सम्पर्क

मनोरन्जन

हाम्रो लघुकथा केन्द्रको चौथो वार्षिकोत्सव सम्पन्न

कृषि, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, साहित्य
हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली, काठमाडौँले रोयल इभेन्टस बेङ्क्वेट, तीनकुने काठमाडौँमा संस्थाको चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सव कार्यक्रममा  केन्द्रले लघुकथा लेखन गर्दै प्रविधिमा लघुकथालाई जोडेर प्रचारप्रसार गर्दै आएका स्रष्टा नारायण तिवारीलाई नगद रुपैयाँ ११,१११÷– (अक्षरेपी एघार हजार एक सय एघार)सहित लघुकथा केन्द्र सम्मान–२०८० बाट सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा  प्रमुख अतिथिले केन्द्रको सम्मानपत्र  र दोसला प्रदान गर्नुभएको थियो भने केन्द्रका अध्यक्ष लता केसीले नगद रकम प्रदान गर्नुभएको थियो । ‘सबै मेरा सपना थिए’ लघुकथा लेखी लघुकथा विधामा प्रवेश गरेका तिवारीका दसैँ खर्च (२०५७) र महँगी, भोक र सार्वभौमसत्ता (२०७०) लघुकथासङ्ग्रह प्रकाशित छन् । उहाँले लघुकथा कुनो फेसबुक पेजमार्फत नेपाली लघुकथाको विकास र विस्तारमा सहयोग पु¥याउनुभएको थियो । केन्द्रद्वारा आयोजित उक्त क...

बागमती प्रदेशमा धिमे बाजा प्रतियोगिता हुने

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
  काठमाडौं । नेपालको बहुचर्चित र बिशेष गरी नेवाः समुदायको हरेक जात्रा पर्वमा बजाइने धिमेबाजाको संरक्षण तथा प्रवद्र्धन गरी नयाँ युवापुस्तालाई आकर्षण गर्ने लक्ष्यसहित “बागमती प्रदेश स्तरीये धिमेबाजा प्रतियागिता ११४४” को आयोजना गर्न लागेको शनिवार भक्तपुरको च्वङागणेशस्थित नेवा नःनिमा ले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।केन्द्रीय मानन्धर संघको आयोजनामा भक्तपुर जिल्ला मानन्धर युवासंघको संयोजना तथा काठमाडौं महानगरपालिकाको लागत साझेदारीमा भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा चैत्र २४ गते धिमे बाजा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा बागमती प्रदेश भित्रका खलः, पुचः र संस्थाबाट ५० वटा धिमेबाजा समूहको सहभागी गराउने योजना रहेको कार्यक्रमका संयोजक तथा भक्तपुर जिल्ला मानन्धर युवासंघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिनु भयो ।प्रतियागितामा प्रथम हुनेलाई २ वटा धिमे, २ जोर भूस्यासहित नग...

नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार, साहित्य
  सन्जिब दुलाल भक्तपुर । नेपाल साहित्य मन्दिरबाट दुई साहित्यकार सम्मानित भएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा  नेपाल साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार ११४४ बाट वरिष्ठ कथाकार सरस्वती तुलाधर र युवा साहित्यकार तर्फ प्रदान गरिँदै आएको कुमार शाखः स्मृति प्रोत्साहन पुरस्कारबाट भने युवा गजलकार अनीश शाक्यलाई सम्मान गरेको हो । नेपाल भाषामा कथा लेखन गर्दै तथा नेपाल भाषामा नै अध्यापन गर्दै आउनु भएकी तुलाधरलाई नगद दश हजार सहित यस वर्षको जरीमाया स्मृति पुरस्कारबाट सम्मान गरिएको नेपाल साहित्य मन्दिरले जानकारी दिएको छ । यस्तै युवा साहित्यकार तर्फ भने नेपाल भाषामा गजल, कविता, लघुकथा लगायत विभिन्न साहित्य रचना लेखनमा सक्रिय रहनुभएका अनीश शाक्यलाई दश हजार नगद सहित कुमार शाक्य स्मृति प्रोत्साहन पुरस्कार प्रदान गरएिको हो ।दुवै साहित्य सर्जकहरूलाई नेपाल साहित्य मन्दिरक...

बबिनाको संगीतमा बैकुण्ठले गाए जय जय शम्भु भजन

जिबनशैली, मनोरन्जन, विचार
  काठमाडौं : महाशिवरात्री हिन्दुहरुको एक प्रमुख चाड हो । विश्वमा हिन्दुहरुले मनाउने यस पर्वमा नेपालमा भगवान पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइदै आएको छ । मुलतः नबरात्रमा चार महारात्री मुख्य रुपमा मनाइन्छ, त्यस्तै गरी महाशिवरात्री आदी अनादी कालदेखी मूख्य रुपमा मनाइदै आइएको छ । बिशेष गरी महाशिवरात्रीलाई भगवान शिवजी उत्पत्ति भएको दिनको रुपमा मनाइदै आएकोले यस दिन शिवपूजा, आराधना गनर्,े उपवास बस्ने, जलधारा दिने र रात्रीमा दियो बाली धुनि तापी जाग्राम बस्ने गर्नाले शिवजी खुसी हुने किम्बदन्ति छ । आदी अन्त्य नभएका, जन्मनु, मर्नु नपर्ने, देवताका पनि देवता, तीन मुत्र्तीका एक मुर्ते भएका कहिले व्रम्हा, विष्णु, महेश्वर भैरहने, समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष घाटीमा राखी निलकण्ठ भैरहेका, योगमाया भगवतीका प्रिय हुनुभएका प्रभुको यसै शिवरात्रीका दिन गाईको दूधको जलधारा दिनाले, पुजाआजा गर्...

सात महिला चलचित्रकर्मी सम्मानित

बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
काठमाडौँ, २४ फागुन: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल हुनुहुन्छ । उहाँहरुलाई जनही नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।सो अवसरमा मन्त्री शर्माले चलचित्र ऐन छिट्टै बन्ने जनाउँदै संस्थागतरूपमा बोर्डमार्फत सुझाव मन्त्रालयमा पठाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ,“चलचित्र ऐनले महिलालाई चलचित्र विकास बोर्ड, चलचित्र जाँच समितिलगायतमा बलियो उपस्थिति गराउने छ भन्नेमा म विश्वस्त हुन आग्रह गर्दछु । अब बन्ने कानुनले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य ...

इर्खूमा निर्माण भएकोे ला–नरुवोनको शालिक उद्धघाटन

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाँचोकगढी नगरपालिका वडा नं. ८ इर्खूमा निर्माण भएकोे ला–नरुवोनको पुर्णरुपका प्रतिमा–शालिक तथा वोन गुफा–ठिघ्याङ, गुम्बाको बुधबार एक समारोहका बिच उद्धघाटन भएको छ । तामाङ समुदायको आस्थाको धरोहर ला–नरुबोनको पुर्ण कदको सालिक सम्भवतः देशकै पहिलो र अग्लो पुर्ण कदको सालिक चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र पुर्ब नगर प्रमुख अमानसिंह तामाङको बिशेष अतिथ्यतामा उद्धघाटन भएको हो । उद्धघाटन समारोहमा नगर प्रमुख सापकोटा,वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गाल , लोकप्रिय नेत्रज्योती सञ्चार समुहका नेत्र बहादुर बस्नेतलागएतलाइ सम्मान समेत गरिएको थियो । मुल आयोजक समितीका संयोजक धन गोले तामाङको अध्यक्षतामा भएको कार्यक्रममा १४वटै वडाका झाक्री झक्रीनीहरुले कामेर गुरु पुजामा सहभागी जनाएका थिए ।       कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख ...

धर्म, संस्कृति र आफ्नोपनलाई जाेगाओैं – मन्त्री बस्नेत

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य, स्वास्थ्य
 सिन्धुपाल्चोक/ १२ फागुन, स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले धर्म, संस्कृति र आफ्नोपनलाई जाेगाओैं भन्ने सन्देश व्यक्त गर्नुभएको छ । बाह्रबिसे नगरपालिकासहित विभिन्न संघसंस्थाकाे संयुक्त आयाेजनामा आज वडा नं. ३ खाेर्सानीबारीमा भएको २८६० ओैं डुक साेनाम ल्हाेछार कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री बस्नेतले धर्म,संस्कृति लगायतका पर्वहरुले नेपाल र नेपालीलाई अक्षुण राख्दै एकताबद्ध बनाउन महत्त्वपूर्ण काम गरेको प्रष्ट पार्नुहुँदै एक सुत्रमा बाँध्न यस्ता कार्यक्रमहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको हाे । "हाम्रोमा हरेक माैलिक चाडपर्व र संस्कृतिहरु छन्, हिन्दु, बाैद्ध सबै एकआपसमा राष्ट्रिय तथा स्थानीय चाडपर्वहरु मनाउने परम्परा रही आएकाे छ । हामीलाई एक सुत्रमा बाँध्न यस्ता कार्यक्रमहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे छ । त्यसकारण हामी सबै मिलेर हाम्रा धर्म, संस्...

लघुकथासम्बन्धि समाचार

जिबनशैली, मनोरन्जन, समाचार, साहित्य
   लघुकथाकार विवेक शर्मा गौतमकृत् जेई लघुकथासंग्रह सार्वजनिक भएको छ । माघ ५ गते शुक्रबार सर्जक गौतमको आमाको पहिलो वार्षिक पुण्य तिथिको अवसर पारेर सिर्जना अभियान समाज भक्तपुर र हाम्रो लघुकथा केन्द्र, नेपालको संयुक्त आयोजनामा सो कृतिको लोकार्पण गरिएको थियो । बिधागत गान ञ हाम्रो लघुकथा गान झ बजाएर तथा कार्यक्रमका सभापति ध्रुव मधिकर्मीले दीप प्रज्वलन गरेर कार्यक्रमको सुरु गरियो । ध्रुव मधिकर्मी, लता केसी, डा. शेखरकुमार श्रेष्ठ, मनिषकुमार शर्मा समित, इन्दिरा चापागाईं, निर्मला बराल र श्रीराम राईले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नु भयो । सो अवसरमा इन्दिरा चापागाईंले उपस्थित सबैलाई स्वागत गर्नु भयो । कार्यक्रममा अञ्जु शर्मा, अप्सरा भट्टराई , प्रशंसा खनाल जोशी, रमेश सुवेदी, रामराजा केसी, रेहित सैंजू, गंगा न्यौपाने , शान्ता तिम्सिना लगायत दुई दर्जन स्रष्टाहरू , पत्रकारहरूको उपस्थिति रह...

मुलखर्कमा भव्य ल्होसार मेला हुने

मनोरन्जन, समाचार
तामाङ समुदायको नयाँ वर्ष अर्थात् सोनाम ल्होसारको अवसरमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ मुलखर्कमा शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । मुलखर्क तामाङ समाजको आयोजनामा स्थानीय जनप्रतिनिधिको उपस्थिति र ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने मुलखर्क तामाङ समाजका अध्यक्ष पञ्चबहादुर तामाङले जानकारी दिनुभयो । उहाँले स्थानीय तामाङ समुदायको सँस्कृतिको जगेर्ना, भाषा, भेषभुसा र कलाको संरक्षणमा मद्दत पु¥याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताउनुभयो । तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८६० औँ सोनाम ल्होछार २०८० डुक ल्हो को अवसरमा माघ २० गते शनिबार मुलखर्क स्कुलडाँडामा भव्य मेला हुने मुलखर्क तामाङ समाजले जानकारी दिएको छ ।...

ऐतीहासीक दुगुनागढीमा पागुन १२मा दौड हुने

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको ऐतीहासीक पर्यटकीय स्थल दुगुना गढीमा फागुन १२ गते दौड प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका स्थित वडा न ं ३ड्राइपोर्ट देखी लिस्तीकोट हुँदै दुगुनागढी सम्म २४.५किलोमिटर दौड प्रतियोगिता हुने भएको हो । श्री इन्द्रध्वज गणको आयोजनामा सिन्धुपाल्चोक जिल्लाको ऐतीहासिक स्थलहरुको पहीचान दिलाउँन,पर्यटन प्रबर्धनमा टेवा पुर्याउँनका साथै ऐतिहासिक संरचनाको संरक्षण तथा शाहसिक खेलकुद बिकास र सैनिक,नागरिक सम्बन्धलाइ अझ प्रगाढ गर्दै लैजाने उद्धेश्यले यो दौड प्रतियोगिताको आयोजना गरिएको सेनानी अनिल कुमार बस्नेतले जानकारी दिनु भयो । Brouchers १उँहाका अनुसार फागुन १२ गते हुने चौथो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस प्रतियोगिताका लागी भोटेकोशी गाँउपालिकाले प्रायोजन गर्ने भएको छ । कार्यक्रम अनुसार दौड प्रतियोगितामा भाग लिन माघ २५ गते भित्र नाम दर्ता गरिसक्नु ...