धर्तीमा छउन्जेल बृद्ध भएका बुबाआमालाइ सम्मानका साथ पालन पोषण गर्नु र उहाहरुको स्वर्ग पछी उहाहरुले सिकाएको गरेको सस्कार पालना गर्नु मानीसको परम कर्तव्य भएकोको पुर्ब सासद तथा नेकपा एमाले केन्द्रिय सल्लाहाकार समिति सदस्य कुष्ण राज श्रेष्ठले बताउँनु भएको छ । उँहाले आमाले सन्सार देखाउनु हुन्छ बुबाले व्यवहार सिकाउनु हुन्छ ।
कुनै पनि प्राणिको आमाले आफ्ना सन्तानलाई कहिल्यै पनि दुख नहोस भनेर आफू जस्तो सुकै कष्ट भोगेर भए पनि वालवालिका को भविष्यका लागि यक चित्त भएर लागी रहनु हुन्छ। त्यस कारण आमा बाउ भन्दा सन्सारमा कोही पनी नभएकोे बताउँनु भएको छ ।
बागमती प्रदेश कमिटी सदस्य ईन्द्र ब नेपाल सिन्धुपाल्चोक जिल्ला,जिल्ला कमिटी सचिब रामचन्द्र बस्नेत, नगर कमिटीका पदाधिकारी हरु , वडा कमिटीका पदाधिकारी हरु, नेकपा एमालेका जिल्ला नेताहरु स्थानीय कार्यकर्ताहरु सहीत सोमबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा पुग्नु भएका श्रेष्ठले बिभिन्न चरा चुरुङ्गी पशु पन्छीमा पनी सस्कार सस्कृतीको पालना गरेको पाइन्छ हामी मानव जातीले झन सस्कार छोड्न नहुने बताउँनु भयो । चौतारा सांगाचोक गढी नगरपालिका १४ नम्बर वडा मा ओम बहादुर बस्नेत को ममतामयि आमा मृतक बालकुमारी बस्नेत प्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समावेदना प्रकट गर्न पुग्नु भएका श्रेष्ठले यस्तो बताउँनु भयोको हो । सोही अबशरमा वडा कमिटीले पनी श्रदान्जली ब्यक्त गरेको थियो । भने समवेदना पत्र समेत प्रदान गरेको थियो । १४ वडाका वडा अध्यक्ष समेत रहनु भएका नेकपा एमालेका स्थानीय नेताहरु उद्धव प्रसाद नेपाल,शेर बहादुर श्रेष्ठलगाएतको उपस्थिती रहेको थियो ।
