-पाल्चोकी माइ कृषक हाट बजारले किसानमा ल्याएको रूपान्तरण श्याम शर्मा एल सि सिन्धुपाल्चोक जिल्लामै पहिलो पटक सञ्चालनमा आएको पाल्चोकी माइ कृषक हाट बजार ले स्थानीय कृषकहरूको उत्पादनलाई प्रत्यक्ष बजारसँग जोड्दै ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न थालेको छ। वि.सं. २०८२ साल पौष १९ गतेबाट सञ्चालनमा आएको यो हाट बजार हालसम्म निरन्तर रूपमा सक्रिय रहँदै आएको छ।
हेलम्बु गाउँपालिकाको समन्वय तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा सञ्चालित उक्त हाट बजारमा स्थानीय किसानहरूले उत्पादन गरेका अर्गानिक तरकारी, ताजा फलफूल तथा अन्य कृषि उपजहरू प्रत्यक्ष रूपमा बिक्री हुँदै आएका छन्। यसले एकातिर स्थानीय उत्पादनको बजारीकरणलाई सहज बनाएको छ भने अर्कोतिर उपभोक्तालाई गुणस्तरीय र ताजा खाद्य सामग्री उपलब्ध गराएको छ। पाल्चोकी माइ भगवती मन्दिर दर्शनका लागि आउने भक्तजनहरू तथा स्थानीय बासिन्दाहरूका लागि हाट बजार आकर्षणको केन्द्र बन्दै गएको छ। धार्मिक पर्यटनसँगै कृषि उत्पादनको प्रवर्द्धन हुनु यस बजारको महत्वपूर्ण विशेषता हो। हाट बजार सञ्चालनमा आएपछि किसानहरूले आफ्नै आँगनमा उत्पादन गरेका तरकारी तथा फलफूल बिचौलियाविहीन रूपमा आफ्नै मूल्यमा बिक्री गर्न पाउने अवसर प्राप्त गरेका छन्। यसले उनीहरूको आम्दानीमा वृद्धि हुनुका साथै उत्पादनप्रति आत्मविश्वास समेत बढाएको छ। स्थानीय तहको समन्वय र गैरसरकारी संस्थाको सहकार्यमा सञ्चालनमा आएको यो हाट बजारले “आँगनबाटै बिक्री” भन्ने अवधारणालाई व्यवहारमा उतार्दै किसानमुखी बजार प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। यसले दीगो कृषि विकास, स्थानीय उत्पादनको संरक्षण तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।