सम्पर्क

बाह्रबिसे –१ मा बालमैत्री स्थानीय शासन पूर्वतयारी कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर १ मा बालमैत्री स्थानीय शासन कार्यक्रम समापन भएको छ । बालमैत्री स्थानीय शासनको पूर्वतयारीका लागि नेत्रज्योति मिडिया हाउस र लोकप्रिय समाचारको समन्वयमा भुमेश्वरी आधारभूत विद्यालयमा सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर मञ्जु तामाङ्गले चेतनाको कमीका कारण अझै पनि धेरै आमा र बच्चाले पोषणयुक्त खानेकुरा नपाएको बताउनुभएको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्न सो विषय पनि अपरिहार्य रहेको भन्दै सचेतना बढाउनुपर्नेमा उपमेयर तामाङ्गको जोड छ । कार्यक्रममा उपस्थित अन्य विज्ञहरुले पनि बालमैत्री स्थानीय शासन घोषणा गर्न ५१ वटा सूचकांक अपरिहार्य रहेको बताएका थिए । त्यस्तै, कार्यक्रममा बालसञ्जाल र महिला सञ्जाल पनि गठन गरिएको छ । बालसञ्जालको अध्यक्षमा अजित मगर, उपाध्यक्षमा सुष्मा तामाङ्ग, सचिवमा याङलोमा शेर्पा, सहसचिवमा प्रेमिका मगर र कोषाध्यक्षमा रविना मगर रहेका छन् ।
त्यस्तै, बालसञ्जालकै सदस्यतर्फ प्रमोद थापा मगर, नवराज गुरुङ, दोर्जे शेर्पा, छिरिङ ग्लाल्बु शेर्पा, सुरज मगर र आङ दोमा शेर्पा रहेका छन् । त्यस्तै, महिला सञ्जालतर्फ अध्यक्षमा दासाङमु शेर्पा, उपाध्यक्षमा विष्णु माया मगर, सचिवमा रिता मगर, सहसचिवमा कडोमा शेर्पा, कोषाध्यक्षमा याङलामु शेर्पा र सहकोषाध्यक्षमा नानीमाया मगर रहेका छन् । सदस्यतर्फ भने फुडोमा शेर्पा, सन्त कुमारी मगर, अमृता मगर, सञ्जिता मगर, सन्तमाया मगर, लाबुटी शेर्पा, संगीता मगर, मानकुमारी मगर र लमु शेर्पा रहेका छन् । कार्यक्रममा नगरपालिकाका उपमेयर मञ्जु तामाङ्ग, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा, नेत्रज्योति मिडिया हाउसका सञ्चालक नेत्र बहादुर बस्नेत, प्रेश काउन्सिलका पूर्वअध्यक्ष भवानी प्रसाद बराल, लोकप्रिय नेत्रज्योति सञ्चार समूहका अध्यक्ष सन्तोषी बस्नेत र स्रोत व्यक्ति अरुण पौडेल, संचारकर्मी कान्ति न्यौपाने लगायतका विज्ञहरुको सहभागिता रहेको थियो ।