चौतारामा एकै दिनमा एकशयले पाए मानसिक उपचार स्वास्थ्यसेवा
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाका १००जनाले एकै दिनमा निशुल्क मानसिक स्वास्थ्य सेवा पाएका छन । चौतारा साँगाचोक गढी नगरपालिकामा आइतबार भएको शिविरमा पुरुष ५७ जना महिला र ४३ जना गरी १००जनाले निशुल्क स्वास्थ्य सेवा पाएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रमको शुरुवात गर्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले चौतारा सागाँचोकगढी नगरपालिकाले नगरका कोही पनी नागरिक कुनै पनी सेवा बाट बञ्चीत रहनु हुँदैन भन्दै अझ स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा बिशेष ध्यान दिन पर्ने भएकाले यस तर्फ नगरपालिका लागी परेको बताउँनु भएको छ । नगर प्रमुखसापकोटाले नगरपालिकले नगरको मातहतमा रहने गरी नगर अस्पताल सञ्चालन गर्न लागेको र नगर भित्रै दुइ स्थानमा आयुर्बेदीक फिजीयो थेरापी दुबै सेवा दिन लागेको बताउँदै नगर भित्रका सबैलाइ निशुल्क सेवा दिने योजना रहेको बताउँनु भयो । स्वास्थ्यमा सबै भन्दा अती ध्यान दिन पर्...

