भोटेकोशी जलविद्युत् आयोजना तत्काल सञ्चालन गर्न माग
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले भोटेकोशी जलबिद्युत आयोजनाको निर्माण सम्पन्न गरी आयोजना सञ्चालनका लागी माग गरेको छ । उद्योग बाणीज्य सघं सिन्धुपाल्चोकका अध्यक्ष बुद्धरुाज बस्नेतको नेतृत्वमा शुक्रबार आयोजनालाइ एक ध्यानकर्षण पत्र बुझाउँदै यस्तो माग गरेको हो। संघले बुझाएको पत्रमा समयमा सम्पन्न नहुनुका कारणबारे गम्भीर चासो व्यक्त गरेको छ। संघका अध्यक्ष बुद्धराज बस्नेतले शुक्रबार ध्यानाकर्षण पत्र बुझाउँदै सम्पूर्ण उद्योगी , व्यवसायी र सिन्धुपाल्चोक जनताको प्रतिनिधित्व गर्दै आयोजनासमक्ष गम्भीर असन्तुष्टि पोखेको हो । संघले “किन निर्माण कार्य १३ वर्ष बित्दा पनि सम्पन्न हुन सकेन भन्दै यसले नेपालको ऊर्जा क्षेत्रमा कस्तो प्रभाव पार्छ? यसको लागि जिम्मेवार पक्ष को हो?” करिब तीन अर्ब रुपैयाँ वार्षिक आम्दानी गर्ने लक्ष्य बोकेको आयोजना समयमा नबन्दा महिनाको ५० लाखभन्दा बढी ब्याज बेहोर्नु परेको ध...







