सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर २ मा वडा स्तरिय महीला सञ्जाल गठन भएको छ । बाह्र् बिसे नगरपालिकाको आर्थीक सहयोग रलोकप्रिय समाचार दैनिकको सम्म्न्वयमा श्री नेपाल राष्ट्रिय मावि कर्थलीमा भएको कार्यक्रममा वडा स्तरिय महीला सञ्जाल गठन भएको हो । , नगरपालिकाका उप प्रमुख मन्जु तामाङको प्रमुख अतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माको बिशेष अतिथ्यतामा महीला सञ्जाल गठन तथा अभीमुखीकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष रेशम बहादुर तामाङले गठीत वडा स्तरीय महीला सञ्जालको घोषणा गर्नु भएको थियो । २ नं वडामा गठीत महीला सञ्जालको अध्यक्षमा कुमारी तामाङ, उपाध्यक्षमा रेणुका तामाङ, सचिबमा सरिता श्रेष्ठ, सहसचिबमा बिष्णु मायाँ तामाङ, कोषाध्यक्षमा तारा लक्ष्मी भण्डारी ,सदस्य हरुमा रेणु भण्डारी, मनीता तामाङ, कबीता तामाङ,सानुमाँया बिक अनिता तामाङ, पार्बती बुढाथोकी गङ्गा तामाङ, बिँन्दा खड्का र देउती भण्डारी रहनु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरपालिकाका उप प्रमुख मञ्जु तामाङ्गले बालमैत्री शासन लागू गराउन महीला आमाहरुको बिशेष भुमिका रहने भएकाले यो भुमिका निर्बाह गर्न पर्न बताउँनु भयो । कार्यक्रममा बिशेष अतिथी इश्वरी प्रसाद शर्माले नगर पालिकाको महीला तथा बालबालीका शाखा बाट हुने हरेक कार्यक्रममा महीला सहभागी बढी हुन पर्ने बताउँनु हुँदै महीलाहरुका लागी उद्यमसिल कार्यक्रमका लागी नगरपालिका बाट सहयोग भइरहेको बताउँनु भयो ।
बालमैत्री नगर घोषणा गर्न पर्ने भएकाले यस तर्फ ध्यान दिन सबैमा आग्रह गर्नु भयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका पुर्ब अध्यक्ष भवानी बरालले महीला तथा बालबालीकाका अधिकारका बारेमा प्रकाश पार्नु भएको थियो भने नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाका उपाध्यक्ष कान्ती न्यौपानेश्रोत ब्यक्ती अरुण पौडेल , प्रहरकिो तर्फबाट उपेन्द्र प्रसाद चौरासिया, नगरपालिकाको तर्फबाट दुर्गा भण्डारी, सिर्जना ढकाल,र स्वास्थ्य क्षेत्रको तर्फबाट बुदेपा स्वास्थय चौकीका प्रमुख दिनेश शर्मा ,
बिद्यालयका प्रअ ठाकुर थापा, पुर्ब बिव्यस अध्यक्ष भुमी राज नेपाल लगाएतलशुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन लोकप्रिय समाचार दैनिकका नेत्र बहादुर बस्नेतले गर्नु भएको थियो । २ नं वडाका वडा अध्यक्ष रेशम बहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा महीला सदस्य रिता रसाइली ले उपस्थितलाइ स्वागत गर्नु भएको थियो । लोकप्रिय नेत्रज्योति सञ्चार समूहका अध्यक्ष सन्तोषी बस्नेत स्वास्थ्य प्रमुख राजकुमार पौडेल लगाएत शिक्षक अभिभाबक तथा बालबालीकाहरुको उपस्थिती रहेको थियो ।
