अष्ट्रेलियाको मेलबर्नमा १३ औं कँडेल कन्सल्टेन्सी कपको सफलता पुर्वक सम्पन्न भएको छ । अष्ट्रेलियाभरबाट चालिस टिमहरुको सहभागिता रहेको तुर्नामेन्टमा सबै टिमहरुले अद्भुत खेल कला तथा क्षमता प्रदर्शन गरेको समाचार प्राप्त भएको छ । यसपालीको १३ औं कँडेल कन्सल्टेन्सी कपको बिजेताका रुपमा सेन्टजर्ज नेपाली क्लब, सिड्नी स्थापित भएका छन्।
कँडेल कन्सल्टेन्सीले बिगत १३ बर्ष देखी यती क्लब मेलबर्नको सहकार्यमा खेलको प्रायोजन गर्दै आएको कन्सल्टेन्सी सन्चालक राज कंडेलले जानकारी दिनु भयो । उँहाले १३ औं कँडेल कन्सल्टेन्सी कपको सफलअता पुर्वक साम्पन्न भएको छ मा सम्पूर्ण टिमका खेलाडीहरुलाई हार्दिक शुभकामना समेत व्यक्त गर्नु भएको छ । उँहाले खेलप्रतिको सहभागी खेलाडींहरुको रुची, लगाव र मेहनत सह्रानीय छ। शुभेच्छुक लगायत मेलबर्नवासी सम्पूर्ण नेपाली समुदायलाई म यस बृहत कार्यक्रमको साक्षी बनि खेलाडीहरुको उत्साह बढाइदिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु भन्नु भएको छ । उँहाले खेलाडीहरुको सहभागिता र साथले अष्ट्रेलियामा खेल क्षेत्रमा अगाडी बढ्न खोजिरहेका र सम्पूर्णलाई उत्प्रेरणा दिएको छ । बिगत केहि समय देखी अष्ट्रेलियामा नेपाली खेलाडीहरुको बक्लो उपस्थिती रहदै आएको मा आफुलाइ खुशी लागेको समेत बताउँनु भयो ।
