सम्पर्क

बाह्रविसे नगरपालिकाको दुई नम्बर वडामा वडा स्तरिय बाल सञ्जाल गठन

 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर २ मा बालमैत्री स्थानीय शासन घोषणा तयारीका लागी कार्यक्रम शुरु भएको छ । कार्यक्रमको पहलो चरणमा बालमैत्री स्थानीय शासनको घोषणाको पूर्वतयारीका लागि बाह्र्बिसे नगरपालिकाको आर्थीक सहयोग र नेत्रज्योति मिडिया हाउसको सम्म्न्वयमा श्री नेपाल राष्ट्रिय मावि कर्थलीमा भएको कार्यक्रममा वडा स्तरिय बाल सञ्जाल समेत गठन भएको छ , नगरपालिकाका उप प्रमुख मन्जु तामाङको प्रमुख अतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माको बिशेष अतिथ्यतामा सञ्जाल गठन तथा अभीमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष रेशम बहादुर तामाङले गठीत वडा स्तरीय बालसञ्जालको घोषणा गर्नु भएको थियो यसै गरी उँहाले २०८२पौष मसान्त सम्म बाल मैत्री वडा घोषणा गरिने बताउँनु भयो । २ नं वडामा गठीत बाल सञ्जालको अध्यक्षमा विसुदेव बस्नेत, उपाध्यक्षमा आशिका तामाङ्ग, सचिवमा सुस्मिता तामाङ्ग, सहसचिवमा मनिषा भुजेल, कोषाध्यक्षमा फुर्लामु शेर्पा र सहकोषाध्यक्षमा दावाछिरिङ शेर्पा रहनु भएको छ । यसै गरी सदस्यहरुमा सपना भण्डारी, सिर्जन तामाङ्ग, निशा तामाङ्ग, सुशिला तामाङ्ग, अनिस्टोन तामाङ्ग, विनिता तामाङ्ग, जेनिशा गुरुङ्ग, रिष्म राउत र सुदिप विक रहनु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरपालिकाका उप प्रमुख मञ्जु तामाङ्गले बालमैत्री शासन लागू गराउन सबै स्थानीय तह प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । सबै सरोकारवाला निकायको सक्रिय पहलले मात्रै घोषणाको कार्यक्रम पूरा हुने भन्दै त्यसप्रति प्रतिबद्ध हुनसमेत उहाँले अपिल गर्नुभएको छ । बिशेष अतिथी इश्वरी प्रसाद शर्माले २०८३भाद्र २९ गते बालमैत्री नगर घोषणा गर्ने नगर पालिकाको निर्णय भएकाले त्यसका लागी पुरा गर्न पर्ने ५१ सुचकहरु मध्य पुरा हुन पर्ने के के काम बाँकी छ त्यो सबै पुरा गरिसक्न पर्ने भएकाले यस तर्फ ध्यान दिन सबैमा आग्रह गर्नु भयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका पुर्ब अध्यक्ष भवानी बरालले महीला तथा बालबालीकाका अधिकारका बारेमा प्रकाश पार्नु भएको थियो भने नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाका उपाध्यक्ष कान्ती न्यौपानेले ५१सुचकका बारेमा जानकारी गराउँनु भएको थियो यसै गरी कार्यक्रममा श्रोत ब्यक्ती अरुण पौडेल , प्रहरकिो तर्फबाट उपेन्द्र प्रसाद चौरासिया, नगरपालिकाको तर्फबाट दुर्गा भण्डारी, सिर्जना ढकाल,र स्वास्थ्य क्षेत्रको तर्फबाट बुदेपा स्वास्थय चौकीका प्रमुख दिनेश शर्मा , बिद्यालयका प्रअ ठाकुर थापा, पुर्ब बिव्यस अध्यक्ष भुमी राज नेपाल लगाएतले बाल अधिकारका बारेमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन नेत्रज्योती मिडीया हाउसका नेत्र बहादुर बस्नेतले गर्नु भएको थियो । २ नं वडाका वडा अध्यक्ष रेशम बहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा महीला सदस्य रिता रसाइली ले उपस्थितलाइ स्वागत गर्नु भएको थियो । लोकप्रिय नेत्रज्योति सञ्चार समूहका अध्यक्ष सन्तोषी बस्नेत स्वास्थ्य प्रमुख राजकुमार पौडेल लगाएत शिक्षक अभिभाबक तथा बालबालीकाहरुको उपस्थिती रहेको थियो । नेपाल सरकारले सबै स्थानीय तहलाई वि.सं. २०८७ सम्ममा बालमैत्री बनाउने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार बाह्र्बिसे नगरपालिकाकाले २०८३ भदौ २९ गते बाल मैत्री नगर घोषणाका लागी यो कार्यक्रम गर्न लागेको हो । स्थानीय तहको आवधिक तथा वार्षिक योजनामा बाल अधिकारका सवाललाई प्राथमिकता दिने, समुचित विकासका लागि आवश्यक पर्ने सबै सेवा, सुविधामा हरेक बालबालिकाको पहुँच सुनिश्चित गराउने उद्देश्य बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को रहेको छ ।