सिन्धुपाल्चोक जिल्लाको चौतारामा अपाङ्गताको सवालमा सञ्चारकर्मीको भूमिका बिषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार अष्ट्रेलियन यड, सिबिएम ल्गोबल फ्रन्टमार्फत सप्रोस नेपालको सहयोग र नगर अपाङ्गता समन्यव समितिको आयोजनमा जिल्लामा सक्रिय रहेको सञ्चारकर्मीहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गरेको हो । सप्रोस नेपालका कर्मचारी सुजन पराजुली र नगर अपाङ्गगता समन्यव समितिको अध्यक्ष सुशिला श्रेष्ठले समाचार लेखनमा बिभिन्न बिषयबस्तु उठान गर्दा चयन गरिने शब्दहरु सभ्य र मर्यादित हुनुपर्नेमा जोड दिनुभएको थियो । कुनै पनि भवन निर्माण आचारसंहिता अनुरुपको अपाङ्खतामैत्री पहुँचयुक्त भवन निर्माण नभएको, समाजमा अपाङ्खतालाई छुट्टै रुपमा हेर्ने गरेको तथ्यहरु पनि चर्चा भएको थियो ।
सरोकारवाला निकायहरुवाटै भाषगत र अभिव्यक्तिगत रुपमा समस्या रहेको भन्दै निराकरणको लागि सम्वन्धित सेवाप्रदायक निकायहरुसंग सप्रोसले थप कार्यक्रम लिएर जानुपर्ने सञ्चरकर्मीहरुले सुझाव राखेका थिए ।
सप्रोस नेपालले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका र बलेफी गाउँपालिकामा अपाङ्खता भएका व्यक्तिहरुका लागि मर्यादित जिविकोपार्जन शशक्तिकरण कार्यक्रम (समानता) परियोजना सञ्चालन गर्दै आईरहेको परियोजना व्यवस्थापक महेश्वर ढकालले बताउनुभयो । उहाँका अनुसार नगरपालिका र गाउँपालिकासंगको सहकार्यमा सप्रोस नेपालले अपाङ्गताको तत्थ्याङ्क संकलन, कृषि उपकरण तथा बिउविजन सहयोग, बितिय व्ववस्थापन सम्वन्धि तालिम, सहायक सामग्रीको उपलव्धता, पठनपाठनमा सहायता, स्वास्थ्य शिविर तथा परिचय बितरण कार्यक्रममा सहयोग गर्दै आईरहेको छ ।
सम्प्रोस नेपालले तयार पारिएको तथ्याङ्क अनुसार जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका भर १ हजार ७६ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको सभाहलमा भएको कार्यक्रममा महासंघ सिन्धुपाल्चोकका अध्यक्ष धु्रव दंगाल लगायत रेडियो, पत्रपत्रिका र अनलाईनपत्रिकाको बिभिन्न सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीहरु सहभागिता रहेको थियो ।