी आफुले सकेको सहयोग गर्ने बताउँनु भयो ।आफुले “८२ सालको अन्तिम दिन संस्कृतिकै विषयमा सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष छलफल गरेको र ८३ को आरम्भको दिनपनि संस्कृतिकै कार्यक्रममा सहभागी हुन पाउनु आफैमा गौरवको विषय बनेको महसुस भएको छ भन्नु हुँदै सात प्रदेशको प्रस्तुति प्रदर्शन गरेर संस्कृतिलाई उच्च प्राथमिकतामा राख्दै सातै प्रदेशको संस्कृतिलाई सम्मानपूर्वक सम्मान गर्नु मेरो अभिभारा सम्भेको बताउँनु भयो । सस्कृती संस्थानका अध्यक्ष चन्द्र कुमार राई हतुवालीको अध्यक्षतामा भहेको कार्यक्रममा संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा संस्कृति महाशाखा प्रमुख डा.सुरेश सुरश श्रेष्ठ नेपाल पर्यटन बोर्डका उपाध्यक्ष श्री राम प्रसाद सापकोटा (कमल) , नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले , सांस्कृतिक संस्थानका समिति सदस्यद्वय निर्मला न्यौपाने र पूजा श्रेष्ठ , नेपाल सरकारका उपसचिव हरू, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, ललितकला केन्द्रीय विभागका प्राध्यापक गोकुल लिम्बु , समाजसेवीद्वय हिमराज पौडेल रसावित्री अधिकारी लगायत विविध सामुदायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि हरूको आतिथ्यता मा सातै प्रदेसका कलाकारहरुद्धारा आआफनो कला प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली संस्कृतिको समग्र प्याकेजः मौलिक गीत, धून, नृत्य, ललितकला, सांस्कृतिक तथा साहित्यिक पुस्तक, भेषभूषा, मिथकीय अनुष्ठान सहितको मञ्चन कला, रैथाने कृषि उत्पादन तथा सात प्रदेशको रैथाने खाद्यपरिकार, सांस्कृतिक सीपबाट उत्पादित सामग्री लगायतका अभौतिक सांस्कृतिक सम्पदाको प्रदर्शनी र सांस्कृतिक संस्थानका कलाकार तथा अन्य लोकप्रिय कलाकारको प्रस्तुति प्रदर्शन गरिएको थियो । कार्यक्रममा संस्थानका महाप्रबन्धक किरण बाबु पुन ले सहभागीहरुलाइ मन्तब्य द्धारा स्वागत गर्दै “नेपाली नयाँ वर्षको अवसरमा नयाँ ऊर्जा र जोश सहित सुशासन तथा सभ्य संस्कृति सहितको समृद्धिका लागि सम्पूर्ण नेपालीहरूले नयाँ सङ्कल्पको साझा आवाज बनाउनुपर्दछ भन्ने नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ नयाँ वर्षको शुभारम्भकै दिन “शुभारम्भ सांस्कृतिक साँझ” लाई नीति तथा कार्यक्रममा समेटेर आयोजना गर्दै आएको बताउनुभयो ।
