सम्पर्क

भवानी शङ्कर माबी मा नकुल नेपाल

सगुन बस्नेत, सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको श्री डडुवा भवानी शङ्कर माबीको बिद्यालय व्यवस्थापन समितीका अध्यक्षमा समाजसेबी नकुल नेपाल सर्ब सम्मत हुनु भएको छ । बिद्यालय व्यवस्थपन समितीका निबर्तमान अध्यक्ष जिबन कृष्ण नेपालको अधयक्षतामा भएको भेलाले अध्यक्षमा नकुल नेपाल र सदस्यहरुमा सलिना तामाङ, दिपक श्रेष्ठ,शिबराम नेपाल, र राधिका अधिकारी र शान्ता बिक सदस्य रहनु भएको छ । बिद्यालय व्यवस्थापन समितीको गठन प्रकृया अनुसार अभिभावक मध्यबाट सलिना तामाङ दिपक श्रेष्ठ, शिबराम नेपाल र राधिका अधिकारी चयन हुने भएको थियो ।   यसरी सर्बसम्मत भएका ४ जनाबाट जेष्ठ सदस्य बर्ष ४२को राधिका अधिकारकिो अध्यक्षतामा बसेको बैठकले समाजसेवी नकुल नेपाल र शान्ता बिक लाइ सदस्यमा मनोनित गर्नुका साथै बिव्यवसको अध्यक्षमा नकुल नेपाललाइ चयान गरेको बिद्यालयका प्र अ बद्री प्रसाद नेपालले जानकारी दिनु भयो । बिद्यालयव्यवस्थापन समितीको सदस्यका लागी नकुल बस्नेत,धन कुमार नेपाल, अशीका मगर शान्ता बिक चन्द्र बहादुर गोले सलिना तामाङ दिपक श्रेष्ठ, शिबराम नेपाल र राधिका अधिकारी सहीत ९जनाले सदस्यका लागी मनोनित हुन आबेदन दिनु भएको भएता पनी नकुल बस्नेत,धन कुमार नेपाल, अशीका मगर शान्ता बिक चन्द्र बहादुर गोले ५जनाले नाम फिर्ता लिए पछी सर्बसम्मत भएको हो । बिद्यालय व्यवस्थापन समितीको अरु सदस्यहरु र शिक्षक अभिभाबक संघको गठन भने बिव्यसलाइ अधिकार दिइएको छ । अभिभावकहरुबाट सर्ब सम्मत गर्न का लागी दिइएको समय भित्रै सर्बसम्मत भएकोमा धन्यबाद दिदै वडा अध्यक्ष उद्धब नेपालले बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तथा पदाधिकारीहरुलाइ बधाइ दिदै शिक्षा सिकाइमा उपलब्धी मुलक काम गर्न सबैलाइ सहयोग गर्न आग्रह गर्नु भयो । यसै गरी आफु ले अध्यक्षको जिम्मेवारी सम्महाले पछी बिद्यालयको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्देै सबैलाइ जिम्मेवारी महशुस हुने गरी काम गर्ने बताउँनु भयो । यस अघी उद्धघाटन समारोहमा पुर्ब बिव्यस अध्यक्ष नेत्र बहादुर बस्नेतले बिद्यालयमा प्रयोगात्मक शिक्षा सिकाइमा ध्यान दिन पर्ने बताउँनु भयो । यसै गरी सभापतीत्वको आसन बाट बोल्दै निबर्तमान अध्यक्ष जिबन कृष्ण नेपालले बिद्यालय शिक्षा सिकाइका लागी बिगतमा सबै ले गरेको सहयोगलाइ बिशेष धन्यबाद दिनु भयो । कार्यक्रममा वडा अध्यक्ष उद्धब नेपाल, पुर्ब वडा अध्यक्ष शेर बहादुृर श्रेष्ठ लक्ष्मन नेपाल लगाएतले शुभकामना दिनु भएको थियो ।