सम्पर्क

इर्खूमा निर्माण भएकोे ला–नरुवोनको शालिक उद्धघाटन

सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाँचोकगढी नगरपालिका वडा नं. ८ इर्खूमा निर्माण भएकोे ला–नरुवोनको पुर्णरुपका प्रतिमा–शालिक तथा वोन गुफा–ठिघ्याङ, गुम्बाको बुधबार एक समारोहका बिच उद्धघाटन भएको छ । तामाङ समुदायको आस्थाको धरोहर ला–नरुबोनको पुर्ण कदको सालिक सम्भवतः देशकै पहिलो र अग्लो पुर्ण कदको सालिक चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र पुर्ब नगर प्रमुख अमानसिंह तामाङको बिशेष अतिथ्यतामा उद्धघाटन भएको हो । उद्धघाटन समारोहमा नगर प्रमुख सापकोटा,वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गाल , लोकप्रिय नेत्रज्योती सञ्चार समुहका नेत्र बहादुर बस्नेतलागएतलाइ सम्मान समेत गरिएको थियो । मुल आयोजक समितीका संयोजक धन गोले तामाङको अध्यक्षतामा भएको कार्यक्रममा १४वटै वडाका झाक्री झक्रीनीहरुले कामेर गुरु पुजामा सहभागी जनाएका थिए ।       कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले ला–नरुवोनको पुर्णरुपका प्रतिमा–शालिक तथा वोन गुफा–ठिघ्याङ, गुम्बाका कारण नगरमा थप पर्यटक आउँने बताउँदै यस्ता किसीमका सस्कार सस्कृतीको जगेर्ना गर्नका लागी नगरपालिकाबाट हुन सक्ने सहयोग गर्ने बताउँनु भयो । बिशेष अतिथी पुर्ब नगर प्रमुख अमान सिह तामाङले देउता चढ्न पनी ध्यान तपस्या हुन पर्ने भन्दै देउताको बिश्वास गर्ने मानीसलाइ देउताले पनी बिश्वास गर्ने बताउँनु भयो । उँहाले नगरको गहनाको रुपमा रहेको यस शालिकको संरक्षणमा सबै लाग्नु पर्ने बताउँनु भयो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै मुल आयोजक समितीका संयोजक गोलेले नगरको प्रबेशद्धार इर्खु घुम्ती डाँडामा रहेको सालिकले सँस्कार सँस्कृतिलाई संरक्षण गर्दै पर्यटक भित्राउँने महत्वपुर्ण भुमिका खेल्ने बताउँनुभयो । उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले तथा नेपाल तामाङ बोन्बो घेदुङका केन्द्रिय अध्यक्ष लाक्पा घ्याम्छो मोक्तान को बिशेष उपस्थितीमा र स्थानिय निकायका जनप्रतिनिधि एवम् समासेवी ब्यक्तित्वहरुकोे उपस्थिती रहेको थियो ।समारोहमा विभिन्न विषयगत सहयोग पुर्याउनु हुने विभिन्न विधागत सहयोगी दाताहरूमा सम्मान समेत गरिएको थियो । कार्यक्रममा इर्खु माबकिा बिद्यार्थीहरुले सस्कृती कार्यक्रम समेत प्रस्तुत गरेका थिए । उक्त ऐतिहासिक कार्यक्रमको लोकप्रिय समाचार द्धारा प्रत्यक्ष प्रशारण गरेको थियो ।