सम्पर्क

बिपदजोखिम न्युनिकरण तथा व्यवस्थापनका सम्बन्धमा सञ्चारकर्मि अन्तरक्रिया

बिपद जोखिम न्युनिकरण तथा व्यवस्थापन का सम्बन्धमा सञ्चारकर्मि हरु सँग प्रतिबद्द नेपालको अन्तरक्रिया कार्यक्रम नेपाल पत्रकार महासघको सभाहलमा आइतबार भएको छ । सभाहलमा भएको कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष ध्रुब दङ्गालले बिपदमा सिन्धुपाल्चोकको पत्रकरहरु जोखिमम रहेका बताउनु भयो । उहाले पत्रकरहरुलाई तालिमको व्यवसथा गर्न पर्नेमा जोड दिनु भयो। नेपाल पत्रकार महासंघ जिल्ल शाखा सिन्धुुपाल्चोकको शाखा कार्यलयको आयोजना र सामुदायिक आत्मनिर्भर सेवाकेन्द्र प्रतिवद्व ३ परियोजनाको सहयोगमा विपद व्यवस्थापन सम्बन्धमा सञ्चारकर्मीहरुसंग कार्यशाला गोष्ठी गरिएको हो । विपदको पूर्व तयारी, पूर्व कार्य प्रति कार्य, पुननिर्माण तथा पुर्नस्थापनाका क्षेत्रमा सञ्चार माध्यमबाट भएका कार्यहरुका बारेमा नेपाल पत्रकार महासघका उपाध्यक्ष कमला पाख्रीनले बिपदका समयमा आफुलाइ परेको समस्याका बारेमा जानकारी दिदै जिल्लाको बिपदबाट भएका क्षेतीका बारेमा समेत जानकारी दिनु भयो । सामाजिक सुरक्षा, विपद जोखिमको अवस्थामा वित्तीय व्यवस्थापनको सन्दर्भमा परियोजनका सम्पर्क व्यक्ती हेमन्त दंगालल पुननिर्माण तथा पुर्नस्थापनाको अवस्था, चुनौति र अवसर र सञ्चार माध्याममा यसको प्राथमिकताको बारेमा रबिराज धिताल लगाएतले आअफ्ना धारणा प्रस्तुती गर्नु भएको थियो ।