सिन्धुपाल्चोकजिल्लाको मेलम्ची नगरपालिकामा १२औँ जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि मेलम्चीमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको आयोजनामा शुरुमा भएको उद्घाटन समारोह समितिका अध्यक्ष रामकृष्ण दंगालको अध्यक्षतामा र मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको प्रमुख अतिथ्यतामा खेल शुरु भएको हो खेलको उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख आइतमान तामाङले मेलम्चीमा यस्तो महत्वपूर्ण जिल्ला स्तरीय प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै यसले स्थानीय स्तरमा खेलकुदको विकास, खेल पूर्वाधार विस्तार र नयाँ प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नगर प्रमुख तामाङले सहभागी सबेले अनुशासित र मर्यादित तरिकाले खेल खेलेर खेलकुदको पहीचान दिनु पर्ने बताउँनु भयो ।उँहाले खेलकुदलाई जित–हारको प्रतिस्पर्धामा सीमित नराखी सिकाइ, अनुशासन र सहकार्यको माध्यमका रूपमा लिनुपर्ने भएकाले त्यस तर्फ ध्यान दिन जरुरीरहेको बताउँनु भयो । उँहाले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गर्न प्रयास गर्न आग्रह गर्नुका साथै पराजयलाई निराशाको रूपमा नभई अनुभव र आगामी सफलताको आधारका रूपमा लिन समेत सुझाब दिनु भयो । कार्यक्रममा नगर उपप्रमुख उमा प्रधानले प्रतियोगिता मेलम्चीमा हुनुले यहाँका खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूमा नयाँ उत्साह थपिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले प्रतियोगिता मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न सबै पक्षलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले प्रशासनको तर्फबाट आवश्यक समन्वय र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।प्रतियोगितामा जिल्लाका १२ वटा स्थानिय तहहरु मध्य १० वटा स्थानीय तहको मात्रै सहभागिता रहेको आयोजकले जनाएको छ । एथलेटिक्स, भलिबल,कबड्डि,कराँते,उस्सु,लगायत विभिन्न विधाका खेलहरू समेटिएको प्रतियोगिता ११ गते सम्पन्न हुने समितिका अध्यक्ष रामकृष्ण दंगालले जानकारी दिनुभयो । प्रतियोगिताको पहिलो दिन आयोजित मार्चपास प्रतियोगितामा पाँचपोखरी थाङपाल गाउँपालिका प्रथम भएको छ भने अन्य पालिकाहरूले पनि आकर्षक प्रस्तुति दिएका थिए ।जिल्ला स्तरीय यस प्रतियोगिताले स्थानीय स्तरमै खेलकुद गतिविधि विस्तार गर्नुका साथै ग्रामीण भेगबाट नयाँ खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
