सम्पर्क

बाह्रविसे नगरपालिकाको वडा नं ९को वडा महीला सञ्जालमा मङ्गली तामाङ्ग

 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ९ मा वडा सदस्य डम्बर बहादुर कार्कीको अध्यक्षतामा बिहीबार भएको भेलाले महिला सञ्जाल गठन गरेको छ । स्थानीय समाजसेबी मंगली तामाङको अध्यक्ष्तामा सञ्जाल गठन गरिएको कार्यक्रमका प्रमुख अतिथी नगर उप प्रमुख मन्जु तामाङ्गले घोष्णा गरेर जानकारी दिनु भएको हो , सञ्जालको , उपाध्यक्षमा सामु थापा, सचिवमा धनमाया तामाङ र कोषाध्यक्षमा लंकमाया तामाङ रहनु भएको छ । त्यस्तै सदस्यतर्फ भने आइती तामाङ, देबिना देउजा, शान्ति पौडेल, पदममाया खड्का, स्वस्थानी भण्डारी, युवा कुमारी सुवेदी, चरी नेपाली, रुपा थामी, मैना राय, रेनुका खतिवडा र सरिता सापकोटा रहनु भएको छ। लोकप्रिय समाचारको समन्वयमा सरस्वती माध्यमिक विद्यालय राम्चेमा भएको कार्यक्रममाबोल्दै नगरपालिकाका उपप्रमुख मञ्जु तामाङ्गले महिलाको हकहितका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । साथै उहाँले हरेक समस्या आफूलाई फोन गरेर जानकारी गराए समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।प्रेश काउन्सिलका पूर्वअध्यक्ष भवानी प्रसाद बराल, लोकप्रिय नेत्रज्योति सञ्चार समूहका अध्यक्ष सन्तोषी बस्नेत र स्रोत व्यक्ति अरुण पौडेल लगायतका विज्ञहरुको सहभागितामा सरस्वती माध्यमिक विद्यालय राम्चेमा गरिएको कार्यक्रममा कार्यक्रममा प्रेस काउन्सिलका पुर्ब अध्यक्ष भवानी प्रसाद बराल, नगर बालबालीका शाखाका दुर्गा भण्डारी बिद्यालयका प्र अ टेक बहादुर भुजेल बहीरा आभारभुत बिद्यालयका मैना कार्की डा शुसीला कटुवाल लगाएतले महीला अधिकारका बारेमा प्रष्ट्याउँनु भएको थियो ।