सम्पर्क

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयसि.पा.को बाह्रबिसेमा अन्तरक्रिया

सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिकामा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुपाल्चोकले आयुर्वेद सेवाको प्रवर्द्धन गर्न नगरका महीला स्वयम सेवीकाहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रबार नगर उप प्रमुख मन्जु तामागंका प्रमुख अतथ्यतामा होटल चण्डेश्वरीको सभाहलमाकार्यक्रम भएको हो । कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सिन्धुपाल्चोकका प्रमुख श्रीराम पराजुलीले कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रमबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा पराजुलीले संघ र प्रदेशमा आयुर्वेद सेवा तथा आयुर्वेद शिक्षाका बारेमा जानकारी दिनुभयो । उँहालेगत बर्सहरू भन्दा यस वर्ष सेवा प्रभावकारी भएको बताउनु भयो । बहिरङ्ग सेवा, निःशुल्क औषधी वितरण, सशुल्क फार्मेसी सञ्चालन, पूर्व कर्म÷पञ्चकर्म सेवा, निःशुल्क योग परामर्श सेवा, ज्येष्ठ नागरिक सेवा, स्तनपायी कार्यक्रम, प्रयोगशाला सेवा, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा र शल्य सेवा प्रदान गर्दै आइरहेको बताउनु भयो । उहाँले अनुसार गत आर्थिक वर्षको मुख्य कार्यक्रमहरू विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर, आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई आयुर्वेदसम्बन्धी क्षमता अभिवृद्धि तालिम, ज्येष्ठ नागरिक कार्यक्रम, आयुर्वेद स्वास्थ्यकर्मी मार्फत जीवनशैली व्यवस्थापन कार्यक्रम गरिएको छ । उँहाले स्वास्थ्य स्वयम सेवीकाहरुले पहीले यसका बारेमा आफैले जान्न पर्ने भएकाले स्वास्थ्य स्वयमसेवीकाहरुलाइ यसका बारेमा जानकारी होस भनेर यो कार्यक्रम गरेको बताँउनु भयो । कार्यक्रमका प्रमसख अतिथी नगर उप प्रमुख मन्जु तामागंले हाम्रा बाउ बाजेहरुको पालामा यस्ता प्रकार का औषधी थिएनन तर जडीबुटीको ओषधी बनाएर खाने गर्दा रोग निको भएको अनुभव हामी सँग छ । त्यही जडीबुटीबाट बनेका औषधीहरुका बारेमा कुनैपनि चिकित्सकले आयुर्वेदिक औषधिको नकारात्मक असर हुँदैन भन्दैनन् यसमा सत्य के हो भने, आयुर्वेदिक औषधि जडीबुटीलाई प्राकृतिक विधिबाट तयार पारिएको हुन्छ । यसमा अन्य रसायन मिश्रण गरिएको हुँदैन । अतिरिक्त रंग, स्वाद र सुगन्ध मिसाइएको हुँदैन । त्यसैले तुलनात्मक रुपमा यसको नकारात्मक असर कम हुने गरेको बताउँनु भयो । उँहाले आयोर्बेदीक औषधीमा अरु औषधीहरु ज्स्तो स्वाद नहुने भएकाले र अरु औषधीहरु जस्तो छिटो निको नहुने भएकाले पनी मानीसहरु ले यसको प्रयोगमा कमी गरेको हुन सक्छ भन्नु हुँदैअहीले पनी बाह्र्बिसे नगरपालिकाको लेक क्षेत्रमा यही आयोर्बेदीक ओषधीहरु अर्थात जडीबुटीहरुको प्रयोग भइरहेको बताउँनु भयो ।