सम्पर्क

नेपालपत्रकार महासघंशाखा काठमाण्डौको साधरण सभा जेष्ठ ९ गते

नेपाल पत्रकार महासघं जिल्ला शाखा कार्यलय काठमाण्डौका शनीबार बसेको बैठकले जेष्ठ ९ गते साधरण सभागर्ने निर्णय गरेको छ । शाखाका अध्यक्ष शोभा अर्यालको अध्यक्षतामा शाखाका सल्लाहकार तथा केन्द्रीय सदस्य सुर्य सुबेदीको बिशेष अतिथ्यतामा बसेको बैठकले पत्रकार महासंघ काठमाडौं जिल्ला शाखालाई पत्रकार महासंघको सञ्चार ग्रामम रहेको सानो भवन कार्यलय प्रयोजनका लागि उपलब्ध गराउनु भएकोमा केन्द्रीय अध्यक्ष ,केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य हरु सहित सम्पूर्ण केन्द्रीय समितिलाई आभार तथा धन्यवाद ज्ञापन व्यक्त गर्ने निर्णय गरेको छ । यसै गरी साधारणसभाको तयारीका लागि शाखा अध्यक्ष शोभा अर्यालको नेतृत्वमा सम्पूर्ण कार्यसमिति रहने गरि कुल १०१ सदस्यीय मुल व्यवस्थापन समिति बनाउने निर्णय भएको छ ।आर्थिक व्यवस्थापनको लागि कोषाध्यक्ष रामचन्द्र कार्कीको संयोजकत्वमा ५ सदस्य रहने गरि आर्थिक विभाग गरिएको छ ।यसै गरी बैठकले लोक कल्याणकारी राज्यमा राज्यले सरकारी र निजी भनेर फरक व्यबहार गर्न नमिल्ने ठहर गर्दै प्रधानमन्त्री कार्यलयको सचिवालयबाट सरकारी विज्ञापन सरकारी मिडियालाई मात्रै दिनुपर्ने बाध्यकारी पत्रका बारेमा ध्यानकर्षण गर्दै शादा कार्यलयले उक्त पत्र कार्यन्वयन नगर्ने निर्णय गरेको छ ।साथै लोक कल्याणकारी विज्ञापन वापतको अपुग रकम र वर्गीकरण बापत थप भएको अपुग रकम प्राप्तिको लागि शाखाले निरन्तर पहल गर्ने निर्णय गरेको छ ।