सम्पर्क

मेलम्चीमा ३ दिने CoPoMIS तालिम सुरु

देबराज सुबेदी,मेलम्ची नगरपालिका आयोजनामा नगरभित्र सञ्चालनमा रहेका सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूका लागि सहकारिता तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (CoPoMIS) सम्बन्धी तीन दिने आवासीय तालिमको सुरु भएको छ । मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले उद्घाटन गर्नुभएको तालिममा प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल लगायतको उपस्थिति रहेको थियो। तालिममा मेलम्ची नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारी गरी जम्मा २७ जना सहभागी रहेका छन्। तीन दिनसम्म सञ्चालन हुने यस तालिममा सहकारी ऐन, नियमावली, सहकारी सुशासन, CoPoMIS प्रणालीमार्फत तथ्यांक प्रविष्टि तथा व्यवस्थापनका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिनेछ। तालिमका प्रशिक्षक नविन मैनाली रहनुभएको छ। नगरपालिकाले सहकारी क्षेत्रको क्षमता विकास, सुशासन र प्रविधिमैत्री व्यवस्थापनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता तालिम कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।