सम्पर्क

काभ्रे प्रेस डककमका संवादाता भण्डारी सम्मानित

पाँचौं ज्योति फिल्मस म्युजिक अवार्डमा काभ्रे प्रेस डककमका संवादाता दिनेश भण्डारी सम्मानित हुनुभएको छ । गत फगुन १२ गते शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न पाँचौ ज्योति फिल्मस् म्युजिक अवार्डमा भण्डारीलाई पत्रकारिता सम्मान प्रदान गरिएको हो । विगत लामो समयदेखि नेपाली गित संगित, कला र संस्कृतिको प्रवर्द्धनको लागि मोफसलमा रहि पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै रोयल म्युजिक प्रालिको प्रस्तुतिमा पाचौं ज्योति फिल्मस म्युजिक अवार्डमा भण्डारीलाई पत्रकारिता सम्मान गरिएको थिायो । उहाँ विगत ३ वर्षदेखि काभ्रे प्रेस डटकममा आवद्ध रहनुभएको छ । काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यता र रोयल मुभिज प्रालिका सञ्चालक निरेन श्रेष्ठको अध्यक्षतामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको थियो ।