पाख्रीन तामाङ समाज सिन्धुपाल्चोकको अध्यक्षमा जगबहादुर जगबहादुर पाख्रीनको अध्यक्षतामा पाख्रीन तामाङ समाज सिन्धुपाल्चोकको नँया कार्यसमिति चयन गरिएको छ । आज काठमाडौमा शुक्र पाख्रीनको प्रमुख आतिथ्य र संयोजक जगबहादुर पाख्रीन सहितको उपस्थितमा भएको भेलाबाट उपाध्यक्षहरुमा सन्देश पाख्रीन तामाङ बिरबहादुर पाख्रीन र शिशिर पाख्रीन चयन हुनुभएको छ । त्यस्तै सचिवमा दोकदोक पाख्रीन , कोषाध्यक्षमा गंगा पाख्रीन , चयन हुनुभएको उपाध्यक्ष सन्देश पाख्रीनले जानकारी दिनुभयो ।...
जिबनशैली
नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा ४६ जनाले गरे रक्तदान
देवराज सुवेदी /तातोपानी
नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयोजनामा तातोपानी मावि तातोपानी , भोटेकोशीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन ।शिक्षक, कर्मचारी तथा स्थानीयले रक्तदानमा सहभागीता जनाएको नेपाल शिक्षक संघ प्रदेश कार्यसमिति सदस्य तथा नेपाल रेडक्रस सिपाघाट उपशाखा सभापति केशव डोटेलले जानकारी दिनुभयो ।
नेपाल शिक्षक संघ प्रदेश कार्यसमिति अध्यक्ष दिपक शिंखडाको प्रमुख आतिथ्यतामा तथा जिल्ला अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन जिल्ला सचिव रुद्र कार्कीले गर्नुभएको थियो ।कार्यक्रममा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी भक्तपुरले गरेको थियो ।...
हेलम्बुमा जन्मदिनलाई सतकर्ममा जोडौ अभियान
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिकामा जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तरर्गत बृक्ष रोपण कार्यक्रम गरिएको छ । रौतहट बाट सुरुवात भएको जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रमलाई एक्यवद्धता जनाउदै स्विजरल्याण्डका नागरिक आइएफएफईका प्रेसिडेन्ट पिस्टप डर्मुलर भ्वाइस प्रेसिडेन्ट मार्टिना डुर्मेल र हेलम्बु गाउँ पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा ,समाज कल्याण परिषदका सदस्य सचिब मनोज भट्ट र शिक्षाबिद डाक्टर बिद्यानाथ कोइराला सहितले हेलम्बु ध्याङ सामुदायिक स्कुलमा बृक्ष रोपण गरेर अभियानमा सहभागी हुनुभएको छ। जन्म दिनलाइ सतकर्ममा जोडौ अभियान्ता गोबीन्द चौलागाईको बिशेष सक्रियतामा उक्त बृक्ष रोपण कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रोतहटबाट अभियान शुरु गरेर देसकै नमुना काम गर्न लाग्नु भएका चौलागाइलाइ बिशेष धन्यबाद द...
सिन्धुपाल्चोककाे हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा
कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक । जिल्लाकाे हेलम्बु गाउँपालिकास्थित हेलम्बु प्राथमिक अस्पतालमा चार दिनसम्म चलेकाे बृहत स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ। हेलम्बु गाँउपालिकाको आयोजना, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वय, ग्रेस बब्तिस चर्च ताईवान र फेयरमेडको सहयोगमा स्वास्थ्य शिविर भएको हाे। जसमा ९३७ जनाले सेवा लिएका छन् । हेलम्बु गाँउपालिकाको आयोजना, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वय,फेयरमेड र महिला आत्मनिर्भरता केन्द्रद्वारा संचालित सिन्धु स्वास्थ्य परियोजनाले ४ जना विशेषज्ञ डाक्टर उपलब्ध गराइ सहयोग गरेको थियो शिविरमा दन्त सेवा लिने ३८५ जना, स्त्री रोगकाे सेवा लिने १७४ जना, छाला रोगकाे सेवा लिने ६२ जना र सामान्य जाँच सेवा ३१६ जनाले लिएका छन् । यसलाई मांक, बौद्ध डुनामिस चर्च र ग्याल्थुम डुनामिस चर्जले समन्वय गरेका थिए। शिविरको गत साेमबार गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा...
मेलम्चीको पानी काठमाण्डौ लान बन्द
अन्तर्वाता, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकजिल्लाको हेलम्बुका स्थानीयले मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण बन्द गराएका छन् । हेलम्बु गाउँपालिका–१,अम्बाथानस्थित सुरुङबाट बिहीबार मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाइदिएको हो ।स्थानीयले आफ्ना माग पूरा नभएसम्म पानी पथान्तरणको गर्न नदिने अडान लिएका छन् । यसअघिका आन्दोलनमा भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढी पीडित संघर्ष समिति, विभिन्न राजनीतिक दल, स्थानीयले माग पूरा नभएसम्म पानी पथान्तरण बन्द गराएको मेलम्ची खानेपानी बाढिपिडित संघर्ष समितिका उपाध्यक्ष नवराज गुरागाईंले जानकारी दिनुभयो । मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरूले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीहरूको संरक्षण, मेलम्ची बाढी अघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाइएको घर व्यवसायको ऋण मिनाहा गर्नुपर...
गैराती मेला, मनोकामना पूरा हुने विश्वासका साथ श्रद्धालु सहभागी अनुगमनका क्रममा आखाद्य मिठाइ नष्ट
कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडामास्थित गौराती भीमेश्वर मन्दिरमा कात्तिक पूर्णिमाको अवसरमा मेला लागेको छ। यो मन्दिरमा हरेक वर्ष कात्तिक पूणिर्मादेखि पञ्चमीसम्म दर्शनार्थीको भिड लाग्ने गर्दछ। पूर्णिमाको दिन र रातभरी दर्शनार्थीहरू जगाराम व्रत बसेका छन् । यसरी व्रत बसेर पूजापाठ गरेमा पापमोचन हुनुको साथै चिताएको कुरा पुरा हुने विश्वास रही आएको छ । गैराती मेलामा ओखल ढुङ्गा लगाएत का देसका बिभिन्न स्थानबाट दर्शनार्थीको घुइचो लागेको छ । हिजो पुणीमाको दिनमा पितृमोक्ष तथा आत्मा शान्तिका लागि बत्ति बाल्ने परम्परा रहँदै आएको छ । यसरी बत्ती बालेर पुजा आजा गर्ने र दर्शन गर्नेहरुको भिडमा कुनै अप्रीय घटना घट्न नदीन प्रहरीले अस्थाइ पोष्ट खडा गरेको थियो भने चौतारा साँगाचोकगढी नगर पालिकाले निशुल्क स्वास्थ्य शिबीर सञ्चालन गरेको थियो । मेलामा बिक्रीका लागी राखीउको ज...
इन्द्रावतीको भुबनेश्वरीका अध्यक्षद्धारा महीला प्रअ माथी हातपात प्रअ को आखाँमा चोट
अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला श्री भुवनेश्वरी आबि इन्द्रावती –१ का प्र अ अन्जना भण्डारी माथी सोही बिधालयका वि व्य स अध्यक्षद्वारा कार्यकक्षमा नै कुटपिट गरि गम्भीर घाइते बनाएको छ। इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाम्सोङ तामाङले कार्यकक्षमै कुटपिट गरेको कारण भण्डारीको आँखामा गहीरो चोट लागेको छ । नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिकाले घटनाप्रति कडा आपत्ति जनाउँदै अध्यक्ष तामाङविरुद्ध कानुनी कारबाहीको माग गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।घटना पुर्ण रूपमा खेद तथा आपत्तिजनक छ । यस्ता प्रकृतिका अपराधिक क्रियाकलापको जति भत्र्सना गरे पनि कम हुन्छ । शिक्षक तथा प्रअहरू कार्यकक्षमै कुटिएको विषयलाई गम्भीरतापूर्वक लिइ तत्काल दोषीमाथि कडाभन्दा कडा कारवा...
बन्देउमा प्रहरीको भिड नियन्त्रण र कफ्र्यु व्यवस्थापन अभ्यास
सिन्धुपाल्चोक जिल्लाको बन्देउमा कृतिम घटना अभ्यास भिड नियन्त्रण र कफ्र्यु व्यवस्थापनका विभिन्न चरणहरूको व्यवहारिक अभ्यास कार्यक्रम गरिएको छ । नेपाल प्रहरी र शशस्त्र प्रहरीको दुवै सुरक्षा निकायका बागमती प्रदेश प्रमुखहरु सहितको उपस्थितिमा सो कृतिम घटना अभ्यास गरिएको सशस्त्र प्रहरी १६ नं गण, बन्देउका गणपति अच्युतमकुमार मजगैयाँले जानकारी दिनु भयो । सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले बन्देउमा गरेको यस कृतिम घटना अभ्यास भिड नियन्त्रण र कफ्र्यु व्यवस्थापनका विभिन्न चरणहरूको व्यवहारिक अभ्यास थियो। सो अभ्यासमा चेतावनीदेखि लिएर लाठी चार्ज, अश्रुग्यास, पानीको फोहोरा, हवाई फायर र घाइते उद्धारसम्मको दृष्य प्रस्तुत गरियो।अभ्यासको मुख्य उद्देश्य अहिलेको संवेदनशील परिस्थितिमा सुरक्षा निकायहरूलाई व्यवहारिक रूपमा तयार गराउनु रहेको छ । बागमती प्रदेश प्रहरी प्रमुख अरुण पौडेलले आन्दोलनको प्रकृति अनुसार समानुपात...
आज देखी गौराती मेला सुरु ११बजेस्थानीय सरकारको पुजा ४बजे प्रसाद बितरण बृहत सास्कृती कार्यक्रम हँुदै
कृषि, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरको मेला आज देखी शुरु भएको छ । प्रत्येक कात्तिक पूर्णिमाको दिन देखि शुरु भई पञ्चमीका दिन सकिने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने हुँदा यो जिल्लाकै ठूलो मेलाका रुपमा मानिएको हो । मेला अवधिभर मन्दिर आसपास मदिरा बिक्री वितरण निषेध गरिएको छ । मेलामा हुलदंगा र अप्रिय घटना हुन नदिन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनु भयो ।। सदरमुकाम चौताराबाट चार किमी उत्तरपश्चिममा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६ स्थित गौरातीडाँडामा अवस्थित भीमेश्वर मन्दिर सम्म पुग्न यातायातको समेत सुविधा छ । चौताराको पुरानो बजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगी पूर्णिमाको रात गौराती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि ...
मेलम्चीको गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर,
मेलम्ची (सिन्धुपाल्चोक )— मेलम्ची नगरपालिका वडा नं. ९ स्थित श्री क्यौले ठाना आधारभूत विद्यालयमा सोमबार नव आशा गृह क्लिनिक संस्था काठमाडौको सहयोग र मेलम्ची नगरपालिकाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो। मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त शिविरमा डा. राजु खतिवडा र सजल तवनवासुको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरेका थियो। शिविरको उद्घाटन गर्दै नगरप्रमुख तामाङले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा निजी संस्था र समुदायबीचको सहकार्यले उत्कृष्ट उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै “नगरपालिकाले पुर्याउनुपर्ने दायित्वमा नव आशा गृह क्लिनिकजस्ता संस्थाहरूले हातेमालो गर्नुले समाजमा सकारात्मक ऊर्जा प्रवाह गरेको र दुर्गमका बासिन्दा, विद्यार्थी र कमजोर वर्गका नागरिकका लागि यस्ता स्वास्थ्य सेवा कार्यक्रमले ठुलो राहत पुर्याउने गरेको बता...
