सम्पर्क

बाह्रविसे नगरपालिकाको वडा नं ९को वडा बाल सञ्जालमा खुश्बु तामाङ्ग

 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ९ मा वडा सदस्य डम्बर बहादुर कार्कीको अध्यक्षतामा भएको भेलाले बालमैत्री स्थानीय शासन घोषणा तयारी गरेको छ । कार्यक्रमको पहलो चरणमा बालमैत्री स्थानीय शासनको घोषणाको पूर्वतयारीका लागि बाह्र्बिसे नगरपालिकाको आर्थीक सहयोग र नेत्रज्योति मिडिया हाउसको सम्म्न्वयमा श्री सरस्वती माध्यमिक बिद्यालय राम्चेमा भएको कार्यक्रममाखुश्बु तामाङ्गको अध्यक्षतामा बाल सञ्जालको गठन भएको छ । बाह्रविसे नगरपालिका वडा नम्बर ९ मा बालमैत्री स्थानीय शासन कार्यक्रमको पूर्वतयारीका लागि बालसञ्जाल गठन गरिएको हो । बालमैत्री स्थानीय शासनको पूर्वतयारीका लागि नेत्रज्योति मिडिया हाउस समन्वयमा सरस्वती माध्यमिक विद्यालय राम्चेमा गरिएको कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै नगरपालिकाका उपप्रमुख मञ्जु तामाङ्गले बालबालिका र महिलाको हकहितका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । साथै उहाँले हरेक समस्या आफूलाई फोन गरेर जानकारी गराए समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । कार्यक्रममा नेपाल पत्रकार महासघकाठमाण्डौका उपाध्यक्ष कान्ती न्यौपानेले बाल मैत्री घोषणाका लागी ५१ सुचक पेरा गर्न पर्ने भन्दै ५१ सुचकका बारेमा जानकारी दिनु भएको थियो । उपस्थित विज्ञहरुले पनि बालमैत्री स्थानीय शासन घोषणा गर्न ५१ वटा सूचकांक अपरिहार्य रहेको बताएका थिए । साथै बालमैत्री शासन लागू गराउन सबै स्थानीय तह प्रतिबद्ध हुनुपर्नेमा आयोजकको जोड रहेकोछ ।गठीत बाल बालसञ्जालको उपाध्यक्षमा दिक्षा कमर, सचिवमा श्रेया नेपाली, सहसचिवमा निरज खड्का र कोषाध्यक्षमा निरज भण्डारी रहनु भएकोछ ।त्यस्तै, बालसञ्जालका सदस्यहरुमा अजित विक, पूजा कार्की, विकास तामाङ, निश्चल भण्डारी, यूनिशा तामाङ, सन्ध्या तामाङ, रञ्जिता तामाङ, उर्मिला तामाङ, रोशनी खत्री र आयुश तामाङ रहनु भएको छ।कार्यक्रममा प्रेस काउन्सिलका पुर्ब अध्यक्ष भवानी प्रसाद बराल, नगर बालबालीका शाखाका दुर्गा भण्डारी बिद्यालयका प्र अ टेक बहादुर भुजेल बहीरा आभारभुत बिद्यालयका मैना कार्की डा शुसीला कटुवाल लगाएतले बालमैत्री स्थानीय शासनका लागी आबश्यक पर्ने पुर्बधारका लागी आबश्यक जोड दिनु भएको थियो नेत्रज्योती मिडीया हाउसका सञ्चालक नेत्र बहादुर बस्नेत ले सञ्चालन गर्नु भएको कार्यक्रममा स्थानीय समाज सेबीहरु उपभोक्ता समितीका पदाधिकारीहरु को समेत उपस्थित रहेको थियो ।