आइतबार भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेस पहीलो दल भएको छ । राष्ट्रिय सभामा सबैभन्दा धेरै सिट ल्याएर कांग्रेस पहिलो दल बनेको हो। आगामी फागुन २० मा कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि आइतबार निर्वाचन भएको थियो । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तालमेल गरेको थियो ।
राष्ट्रिय सभामा अब कांग्रेसका २४, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १७, एमालको ११, जसपाका दुई र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका एकजना गरी ५४ जना रहनु भएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल आगामी फागुन २१ बाट सुरु हुनेछ ।निर्वाचन आयोगले आज सातै प्रदेशमा सम्पन्न मतदानको अन्तिम नतिजा सार्वजनिक गरेको हो।आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त रहेका १८ पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका उम्मेदवारहरू विजयी हुनु भएको हो । आइतबार सम्पन्न मतगणनापछि आयोगले औपचारिक रूपमा अन्तिम परिणाम सार्वजनिक गरेको हो।फागुन २० गतेदेखि कार्यकाल सकिन लागेका सदस्यहरूको स्थान पूर्ति गर्न गरिएको यस निर्वाचनमा सातै प्रदेशबाट विभिन्न क्लस्टरअन्तर्गत प्रतिनिधि चयन गरिएको थियो। निर्वाचनमा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहनु भएका थियो।राष्ट्रिय सभामा नयाँ संरचना बनेसँगै आगामी दिनमा सङ्घीयसंसद्को शक्ति सन्तुलन र विधायी प्रक्रियामा यसको प्रभाव पर्ने देखीएको छ ।मत नतीजा
