सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले भोटेकोशी जलबिद्युत आयोजनाको निर्माण सम्पन्न गरी आयोजना सञ्चालनका लागी माग गरेको छ ।
उद्योग बाणीज्य सघं सिन्धुपाल्चोकका अध्यक्ष बुद्धरुाज बस्नेतको नेतृत्वमा शुक्रबार आयोजनालाइ एक ध्यानकर्षण पत्र बुझाउँदै यस्तो माग गरेको हो। संघले बुझाएको पत्रमा समयमा सम्पन्न नहुनुका कारणबारे गम्भीर चासो व्यक्त गरेको छ। संघका अध्यक्ष बुद्धराज बस्नेतले शुक्रबार ध्यानाकर्षण पत्र बुझाउँदै सम्पूर्ण उद्योगी , व्यवसायी र सिन्धुपाल्चोक जनताको प्रतिनिधित्व गर्दै आयोजनासमक्ष गम्भीर असन्तुष्टि पोखेको हो । संघले “किन निर्माण कार्य १३ वर्ष बित्दा पनि सम्पन्न हुन सकेन भन्दै यसले नेपालको ऊर्जा क्षेत्रमा कस्तो प्रभाव पार्छ? यसको लागि जिम्मेवार पक्ष को हो?” करिब तीन अर्ब रुपैयाँ वार्षिक आम्दानी गर्ने लक्ष्य बोकेको आयोजना समयमा नबन्दा महिनाको ५० लाखभन्दा बढी ब्याज बेहोर्नु परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।२०६८ मा विद्युत खरिद सम्झौता गरेर निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजना निर्धारित समयभन्दा निकै ढिलो भएकोले यसको लागत १४ अर्ब रुपैयाँबाट २२ अर्ब रुपैयाँसम्म पुगेको छ।यो आयोजनाको ढिलाइले स्थानीय
समुदाय, लगानीकर्ता र देशकै ऊर्जाक्षेत्रमाठूलोआर्थिक तथा सामाजिक प्रभाव परेको छ।आयोजनाको ढिलाइका मुख्य कारण आयोजना प्रवर्तक, प्राविधिक, परामर्शदाता ,ठेकेदार पक्षबीच समन्वयको अभाव, प्राविधिक र प्रशासनिक कमजोरी र राजनीतिक हस्तक्षेप भएको उल्लेख गरेको छ ।
पत्र बुझाउँदै अध्यक्ष बस्नेतले कुन पक्षको कमजोरीले आयोजनाको निर्माण सम्पन्न हुँदा पनि विद्युत उत्पादन सुरु हुन नसकेको हो भनेर प्रश्न गरेका छन् । “सुरुङबाट पानी चुहिनु र पटकपटक बनाउँदा पनि समस्या समाधान नहुनुले निर्माणकार्य कमजोर भएको स्पष्ट हुन आउँछ” भनीएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले आयोजनाको ढिलाइलाई तत्काल अन्त्य गर्न र लागत वृद्धिको विषयमा जिम्मेवार निकायबाट स्पष्ट जवाफको माग समेत गरेको छ।साथै, संघले यस आयोजनासम्बन्धी समग्र अनियमिततामा छानबिन गरी दोषीहरूलाई कारबाही गर्न र परियोजना समयमै सम्पन्न गर्न पहल गर्न आग्रह गरेको छ।
