सम्पर्क

जिबनशैली

चौतारा अस्पतालले पायो ९६ अङ्क देसकै  पहीलो स्थान पाउँने सम्भावाना

चौतारा अस्पतालले पायो ९६ अङ्क देसकै पहीलो स्थान पाउँने सम्भावाना

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पताल मा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले गत चैत ८ र ९ गते गरेको अनुगमनमा अस्पतालले ९६ अंक प्राप्त गर्दै अहीले सम्मको अनुगमनमा देसकै  पहिलो स्थान हासिल गरेको जनाएको छ । अस्पताल ब्यवस्थापन समितीको व्यवस्थित व्यवस्थापन प्रशासनको लगनसिलता तथा स्तरिय सेवा प्रदानका कारण यो ९६ अङ्क ल्याउँन सफल भएको हो । अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष केशब राज गिरीका अनुसार अनुगमनमा अस्पतालबाट प्रदान गरिएका सेवाहरु बिबरण तथा व्यवस्थापन सरसफाइ तथा उपलब्ध सेवाग्रहकिो व्यवस्थापन लगाएतका बारेमा जानकारी लिनुका साथै प्रत्यक्ष अनुगमन समेत गरिएको थियो । यस अघी चौतारा अस्पताल बागमती प्रदेशको पहिलो तथा देशभरि दोस्रो स्थानमा रहिसकेको थियो भने यस बर्ष पहीलो स्थान ओगट्न सक्ने सम्भावना रहेको छ । मिति २०८२ चैत्र ८ गते देखि १० गते सम्म (३ दिन) भएको च...
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

#, जिबनशैली, मनोरन्जन, समाचार
काठमाडौँ, ११ चैत: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ सामान्य रुपमा घटेको छ । युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्कको भाउ भने बढेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रु...

जेन्जी आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा सरकार

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
जेन्जी आन्दोलन सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आलोचना बढिरहेको बेला सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्की यस विषयमा केही वरिष्ठ मन्त्रीहरुसँग आन्तरिक छलफलमा जुटेकी छन् । प्रतिवेदन चाँडै सार्वजनिक गर्ने बारे कुराकानी भइरहेको भएपनि मिति भने अझै टुंगो लागिसकेको छैन । गत भदौ २३ र २४ गते भएको जेन्जी युवाहरुको आन्दोलनका घटनाबारे अध्ययन गर्न गौरीबहादुर कार्कीका नेतृत्वमा आयोग गठन गरिएको थियो । सो आयोगले फागुन २४ गते नै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । यद्यपि, गृहमन्त्री ओमप्रकाश अर्यालले चाँडै सार्वजनिक गर्न बताएका थिए, तर हालसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन । यता, आन्दोलनका अगुवा र विभिन्न समूहरुले प्रतिवेदन सार्वजनिक गर्न दबाब दिइरहेका छन् । माइतीघर क्षेत्रमा दैनिकजसो प्रदर्शन समेत भईरहेको छ । उक्त प्रतिवेदनमा आन्द...
मेलम्ची र घोराहीबीच अनुभव आदानप्रदान, न्यायिक समितिको कार्यप्रणाली मुख्य आकर्षण

मेलम्ची र घोराहीबीच अनुभव आदानप्रदान, न्यायिक समितिको कार्यप्रणाली मुख्य आकर्षण

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, साहित्य
मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी तथा उपप्रमुख हुमा कुमारी डि.सी.बीच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। भेटघाटका क्रममा विशेषगरी न्यायिक समितिको प्रभावकारी कार्यसम्पादनबारे विस्तृत छलफल गरिएको थियो। घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डि.सी.ले न्यायिक समितिमार्फत सम्पन्न भएका उत्कृष्ट कार्यहरू, विवाद समाधानका सफल अभ्यासहरू तथा सेवाग्राहीमैत्री कार्यशैलीबारे जानकारी गराउनुभएको थियो । उहाँले स्थानीय तहमा न्यायिक पहुँच सहज बनाउन घोराहीले अपनाएका उपायहरू उदाहरणीय रहेको बताउनुभयो। त्यस्तै, घोराही उपमहानगर पालिकाका प्रमुख नरुलाल चौधरीले शिक्षा, पूर्वाधार विकास, सेवा प्रवाह सुधार लगायतका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू प्रस्तुत गर्दै समग्र विकासका नमूना अभ्यासहरू साझा गर्नुभएको थियो । यस्तै मेलम्ची नगरपालिकाकी उपप्रमुख उ...
लिसंखुपाखरमा रास्वपाको बैठक, सुशासन र आगामी निर्वाचनमा केन्त्रित छलफल

लिसंखुपाखरमा रास्वपाको बैठक, सुशासन र आगामी निर्वाचनमा केन्त्रित छलफल

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
लिसंखु पाखार गाउँपालिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनपछिको समिक्षा बैठक सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न वडाका प्रतिनिधि, कार्यकर्ता र स्थानीय मतदाताको उल्लेख्य उपस्थिति रहेको थियो । बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन सुधार, जिम्मेवारीको स्पष्टता तथा आगामी स्थानीय तहको निर्वाचनका लागी आवश्यक रणनीति निर्माणका विषयमा व्यापक छलफल गएिको जनाइएको छ । गाउँपालिका सभापति गंगा बहादुर लामाले निर्वाचन खर्च पारदर्शी बनाउनु अत्यावश्यक रहेको बताउँदै सबै तहको जिम्मेवार व्यक्तिलाई आवश्यक कागजात पेश गर्न आग्रह गरे ।स्थानीय तहमा सुशासन कायम गराउन पार्टीले सक्रिय दबाब सिर्जना गर्ने निर्णय पनि बैठकले गरेको छ । केन्द्रमा पार्टीको उपस्थिति भए पनि स्थानीय तहमा अन्य दलको नेतृत्व भएकाले जनउत्तरदायित्व सुनिश्चित गराउन पहल आवश्यक रहेको धारणा राखिएको थियो । आगामी २०८२ को निर्वाचनलाई ध्यानमा र...
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
काभ्रेपलाञ्चोक, ९ चैतः अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । आयोजनाले थपिएको समयमा काम सम्पन्न गर्ने जनाएको छ । दुई लेन रहेको उक्त राजमार्ग छ लेनमा विस्तार गरिएको हो । सडकका दायाँबायाँ दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण भइरहेको छ । आयोजनाको समयावधि सकिएपछि गत मङ्सिर अन्तिमसाता पुनः एक वर्ष म्याद थप गरिएको थियो । उक्त सडक विस्तारका लागि सूर्यविनायकदेखि साँगासम्म र साँगादेखि धुलिखेलसम्म दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो । आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भइ गत मङ्सिर २५ गते...

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
काभ्रेपलाञ्चोक, ८ चैत : अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र (पक्की) बनाउन शनिबार रातिदेखि दुई हप्ता सडक बन्द गरेको हो । लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिलाई तीव्रता दिइएपछि पक्की बनाउन यही चैत ७ देखि २० गतेसम्म रातिको समयमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म यातायातका साधान बन्द गरिएको हो । साथै, उक्त अवधिभर टिपरलगायत मालवाहक सवारीसाधनलाई भने पूर्णतः रोक लगाइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले बताउनुभयो । उहाँका अनुसार चार किलोमिटर दूरीको उक्त सडकखण्डमध्ये चैतमा २.५ किलोमिटर र आउँदो वैशाखमा...
देशभर आज पनि मौसम खराब, बर्षा र हिमपातको सम्भावना

देशभर आज पनि मौसम खराब, बर्षा र हिमपातको सम्भावना

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
मौसम पूर्वानुमान महाशाखा का अनुसार आज देशका विभिन्न भागमा मौसम बदली भई हावाहुरी, वर्षा र हिमपात हुने समभावना रहेको छ । शनिवार बिहानदेखी नै देशका अधिकांश क्षेत्रमा बादल लागेको छ । विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही ठाउँमा चटयाङ र हुरीसहित वर्षा भईरहेको जनाइएको छ । महाशाखाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार दिउँसो देशका धेरैजसो स्थानमा बदली रहनेछ । कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै क्षेत्रमा तथा कर्णाली र सुदुरपश्चिमका केही भागमा मेघगर्जन, चटयाङ, असिना र हुरीबताससहित वर्षा तथा हिमपात हुन सकने अनुमान गरिएको छ । यीमध्ये कोसी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको जोखिम पनि रहेको छ । रातिको समयमा पनि पहाडी तथा हिमाली भूभागमा बदली कायम रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । केही स्थानमा हल्का वर्षा र हिमपात जारी रहने सम्भावना रहेको ...
अवरुद्द बीपी राजमार्ग एकतर्फी खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

अवरुद्द बीपी राजमार्ग एकतर्फी खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
शुक्रकार परेको  वर्षाको कारण अवरुद्द बीपी राजमार्ग शनिबार बिहान देखी पुनःखुलेको छ । बिहान सबेरैदेखी रोकिएको सवारी आवागमन सडक मर्मतपछी करिव साढे ९ बजेदेखी सामान्य अवस्थामा फर्किएको हो ।रोसी खोलामा आएको बाढीको बाहाव घटेपछी क्षतिग्रस्त भाग सुधार गरिएको थियो । हाल राजमार्गमा सबै  प्रकारका सवारी साधन सञ्चालनमा आएका छन् । यद्यपि मौसम अझै पूर्ण रुपमा अनुकूल नभएकाले यात्रा गर्दा सर्तकता अपनाउन सुरक्षा निकायले सुझाव दिएको छ । शुक्रवार साँझको वर्षाले चारसयबेशी, गिम्दी, दाउन्रे र कालढुङ्गा क्षेत्रमा सडक अवरुद्घ बनाएको थियो । यसअघि बाढीबाट क्षति पुगेको भकुण्डे–नेपालथोक खण्डमा पुनर्निमाण जारी रहेको छ भने अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन भइरहेको छ ।...
त्रिभुवन अन्तराष्ट्रिय विमानसथलमा अमेरिकी डलरसहित तीन जना पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानसथलमा अमेरिकी डलरसहित तीन जना पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
चिन जान लागेका तीन नेपाली ठुलो परिमाणको अमेरिकी डलरसहित विमानस्थलबाट पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिहिबार अमेरिकी डलर २८ हजार ९०० सहित तीन जना नेपाली नागरीकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका १ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया संगीता लामा तथा लिशङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामा रहेका छन् । विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवाल ले सो जानकारी दिएका हुन् । प्रहरीका अनुसार चाइना साउथेनको उडान नम्बर सिजेड ६०६८ मार्फत   काठमाडौँबाट चीनको ग्वाङझाउ जान लागेका उनीहरुलाई अन्तराष्ट्रिय प्रस्थान ह्याण्ड ब्यागेज क्षेत्रमै शरीर खानतलासी तथा ब्यागेज स्क्रिनिङ गर्ने क्रममा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो । उनीहरुले सो रकम बाह्य मुलुकतर्फ लैजान लागे...