सम्पर्क

नगरका खेलाडीहरुलाइ चौसागढीको पोशाक सहीचत शुभकामना

सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई चौतारा साँगाचोकगढी नगरपालिका द्वारा जितको शुभकामना र पोसाक सहित सहभाग्गिताका लागी पठाइएको छ ।बुधबार देखी मेलम्ची नगरपालिकामा आयोजना हुने १२औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेखेलाडीहरूलाई चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो सभाहलमा सहभागी गराएर खेलाडीहरु लाइ जितेर पहीलो स्थानमा हासिल गर्न हौसला प्रदान गर्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले खेलकुदले व्यक्तित्व विकास, अनुशासन सिकाउँने बताउँनु हुँदै हरेक खेलमा जित र हार सँग सँगै हुने तर मनोबलकै आधारमा जित हासिल गर्ने भएकाले खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा सहभागी भई सहभागी हुन अनुरोध गर्नु भयो । उहाँले उत्कृष्ट प्रदर्शनमार्फत उज्ज्वल भविष्य निर्माण गर्न खेलाडीहरूलाई सफलताको लागी अगाडी बढ्न शुभकामना समेत व्यक्त गर्नु भयो ।नगर प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख सीता थापाले खेलाडीहरूकै सहासी खेलका कारण खेल जगतमा बिगतमा नगर पालिकाले आफ्नो इज्जत माथी लगेको बताउँनु भयो ।  
प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले खेलकुदको बिकास नै स्वास्थ्यको बिकास भएको कारण स्वास्थ्य र अनुशासन जीवनको सबैभन्दा ठूलो पूँजी भएको बताउँनु भयो । उँहाले खेलकुदको चाहना हुने सबै सँग अनुशासन र इमान्दारीता सँगै रहने बताउँनु भयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगालले आफ्नो स्थानीय तहदेखि जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पु¥याउने महत्वपूर्ण स्थान हासिल गर्न खेलाडीहरुलाइ अनुरोध गर्नु भयो । यसै गरी नगरपालिकाका सामाजिक सुरक्षा समितीका संयोजक तथा वडा नं १३का अध्यक्ष रामप्रसाद गौतमले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता युवा खेलाडीहरूको आफ्नो ब्यक्तीत्व बिकास गर्ने र अनुशासनको पाठ सिक्ने थलो भएकाले अन्ुशासित ढङ्गबाट प्रस्तुत हुन अनुरोध गर्नु भयो । नगर खेलकुद बिकास समितीका अशोक पराजुलीले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रशीक्षक हरु सुबर्ण लाल श्रेष्ठ,तिलक दङ्गाल ,दिगम्बर गिरी निरुपना तामाङ।जिबन कुमानर जिसी रमेस गुरुङ्ग, खन्जन पुरी , शङ्कर श्रेष्ठ मार्फत पोशाक समेत बितरण गरिएको थियो । बिभिन्न खेलमा करिब १०८ जना खेलाडीहरु नगर पालिका बाट मेलम्ची गएको आयोजकले जनाएको छ ।