सम्पर्क

मुलखर्कमा भव्य ल्होसार मेला हुने

तामाङ समुदायको नयाँ वर्ष अर्थात् सोनाम ल्होसारको अवसरमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ मुलखर्कमा शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
मुलखर्क तामाङ समाजको आयोजनामा स्थानीय जनप्रतिनिधिको उपस्थिति र ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने मुलखर्क तामाङ समाजका अध्यक्ष पञ्चबहादुर तामाङले जानकारी दिनुभयो ।
उहाँले स्थानीय तामाङ समुदायको सँस्कृतिको जगेर्ना, भाषा, भेषभुसा र कलाको संरक्षणमा मद्दत पु¥याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताउनुभयो ।
तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८६० औँ सोनाम ल्होछार २०८० डुक ल्हो को अवसरमा माघ २० गते शनिबार मुलखर्क स्कुलडाँडामा भव्य मेला हुने मुलखर्क तामाङ समाजले जानकारी दिएको छ ।