सम्पर्क

पौष १७ गते गुफाडाँडामा सम्मेलन

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगर पालिकामा पर्ने नेपालकै चर्चीत पर्यटकीय स्थलको रुपमा परिचित हुने तैयारीमा रहेको गुफाडाडामा आगामी पौष १७ गते जलवायु दिवस मनाइने भएको छ । मेलम्ची नगरपालिकाले आगामी जनवरी १ अर्थात पुस १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफा डाँडामा पाँचौ जलवायु दिवस आयोजना गर्ने भएको नगर पालिकाले जनाएको छ । मेलम्चीनगरपालिकाको मंसिर २८ गते बसेको कार्यपालिका वैठकले प्रथम जलवायु सम्मेलन भएको गुफा डाँडामा सम्मेलनको सम्झना र जलवायु परिवर्तनले पुर्याउने असरको सम्वन्धमा छलफल गर्न दिवस आयोजना गर्ने निर्णय गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । उाहाका अनुसार दिवसको बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिं लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसै गरी दिबसमा मा.बहादुर सिंह लामा (तामाङ) प्रमुख अतिथि मुख्य मन्त्री, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश रहनु हुने भएको छ भने बिशेष अतिथीहरुमा ,मा.मोहन बहादुर बस्नेत संघीय सांसद मा. सन्तोष चालिसे संघीय सांसद मा. सुनिल शर्मा संघीय सांसद मा. माधव सापकोटा सुबोध संघीय सांसद श्री शेर बहादुर तामाङ पूर्व कानून मन्त्री ईन्द्र बहादुर बानियाँ प्रदेश सांसद एवं सत्ता पक्ष दलको नेता मा. मन्त्री सुरज चन्द्र लामिछाने आन्तरिक मामिला तथा कानून मन्त्रालय मा. मन्त्री कुन्दन राज काफ्ले आर्थिक मामिला तथा योजना मन्त्रालय मा. मन्त्री सुकमायाँ तामाङ उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय मा. मन्त्री प्रकाश श्रेष्ठ कृषि तथा पशुपछीं विकास मन्त्रालय मा. मन्त्री श्याम बहादुर खड्का विशेष अतिथि खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय मा.मन्त्री अमन कुमार मास्के भौतिक पूर्वाधार विकास मन्त्रालय मा. मन्त्री मिन कृष्ण महर्जन युवा तथा खेलकुद मन्त्रालय मा. कृष्ण प्रसाद सिलवाल वन तथा वातावरण मन्त्रालय मा. मन्त्री प्रेम भक्त महर्जन श्रम, रोजगार तथा यातायात मन्त्रालय मा. मन्त्री बिमल ठकुरीसंस्कृति पर्यटन तथा सहकारी मन्त्रालय मा. मन्त्री हरि प्रभा खड्की श्रेष्ठसामाजिक विकास मन्त्रालय मा. मन्त्री किरण थापा मगर,स्वास्थ्य मन्त्रालय रहनु भएको छ । यसै गरी अतिथीहरुमा डोल्मा तामाङ पूर्व संविधान सभा सदस्य मा. छिरिङ दोर्जे लामा संयोजक प्रदेश मामिला समिति एवं प्रदेश सभा सदस्य मा. युवराज दुलाल पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य बागमती प्रदेश मा. प्रभात लामा प्रदेश सभा सदस्य मा. कृष्ण कुमार तामाङ प्रदेश सभा सदस्य बागतमी प्रदेश मा. कुमारी तामाङ प्रदेश सभा सदस्य बागतमी प्रदेश निमा लामा पूर्व स्वास्थ्य मन्त्री बागमती प्रदेश गोकर्णमणि दुवाडी गृह सचिव नेपाल सरकार हरि प्रसाद लम्साल बागमती प्रदेश सरकार मुख्य सचिव बालकृष्ण श्रेष्ठ जिल्ला समन्वय समिति प्रमुख सि.पा. बालेन्द्र शाह काठमाडौं महानगरपालिका ईन्द्रमायाँ गुरुङ बागमती प्रदेश सरकार पूर्व राज्यमन्त्री पदम नाथ नेपाल जिसस उपप्रमुख, सिन्धुपाल्चोक सुनिता डंगोल काठमाडौं महानगरपालिका उपप्रुमख उपेन्द्र कार्की नगर प्रमुख, कागेश्वरी मनोहरा नगरपालिका रमेश नापित नगर प्रमुख, शंखरापुर नगरपालिका दिपक कुमार रिसाल नगर प्रमुख, गोकर्णेश्वर नगरपालिका जिवन खत्री नगर प्रमुख, चाँगुनारायण नगरपालिका टोक बहादुर वाइबा नगर प्रमुख, मण्डन देउपुर नगरपालिका कृष्ण प्रसाद सापकोटा नगर प्रमुख, चौतारा साँगाचोकढी नगरपालिका बालकृष्ण बस्नेत नगर प्रमुख, बाह्रबिसे नगरपालिका गोविन्द प्रसाद थपलिया अध्यक्ष, शिवपुरी गाउँपालिका झम्कनाथ नेपाल अध्यक्ष, ईन्द्रावती गाउँपालिका टासी लामा अध्यक्ष, पाँचपोखरी थाङपाल गाउँपालिका निमा ग्याल्जेन शेर्पा अध्यक्ष, हेलम्बु गाउँपालिका गंगा बहादुर तामाङ अध्यक्ष, बलेफी गाउँपालिका टपिन्द्र प्रसाद तिमल्सिना अध्यक्ष, सुनकोसी गाउँपालिका रेशम स्याङ्बो अध्यक्ष, जुगल गाउँपालिका पासाङ नुर्पु शेर्पा अध्यक्ष, भोटेकोशी गाउँपालिका भक्तध्वज बोहोरा अध्यक्ष, त्रिपुरासुन्दरी गाउँपालिका राजु लामा अध्यक्ष, लिसंखुपाखर गाउँपालिका उमा प्रधान मेलम्ची न.पा उपप्रमुख सिता थापा चौसागढी नगरपालिका उपप्रमुख मञ्जु तामाङ बाह्रबिसे नगरपालिका उपप्रमुख किरण थापा प्रमुख जिल्ला अधिकारी, सि.पा. अप्सरा लम्साल लामिछाने उपाध्यक्ष हेलम्बु गाउँपालिका सुनिता अधिकारी उपाध्यक्ष पाँचपोखरी थाङपाल गाउँपालिका शोभना तामाङ उपाध्यक्ष, ईन्द्रावती गाउँपालिका हिमाल कुमार श्रेष्ठ उपाध्यक्ष, जुगल गाउँपालिका शरु लामा तामाङ उपाध्यक्ष, बलेफी गाउँपालिका दिछेन शेर्पा उपाध्यक्ष, भोटेकोशी गाउँपालिका कान्छी लामा उपाध्यक्ष, सुनकोसी गाउँपालिका मिठु देवी लामा उपाध्यक्ष, लिसंखुपाखर गाउँपालिका गिता कुमारी नेपाल उपाध्यक्ष, त्रिपुरासुन्दरी गाउँपालिका अम्बिका बस्नेत जिसस सदस्य, सि.पा. निमेष मिश्र प्रमुख प्रशासकीय अधिकृत मेलम्ची नपा धर्मेन्द्र भण्डारी प्रमुख सेनानी ईन्द्रध्वज गण चौतारा सन्तोष खड्का प्रहरी उपरिक्षक, सि.पा. राजेश्वर पोखरेल सशस्त्र प्रहरी उपरिक्षक, सि.पा. राजन प्रजापति राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय उप निर्देशक राजाराम पण्डित सेनानी ईन्द्रध्वज गुल्म मेलम्ची प्रहरी नायब उपरिक्षक पदम सिंह भण्डारी सशस्त्र प्रहरी बल मेलम्ची कृष्ण गोपाल तामाङ नि. वर्तनमान जिसस प्रमुख सिपा डम्बर बहादुर अर्याल नि. वर्तमान नगर प्रमुख मेनपा भगवती नेपाल नि. वर्तनमान उपप्रमुख मेनपा जंग बहादुर लामा नेपाली कांग्रेस पार्टी जिल्ला सभापति होम नारायण श्रेष्ठ नेकपा एमाले जिल्ला अध्यक्ष गोविन्द पराजुली नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष मायाँ गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला अध्यक्ष निलध्वज थापा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष बिनोद खनाल नेकपा एकिकृत समाजवादी पार्टी जिल्ला अध्यक्ष बालकृष्ण देउजा समाजसेवी नानीराम चौलागाईसमाजसेवी लगाएत सहभागी हुनुहुने नगर सचिबालयका मानकाजी तामाङले जानकारी दिनु भयो । २०७५ सालमा जिल्ला समन्वय समिति महासंघको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको संयोजनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो । उक्त सम्मेलनमा ७७ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख तथा जलवायु परिवर्तन र वातावरण विज्ञहरुको सहभागिता थियो । सोहि बेला जलवायु परिवर्तनलाई संकेत गर्ने स्ट्याचुको अनावरण तथा ७७ जिल्लाको नाम अंकित राष्ट्रिय झण्डा फहराएर सम्मेलन उद्घाटन गरिएको थियो । त्यसपछि लगातार २०७८ सालसम्म जिल्ला समन्वय समिति महासंघले दिवसको आयोजना गरेको थियो । महासंघले २०७९ बाट कार्यक्रमलाई निरन्तरता दिन छाडेपछि गत वर्ष मेलम्ची नगरपालिकाले विभिन्न कार्यक्रम गरी दिवसको आयोजना गरेको थियो। जलवायु सम्मेलन भएको पर्यटकीय स्थल गुफा डाँडामा नगरपालिकाले विभिन्न संरचनाहरुको निर्माण समेत गरिरहेको छ । समुन्द्रि सतहबाट दुई हजार दुई सय ५० मिटर उचाईमा पर्ने गुफा डाँडामा उक्त दिन सांस्कृतिक प्रस्तुती तथा जलवायु विज्ञको प्रस्तुतिकरण सहितको कार्यक्रम आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।