सिन्धुपाल्चोक जिल्ला साविक कदमबास गाबिस वडा नं ९ मा पिता चन्द्र बहादुर तामाङ र माता कान्छी माया तामाङको कोखबाट पहिलो सन्तानको रुपमा २०३९ साल पौष महीना को ७ गते जन्मनु भएका शिक्षा प्रेमी सामाजिक व्यक्तित्व चौतारा साँगाचोकगढी नगरपालिका ९ मा रहेको गोल्मा देबी माध्यमिक बिद्यालयका प्र.अ. ज्ञान बहादुर तामाङसँग हामीले केही कुराकानी गरेका छौँ ।
प्रस्तुत छ उँहा सँँग गरिएको छोटो कुराकानी
तपाइको परिचय पाऊ न
मेरो नाम ज्ञान बहादुर तामाङ हो । म वि.स. २०३९ पौष ७ गते पिता चन्द्रबहादुर र माता कान्छीमायाको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएर हाल सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ९ मा रहेको श्री गोल्मा देवी माध्यमिक बिद्यालयको प्रधानध्यापकको जिम्मेवारीमा काम गर्दे छु । मेरो घर यसै वडामा पर्छ । मेरो एक श्रीमती १ छोरा १ छोरी छन ।
यहाले शिक्षणा पेसा सम्हालेको कति बर्ष भयो ?
म शिक्षण पेसामा लागेको २५ बर्ष भयो । मैले माध्यमिक तहको शिक्षा (एस.एल.सी) सके लगत्तै मर्यादित र सम्मानित पेसा शिक्षण पेसा हो भनेर यो पेसा रोजेको हुँ ।
तपाईंलाई शिक्षा पेशामा लाग्ने प्रेरणा कसरि मिल्यो ?
मलाई यो पेशामा लाग्ने प्रेरेणा मेरै जन्म दिने आमा बुबा र श्रीमती हो । सबै पेसा भन्दा शिक्षण पेसा धेरै राम्रो पेसा हो । यध पेसा मर्यादित र सम्मानित पेसा भएकोले पनि यो पेसा रोजेको हो । त्यसैले मैले सानै देखि शिक्षण पेसामा लाग्ने प्रेरणा घर परिवारबाटै पाएको हो।
तपाईंको शैक्षिक अवस्थाबारेमा केही बताइदिनु हुन्छ कि ?
हाम्रो आमा बुबाबाट जन्मेका हामी सन्तानहरु मध्ये १ भाइ सुनिल तामाङ, बहिनी चिनीमाया तामाङ हामी सबै तीन जना स्थायी शिक्षकको रुपमा कार्यरत रहेको छौ । हामी तिनै जनाले स्नातकोत्तर सम्मको पढाइ पूरा गरेका छौँ ।मेरो १७ बर्ष उमेरमा जुनकिरी तामाङसँग बिबाह गरेको थिएँ । हामीलाइ शैक्षिक क्षेत्रमा यहाँ सम्म पुर्याउने प्रेरणा मेरो बुबा आमा र श्रीमतीको रहेको छ । मेरो बुबाले साह्रै दु:ख गरेर खासामा ब्यापार गरी हामी सबौलाई शिक्षा दिनको लागि धेरै दु:ख गर्नु भएको थियो । आमाले घर ब्यवहार समालेर यसरी उच्च शिक्षा हासिल गर्न महत्त्वपूर्ण भुमिका निभाउनु भएको छ । मेरो कक्षा ८ मा अध्ययनरत गर्दा जुनकीरी तामाङ सङ्ग वैवाहित सम्बन्ध गासिएको थियो । मेरो जीवनको यहाँ सम्म पुर्याउने महत्त्वपूर्ण सारथीको रुपमा जुनकीरी तामाङ मेरी जीवन सङगीनीको महत्त्वपूर्ण भुमिका रहेको छ । जीवनमा धेरै दु:ख कष्टका साथ हाम्रो जीवनममा अहिले परिवारको सबैलाई स्थायी शिक्षकको रुपमा पुर्याउने आमा बुबा श्रीमती लगायत हाम्रो सम्पुर्ण नाता इस्टमित्रहरुमा हार्दिक नमन व्यक्त गर्दछु।
तपाईं अहिले कुन पदमा कार्यरत हुनु हुन्छ ?
म अहिले श्री गोल्मादेवी माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा रहेको छु। यो विद्यालय चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ जितपुरमा रहेको छ ।
तपाईको विद्यालयमा शिक्षण सिकाइका लागि अभिभावकले आफ्नो बालबालिका पठाउन पर्ने लायकका के कस्ता योजनाहरु छन् ?
विद्यालयमा बालमैत्री वातावरणमा शिक्षण सिकाइ हुन्छ। विद्यालयको वातावरणमा अत्यन्तै सुन्दर र रमणीय रहेको छ । समय सापेक्ष अनुसार प्रविधी मैत्री वातावरणमा शिक्षण सिकाइ हुन्छ। सबै बालबालिकाहरुलाई माया र सद्भावसहित विद्यालयमा स्वागत गर्ने गरेको र अभिभावक भेला तथा बैठक शैक्षिक क्यालेन्डर अनुसार गर्ने गरेको छ । विद्यालयको शैक्षिक योजना अभिभावकको भावना र विद्यार्थीका रुचि चाहना र समय सापेक्षा अनुसार तयार गरी सिकाइ गतिविधिहरु सञ्चालन गरिदै आएको छ । उपचारात्मक शिक्षण विधि अवलम्बन गर्दै कमजोर विद्यार्थीहरुलाई पृष्ठपोषण सहितको सिकाइ क्रियाकलाप सञ्चालन गर्दै आएको छ । विद्यालयले विभिन्न संघ सस्थाहरुसँग समन्वय र हातेमालो गर्दै शिक्षण सिकाइमा आवश्यक व्यवस्थापन विद्यार्थीहरुलाई सहयोग गरेको र गर्दै आएको छ । जस्तै : छात्रवृत्ति अक्षयको स्थापाना , विद्यालय पोशाक ट्र्याकशुट लगायत सामग्री हरुको ब्यवस्थापन गरेको । विद्यालय मेरो घर भन्दा नि राम्रो लाग्ने भएको हुनाले अभिभावक वर्गहरुको विद्यालयलाई सहयोग गर्नु भएको छ सेवा क्षेत्रको सबै वालबालिकाहरु विद्यालय पठाएर सहयोग गर्नु भएको छ।
शिक्षण सिकाइ गतिविधिहरु कसरी सञ्चालन गरिएको छ ?
शिक्षण सिकाइ क्रियाकलाप प्रविधिको प्रयोग गरेर, बालमैत्री, विद्यार्थी केन्द्रित र परियोजना कार्यमा जोड दिँदै शिक्षण गतिविधिहरु सञ्चालन गरिदै आइरहेको छ। वालमैत्री कक्षा ब्यवस्थापन, पुस्तकालयको ब्यवस्थापन, कम्प्युटर तथा स्मार्ट बोर्ड सहितको ल्यावको ब्यवस्थापन गरि सिकाइलाई व्यवहारिक रुपमा समय सापेक्ष शिक्षण गर्दै आइरहेका छ ।
विद्यालयको शैक्षिक, आर्थिक र भौतिक संरचना कस्तो छ ?
विद्यालयको भौतिक संरचना बालमैत्री र सुविधा सम्पन्न भवन रहेको छ । कक्षा नर्सरी देखि १० सम्म सुविधा सम्पन्न फर्निचर र प्रत्येक कक्षामा कार्पेटिङ समेतको ब्यवस्थापन रहेको छ। चमेना गृह विद्यालय हाताभित्तै सञ्चालन रहेको छ । विद्यालयमा विषयगत ल्याव बनाउने योजना रहेको छ तर संरचना अपुग रहेकोले त्यसका लागि संघसंस्थाहरुमा अपिल पनि गर्दछु । बाल उद्यान बनाउने योजना रहेको छ यसका लागि पनि सरोकारवालाहरुमा अपिल गर्दछु । विद्यालयको शैक्षिक अवस्था सुधारात्मक रहेको छ। सामुदायिक विद्यालयको आम्दानीका कुनै स्रोत छैन । यसर्थ चन्दा दाता, अक्षयकोष स्थापना कर्ता, समाजसेवी एवम् सहयोगी व्यक्तिहरु र संघसंस्थाको सहयोगमा नै विद्यालय यो अवस्था सम्म आइपुगेको छ । शिक्षक दरबन्दीको कमीको कारणले निजि स्रोतमा शिक्षक राख्नु परेको बाध्यता हामीसँग रहेको छ । हामीलाई आशा छ आगामी दिनमा दरबन्दी मिलानको क्रममा नगरपालिकाबाट थप दरबन्दीको ब्यवस्थापन भएमा निजीस्रोतबाट शिक्षक राख्न नपरेमा आर्थिक समस्या पर्दैन भन्ने आशामा विद्यालय रहेको छ। वडाबाट विनियोज रकम शैक्षिक सुधारमा काम गर्न सकिन्थ्यो भन्ने लाग्छ ।
विद्यालय दिवा खाजा व्यवस्थापन कसरी चलेको छ ?
विद्यालय दिवा खाजा कार्यक्रम नगरपालिकाबाट छनौट भएका नेत्र ज्योति कृषि सहकारी सस्था लि.बाट विद्यालयको दैनिक कार्यतालिका अनुसारको सामग्रीको ब्यवस्थापन गरि दिवाखाजा कार्यक्रम सञ्चालन गरेका छौ। सहकारीको माध्यमबाट दिवा खाजा कार्यक्रम संचालन गर्दा धेरै सजिलो र सहज भएको छ। यो वातावरण मिलाएकोमा शिक्षा युवा तथा खेलकुद शाखा चौतारा साङ्गाचोकगढी नगर शाखा र सिङ्गो नगर कार्यपालिकाको टीमलाई श्री गोल्मादेवी मा वि जितपुरको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौ।
विद्यालयको समस्या के- के छ ?
यसका लागि स्थानीय सरकारले के गर्नुपर्ला ? विद्यालय नर्स कार्यक्रम लागू भयको छ कि छैन छभने कसरी सञ्चालन भएको छ कि छैन ? छ भने कहिले देखि लागु भएको हो ? समस्या नहुने ठाउँ सायद कमै हुन्छन् । काम गर्दै जाँदा समस्या आइ नै रहन्छ । विषयगत दरबन्दी नहँदा संघिय र नगर अनुदानमा रहेको शिक्षकहरु आफ्नो राहत र स्थायी दरबन्दीमा पदोन्नति हुँदा माध्यमिक तहको शिक्षणमा समस्या आउने गरेको छ । विद्यालय शिक्षा नर्स कार्यक्रम सुरु भएको छैन । अब बागमती प्रदेश सरकारले ब्यवस्थापन गरि दिनु हुनको लागि पनि हार्दिक अपिल गर्दछु। अहिले विद्यालय नर्स कार्यक्रम नभएकोले विद्यालयमा बालबालिका बिरामी पर्दा धेरै समस्या भोग्दै आउरहेका छौ।
तपाईको विद्यालयमा विद्यार्थी सङ्ख्या कति छन् ?
चौतारा साङ्चोकगढी नगरपालिका ९ मा २ वटा माध्यमिक विद्यालय र ६ वटा आधारभूत विद्यालय रहेको छ । हाम्रो विद्यालयमा नर्सरी देखि १० सम्म कुल विद्यार्थी संख्या २५३ जना अध्ययनरत रहेको छन् ।
विद्यालय सञ्चालमा सबै भन्दा राम्रो र नराम्रो पक्ष के के हुन् ?
विद्यालयको राम्रो पक्ष भनेकै अभिभावकको सहयोग रहेको छ। विद्यालयमा कार्यरत शिक्षक कर्मचारी सारै सक्रिय रहेको छ। विद्यालय भौतिक सुबिधा सम्पन्न रहेको छ। विद्यालयमा आवश्यक शैक्षिक सामाग्रीहरुको ब्यवस्थापन राम्रो रहेको छ। विभिन्न संघ सस्थाहरुको सहयोग रहेको छ। निशुल्क नर्सरी देखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट शिक्षण गर्दै आइरेको छ। कक्षा १ देखि १० सम्म कम्प्युटर विषयको शिक्षण गर्द आइरहेको छ।
विद्यालयको भावी योजना तथा तत्काल कार्यान्वयन गर्नुपर्ने योजनाहरु के छन् ? विद्यालयको मुख्य लक्ष्य शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने रहेको छ । शैक्षिक गुणस्तर नै पहिलो प्राथमिकता हो । यसको अलवा तत्काल सुधार गर्नु पर्ने पक्ष विद्यालय खेलकुद मैदानको ब्यवस्थापन गर्नु पर्ने र विद्यालय सञ्चालनको लागि आर्थिक पहिचान गर्नुपर्ने। विद्यालय छात्रबासको ब्यवस्थापन गर्नु पर्ने। विद्यालय मर्मत कोषको स्थापन गर्नु पर्ने। विद्यालय बाल उद्यानको ब्यवस्थापन गर्नु पर्ने, शिक्षक दरबन्दीको कमि रहेकोले शिक्षणमा सुधार गर्न कठिन छ यस विषयमा सरोकारवालाहरुसँग पहल गरि अगाडि बढ्ने योजना रहेको छ ।
अन्तमा के भन्नू हुन्छ ? अन्तमा आफ्ना केही भनाइ राख्न दिनु भएकोमा लोकप्रियसमाचार राष्टीय दैनिकका समुहलाइ हार्दिक धन्यवाद प्रकट गर्दछु । आदरणीय शिक्षाप्रमी समाजसेवी तथा शुभेच्छुक महानुभावहरुलाई विद्यालय भ्रमण गरि आवश्यक सल्लाह सुझाव दिनु हुन हार्दिक अनुरोध गर्दछु ।
